हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

विश्वमा सबैभन्दा धेरै आणविक हतियार कुन देशसँग छ?

लन्डन : बर्सेनि २६ सेप्टेम्बरलाई ‘इन्टरनेसनल डे फर द टोटल एलिमिनेसन अफ न्युक्लियर विपन्स’ का रुपमा मनाइन्छ ।संयुक्त राष्ट्र संघको महासभाले सन् २०१३ मा एउटा प्रस्ताव नै पारित गरी २६ सेप्टेम्बरलाई आणविक शस्त्रास्त्र नष्ट गर्ने अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । विश्वमा यस्ता विनाशकारी आणविक शस्त्र सबैभन्दा बढी कुन देशसँग छन् छ ?

अमेरिकासँग दशकौंदेखि यति शक्तिशाली आणविक शस्त्र छन्, जसले पृथ्वीलाई मानव बस्नै नसक्ने गरी ध्वस्त पार्न सक्छन् । अमेरिकासँग भएका आणविक शस्त्रको भण्डार बेलायतको भन्दा ३१ गुणा र चीनको भन्दा २६ गुणा ठूलो छ ।

अमेरिकाभन्दा रुस अघि

अमेरिकाको राजधानी वासिङटनस्थित आम्र्स कन्ट्रोल एसोसिएसनको करिब ७ महिना पुरानो प्रतिवेदन अनुसार अहिले रुसको आणविक शस्त्र भण्डार अमेरिकाको भन्दा ठूलो छ । प्रतिवेदनअनुसार अमेरिकासँग कुल ६ हजार ८ सय आणविक शस्त्र छन् भने रुससँग ७ हजार ।

अमेरिका र रुस विश्वका दुई यस्ता देश हुन्, जोसँग आणविक आक्रमणका लागि आवश्यकताभन्दा निकै बढी आणविक शस्त्र छन् । दुवै देशसँग विश्वभर भएका कुल १५ हजार आणविक शस्त्रको ९० प्रतिशत शस्त्र छन् । आणविक शस्त्रयुक्त देशको सूचीमा ३ सय आणविक हतियारसहित फ्रान्स तेस्रो स्थानमा छ ।

अमेरिका अघि रहन चाहन्छ

सन् २०१० मा चेकोस्लोभाकियाको राजधानी प्रागमा भएको स्टार्ट (स्ट्राटेजिक आम्र्स रिडक्सन ट्रिटी) सन्धीअन्तर्गत अमेरिका र रुस दुवैले सन् २०१८ अप्रिलसम्ममा आणविक हतियार बराबर पार्नु पर्नेछ । त्यसपछि सन् २०२० मा दुवै देशबीच फेरि सयसम्बन्धी नयाँ सम्झौताबारे विचार गरिनेछ ।

उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) अन्तर्गत अमेरिकाले बेल्जियम, जर्मनी, इटली, नेदरल्यान्ड र टर्कीमा आणविक हतियार तैनाथ गरेको छ । उसले क्यानडा, बेलायत र इजिप्टमा तैनाथ गरेका आणविक हतियार भने पछि हटाएको थियो । यसबाहेक उसले आफ्ना सैनिक अखडा र युद्धपोतहरूमा समेत आणविक हतियार राखेको छ ।

निशस्त्रीकरण मामिलासम्बन्धी संयुक्त राष्ट्र संघको कार्यालयले आणविक हतियारको प्रयोगबाट एउटा सहरमात्र ध्वस्त हुने नभएर लाखौं मानिस मार्न सकिने र पर्यावरण तथा भविष्यका पिढीलाई समेत नोक्सान पुग्ने जनाएको छ । @ bbc

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution