हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

दोलखा भीमेश्वरको शिलामा ‘पसिना’ अशुभको संकेत

आश्विन १० -दोलखा बजारमा रहेको भीमेश्वर मन्दिरमा रहेको मुख्य शिलामा मंगलबार दिउँसो लगातार दुईपटक ‘पसिना’आएको छ ।

नेपालमा ठूलाठूला सकारात्मक वा नकारात्मक परिवर्तनहरु, अनष्टका घटनाहरुको पूर्वसूचकको रुपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजनहरु भेला भएर घण्टी बजाउने, धूप बत्ति गर्ने र मन्दिरका मुख्य व्यक्तिहरुले पंखाले हम्कने गर्छन् ।

भीमेश्वरको चट्टान (शिला)को विभिन्न भागमा पानीको थोपा निस्कदै झर्ने क्रमलाई ‘पसिना’आएको विश्वास गरिन्छ । मंगलबार दिउँसो २ बजेर ५५ मिनेटमा पसिना आउन सुरु गरेर ३ बजेर २० मिनेटमा रोकिएको थियो । पुन:३ बजेर ५१ मिनेटमा पसिना आएको भीमेश्वर मन्दिर पूजा व्यवस्थापन समिति अध्यक्ष भरत श्रेष्ठले बताए ।

मंगलबार पसिना आउनेवित्तिकै मानिसहरुको भीड लागेर अघिल्लो पटक पसिना आउँदाझैं पूजापाठ गरिएको प्रत्यक्षदर्शी सलिन श्रेष्ठले बताए । उनका अनुसा प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षकलगायतले पसिना आएको बेला शिलामा दर्शन गरेका छन् । शिलामा पसिना आएपछि राष्ट्रपतिद्वारा क्षमापूजा गर्नुपर्ने प्रचलनबारे प्रजिअसँग छलफल भइरहेको पूजा व्यवस्थापन समिति अध्यक्ष भरत श्रेष्ठल बताए ।

राजाको शासनकालमा राजाद्वारा क्षमापूजा गरिन्थ्यो । दरबारबाट बोका र पूजा सामग्री पठाएर पूजा गर्ने चलन थियो । पछिल्ला पसिना आउँदा भने राष्ट्रपति कार्यालयबाट उक्त कार्य गरिने चलन छ । भीमेश्वरमा पसिना आउँदा दरबारलाई पिरोल्छ भनिन्थ्यो ।

दोलखा बजारका स्थानीयहरुले विक्रम सम्वत् १९९० सालमा भूकम्प आउनुपूर्व आएको पसिनादेखिको घटना सम्झन्छन् । २००७ सालको राणा शासनको अन्त्य, २०११ सालको राजा त्रिभुवन, २०२८ सालमा राजाको देहान्त तथा दरबार हत्याकाण्ड हुनुपूर्व पनि पसिना आएको स्थानीयहरु बताउँछन् । पछिल्लोपटक २०७० सालमा दुई पटक पसिना आएको थियो । त्यस बेला तत्कालीन राष्ट्रपति रामवरण यादवले क्षमापूजा गरेका थिए ।

पसिना पुछेको अर्थात् मूर्तिको तल ओछ्याइएका कपासलाई ‘भीमेश्वरको पसिना’ले भिजेको प्रसाद मान्दै कपास लिन हारालुछ हुन्छ । कपासलाई शाषक बर्ग, राजपरिवार र भक्तजनहरुले देशविदेशबाट मगाउने चलन छ । उक्त प्रसादलाई पूजा व्यवस्थापन समितिले खाममा हालेर प्रसादको रुपमा पठाउने चलन छ । मन्दिरमा आउनेहरुलाई पनि कपासका टुक्राहरु दिने चलन छ । उक्त प्रसाद बोकेर हिँड्दा वा राख्दा कल्याण हुने विश्वास गरिन्छ । @ इकान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution