हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

गोर्खाल्याण्ड आन्दोलन: १०५ दिनपछि आम हड्ताल फिर्ता

इलामः छुट्टै गोर्खाल्याण्ड राज्यको माग राखेर दार्जिलिङसहितको क्षेत्रमा जारी अनिश्चितकालीन आम हड्ताल १०५ पाँच दिनपछि फिर्ता भएको छ। भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले १५ दिन भित्र वार्ता गर्ने आश्विासन दिएपछि गोर्खा जनमुक्ति मोर्चाले आमहड्ताल फिर्ता लिएको हो।

गृहमन्त्री सिंहले दशैपछि त्रिपक्षीय वार्ताको वातावरण बनाउने आश्वासन दिएपछि अनिश्चितकालीन आम हड्ताल फिर्ता लिएको गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले जानकारी दिए।

बन्द खुलेपछि बुधबार विहानै देखि दार्जिलिङ, मिरिक, खरसाङ, कालेबुङको जनजिवन सामान्य बनेको मिरिकका पत्रकार मनोहर शर्माले जानकारी दिए।

विहानै देखि पसल र सवारी साधन सञ्चालनमा आएको उनले बताए। सर्वसाधारणले भने बिना उपलव्धि बन्द फिर्ता लिएको भन्दै असन्तुष्टी जनाएका छन् । कतिपयले गोर्खाल्याण्डका लागि स्थापना भएका क्षेत्रीय दलहरु बंगाल सरकार अघि लाचार बनेको आरोप लगाएका छन्।

आन्दोलनका क्रममा ११ जनाले ज्यान गुमाएका थिए भने सयांै घाइते भएका छन् । कतिपयले उपलब्धीविहीन आन्दोलनका लागि कोही सहिद नबनेको भन्दै मोर्चा नेता गुरुङ, जिटिए अध्यक्ष विनय तामाङ, अनित थापा लगायतको निन्दा गर्न थालेका छन्। उनीहरुले नेताहरुको कारण आन्दोलन तुहिएको आरोप लगाएका छन्।

विनय तामाङ र अनित थापाले मोर्चासंग विद्रोह गरेर जिटिएको मुख्य पदका लागि बंगाल मुख्य मन्त्री ममता बेनर्जीसंग मिले पछि आन्दोलन बन्द गराउने र खुलाउने बीच दोहोरी नै चलेको थियो। अन्ततः विनय तामाङको एजेण्डा स्थापित भएको छ । विमल गुरुङले पनि केहि दिन अघि ममता बेनर्जीसमक्ष आफ्ना प्रतिनिधि मार्फत सहकार्यको प्रस्ताव पठाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका थिए।

बन्द खुल्नु अघि गोर्खाल्याण्ड आन्दोलन दवाउने हतियारको रुपमा प्रयोग गरेको नेटबन्दी मंगलबार विहानबाट खुलेको थियो। इन्टरनेट सेवा बन्द गरेको तीन महिना पछि स्थानीय प्रशासनको आदेशमा मंगलबार इन्टरनेट सेवा खुल्ला भएपछि बन्द फिर्ता हुने अड्कलवाजी गरिएको थियो,

छुटै गोर्खाल्याण्ड राज्यको माग गर्दै भारतको पश्चिम बंगाल सरकार अन्तरगतको दार्जिलिङ, मिरिक, खर्साङ र कोलेबुङसहितको क्षेत्रमा जारी आन्दोलन दवाउन बंगाल सरकारले इन्टरनेट सेवा बन्द गरिदिएपछि पत्रकार देखि अनलाईन फर्म भरेर पढ्न पाउने विद्यार्थी समेत प्रभावित भएका थिए। @ annapurnapost






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution