हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

तामाङ समुदायमा म्हेनिङ पर्वको बहस र दशैबारे भ्रम

-बुद्धि तामाङ

केही वर्षदेखि दसैं र नेपालका तामाङ समुदायको म्हेनिङ पर्वको विषयमा चर्को बहस चलिरहेको छ । कुनै पनि विषयमा समाजमा बहस चल्नु, आ–आफ्ना तर्क वितर्क र दृष्टिकोणहरू प्रस्तुत गर्नुलाई सकारात्मक मान्नुपर्छ । यस्तै बहसहरूले नै नयाँ दृष्टिकोण र धारणा जन्माउने गर्छ । तर यस्ता बहस भावनामा बगेरभन्दा पनि यथार्थको धरातलमा उभिएर गर्नुपर्छ । अनि मात्र बहस सार्थक र उपलब्धिमूलक हुन सक्छ । यस्तै बहसले मात्रै समाजलाई बाटो देखाउन सक्छ । दसैं र म्हेनिङको सवालमा दुई तीनवटा कोणबाट तर्क आउने गरेको छ । तामाङहरू आदिवासी जनजाति हुन्, उनीहरू यहाँका धर्तीपुत्र भएकाले दसैं मनाउँदैनन्, यो त हिन्दू मात्रको पर्व हो । अर्को यो पर्व लादिएको पर्व हो । त्यसैगरी जन्मजात रूपमै तामाङहरू बौद्धमार्गी भएकाले दसैं पनि मनाउँदैनन्, म्हेनिङ पनि मनाउँदैनन् । किनकि म्हेनिङ र दसैं एउटै हो ।

समाज विकास र सञ्चालनका क्रममा विभिन्न पर्वहरूको स्थापना भएको पाइन्छ । त्यसलाई निरन्तरता दिँदै आएको देखिन्छ । हरेक चाडपर्वको आ–आफ्नै मर्म हुन्छन्, महŒव हुन्छन् र त्यसको प्रभाव आफ्नै खालको हुन्छ । आदिवासी जनजाति समुदायको हकमा चाडपर्वको झन् बढी महŒव हुन्छ । यसैले, आदिवासी जनजातिहरू वास्तवमा संस्कृतिको दृष्टिकोणले निकै सम्पन्न समुदाय हुन् । उनीहरूले आफ्नो जीवनपद्धति सञ्चालनका क्रममा अनेक खालका संस्कृति संस्कारको विकास गरेका छन् । यहीक्रममा अनेक चाडपर्वहरू पनि अस्तित्वमा आएका हुन् । विभिन्न समय र सन्दर्भमा मनाइने चाडले अलगअलग मूल्यमान्यता, विचार, व्यवहार, दृष्टिकोण पनि बोकेर ल्याएको हुन्छ । कुन चाड के हो, त्यसको अर्थ, विम्ब, प्रभाव, महŒव र उत्पत्तिको आधार र कारण के हुन् भन्ने बुझेर मात्र त्यसबारे टीकाटिप्पणी गर्दा उपयुक्त हुन्छ ।
तामाङ समुदाय मौलिक संस्कृति, दृष्टिकोण, विचारधारा, व्यवहार र जीवनका विभिन्न पक्ष बोकेको समुदाय हो । आदिवासी जनजाति, धर्तीपुत्र, प्रकृतिपूजक उनीहरूको परिचय हो । प्रकृतिलाई हेर्ने र बुझ्ने उनीहरूको आफ्नै दृष्टिकोण छ । सदियौंदेखि यहीँ रहेकाले उनीहरू आफ्नो मातृभूमि र पितृभूमिलाई प्रेम गर्छन्, स्याहार्छन्, संरक्षण गर्छन् र हराभरा पार्छन् । यहाँ तामाङलगात विभिन्न आदिवासीहरूको आफ्नै जीवनपद्धति छ । परम्परा छ । सभ्यता र संस्कृति छ । उनीहरूको आफ्नै मौलिक परम्परामै समाज चलेको छ । जीवन चलेको छ । यी सभ्यता र संस्कृति पनि प्राकृतिक नियममा आधारित छ । प्राकृतिक विशेषताको जगमा उनीहरूको जीवनपद्धति खडा भएको छ ।

तामाङ समुदायमा दसैंलाई नै म्हेनिङ भनेर पनि सम्बोधन गर्ने गरिएको पाइन्छ । तर, बुझ्नुपर्ने कुरा के हो भने दसैं र म्हेनिङ एउटै होइनन् । दसैंको अर्थ र म्हेनिङको अर्थ फरक छ । दसैं विशुद्ध चाडको नाम हो, म्हेनिङ ऋतु, उत्पादन, समय, महिनाको नाम हो । तर, बुझ्न बुझाउन अझै पनि बाँकी देखिन्छ । भएको के हो भने पहिले पहिले दसैं चैतमा मनाइन्थ्यो । जुन चाडसँग तामाङहरूको कुनै साइनो थिएन । ‘चैत दसैं’ मनाइरहँदा त्यतिखेर ‘असोज दसैं’ भन्ने अस्तित्वमा थिएन । चैत गर्मीको मौसम, अनिकाल लाग्ने महिनामा दसैं मनाउँदा स्वास्थ्यको हिसाबले उपयुक्त भएन । अन्नपात सकिएको, प्रकृतिमा फलेको, फुलेको केही पनि नहुने मौसम भएकाले आर्थिक दृष्टिकोणले पनि दसैं उचित समयमा नभएको धेरैलाई लाग्यो । त्यसपछि चैतको दसैंलाई सबैभन्दा उत्तम समय छान्दै जाँदा असोज र कात्तिकको बीचमा पूर्णेछेका तामाङले मनाउने म्हेनिङ, मगरले मनाउने डस्यक्के र थारूले मनाउने सखिया चाडमा खप्ट्याएर शासकवर्गले दसैं मनाउने प्रचलन सुरु गरे । तैपनि ‘चैत दसैं’ भने अहिले पनि अस्तित्वमा छ ।

वास्तवमा हिन्दू समुदायले मान्ने दसैंलाई असोजमा ल्याउनुअघिदेखि नै तामाङ समुदायले मनाउने म्हेनिङ पर्व अस्तित्वमा थियो । तामाङ समुदायको चन्द्र पात्रोअनुसार यो पर्व असोज र कात्तिकका बीचमा पर्ने म्हेनङ महिनामा पर्छ । चैतको दसैंलाई असोजमा सार्ने काम भएको धेरै भएको छैन । नेपाल एकीकरण भएपछि मात्रै दसैंलाई गर्मी र अनिकाल छल्न असोजमा गाभ्ने काम भएको इतिहास पाइन्छ । कैलालीतिर त अहिले पनि चैतको दसैंलाई निकै महŒव दिएर मनाउने प्रचलन छ । यसरी असोजमा दसैं ल्याएर राष्ट्रिय चाड बनाउने काम भएपछि आदिवासी जनजातिका थुपै्रै पर्वहरूसँगै तामाङ समुदायको म्हेनिङ पनि ओझेलमा पर्नु स्वाभाविक थियो । म्हेनिङ भन्ने शब्द तामाङ जातिमा बाहेक अन्य कुनै पनि समुदाय छैन । दसैं शब्दको पर्यायवाचीका रूपमा म्हेनिङ आएको पनि होइन । अलगअलग विशेषता बोकेको पर्व भए पनि लामो समयदेखि एकै समयमा मानिँदै आएकाले र राज्यले समेत दसैंलाई विशेष प्राथमिकता र महŒव दिने गरेकाले एउटै अर्थमा लिने काम भएको हो ।

तामाङ समुदायमा दसैंलाई नै म्हेनिङ भनेर पनि सम्बोधन गर्ने गरिएको पाइन्छ । तर, बुझ्नुपर्ने कुरा के हो भने दसैं र म्हेनिङ एउटै होइनन् । दसैंको अर्थ र म्हेनिङ को अर्थ फरक छ ।

म्हेनिङ अन्य आदिवासी समुदायका लागि जस्तै तामाङ समुदायका लागि गाँस, बास र कपास जुटाउन प्राकृतिक स्रोत व्यवस्थापन गरी आफ्नो अस्तित्व कायम गर्ने रणनीति हो । ज्योहोज्योमो (भूमिदेव र भूमिदेवी), कुलदेवता र पुर्खाको नाममा प्रकृति पुज्ने समय हो । याम हो । तामाङ समुदायको बसोबास गर्ने भौगोलिक क्षेत्रको प्रकृति र संस्कृति बीचमा सौहाद्र्रता कायम गर्ने ऋतु हो । हिउँद, गर्मी, वर्षा र शरद चारमध्ये सबैभन्दा उत्तम ऋतु हो । यतिखेर न जाडो हुन्छ न गर्मी हुन्छ । हरेक चीजले सम्पन्न समय पनि हो । यो बेला मकै, भटमास भिœयाइएको हुन्छ । खेतमा धान झुलिरहेको हुन्छ । विभिन्न थरीका फलहरू फलिरहेका हुन्छन्, फूलहरूले ढकमक्क ढाकेको अत्यन्तै सुन्दर प्राकृतिक वातावरण हुन्छ । जस्तोसुकै गरिबको घरमा समेत थोरै भए पनि अन्न भित्रिएको हुन्छ । तोरी, सस्र्युं फुलेको हुन्छ । गहुँ, जौ र केराउजस्ता हिउँदेबाली लगाइसकेको हुन्छ । एकप्रकारले फुर्सदिलो समय हो यो ।

‘हिउँदको जाडोबाट पनि बचियो, चैत वैशाखको गर्मी र आँधीहुरीले पनि केही गर्न सकेन, कुनै रोग अनिकालले भेटेन, बाढी पहिरो, झरी, बादल, चट्याङबाट पनि बचियो’ भन्दै खुसीयाली मनाउने समय हो यो । साँच्चिकै भन्ने हो भने उहिले उहिले वर्ष दिनको हरेक समय पार गरेर शरद ऋतुमा पाइला टेक्न सक्नु ठुलै युद्ध जितेसरह नै थियो । किनकि, प्रकृति र वातावरणको विषयमा मानिसहरूमा ज्ञानको दायरा साँघुरो थियो । केही तलमाथि भएको अवस्थामा पनि स्वास्थ्य उपचारको पर्याप्त प्रबन्ध थिएन । यही बेला जीवन दिने, अन्न दिने, पानी दिने प्रकृतिलाई पुज्ने काम हुन्छ । तामाङ समुदायले आफू बसोबास गर्ने भौगोलिक क्षेत्रको सबैभन्दा अग्लो डाँडालाई देवदेवता (ज्योहोज्योमो) मानेर पुज्छन् । जीवनरक्षा गरिदिएकोमा खुसी प्रकट गर्दै फेरिफेरि यसरी नै आफू र आफ्नो समुदायमा सम्पन्नता, सुख र शान्ति माग गर्छन् । कुनै पनि प्राकृतिक विपत्ति आइनलागोस् भनेर याचना गर्छन् । यही म्हेनिङकै समयमा उनीहरूले आफ्नो कुलदेवता, इष्टदेवता सबैलाई पुजेर ठूलो उत्सव मनाउँछन् । श्रद्धाभक्ति व्यक्त गर्छन् । आफूवरिपरीको प्रकृतिको स्वामित्व ग्रहण गर्छन् र त्यसप्रतिको आफ्नो उत्तरदायित्व पनि बोध गर्छन् । यसरी म्हेनिङको समयमा वर्षौंवर्ष प्रकृतिलाई पुज्ने सिलसिला चलिरहँदा म्हेनिङ पर्वकै रूपमा विकसित भएको देखिन्छ ।
म्हेनिङ वास्तवमा भन्ने हो भने आदिवासी जनजातिका लागि प्राकृतिक स्रोत व्यवस्थापन रणनीतिअन्तर्गतको पर्व हो । प्रकृतिलाई पुज्ने बहानामै भए पनि यसबेला शारीरिक तथा मानसिक ऊर्जा भर्ने र शक्ति रिचार्ज गर्ने काम हुन्छ । प्रकृति र वातावरणीय पर्यावरणलाई संरक्षण, संवद्र्धन गरेर मात्रै शक्ति ग्रहण गर्न सकिन्छ र तामाङ भूगोलको माटोमा उर्वर कायम गर्न सकिन्छ भन्ने जनविश्वास पाइन्छ ।

यसैले अन्धविश्वास भन्दै आदिवासी जनजाति, धर्तीपूत्रको सांस्कृतिक पहिचानलाई त्याग्ने काम जानी नजानीकन भइरहेको छ । आफ्नो मौलिक पहिचान बोकेको सभ्यतालाई अशिक्षित, अन्धविश्वासी, अवैज्ञानिक, फोहरी, अरूले थोपरेको, जंगली भन्दै छाड्ने काम भइरहेको छ । यसो गर्नु भनेको अशिक्षित, अज्ञानी, रूप नभएको भन्दै आफ्नै मौलिक सांस्कृतिक पहिचान कायम गरिरहने तामाङ सभ्यता र संस्कृति रूप धारणा गरेकी आमालाई दोबाटोमा मिल्काएर वैज्ञानिक, सभ्य र शिक्षित भनेर अर्काकी आमालाई ‘मेरी आमा’ भन्दै तामाङ भूगोलमा लगाइदिने प्रयास हुँदै छ । यसले पृथ्वीमा छुट्टै र भिन्नै मौलिक इतिहास, विचारधारा, जीवन र जगत्लाई बुझ्ने दृष्टिकोण, दर्शन, सिद्धान्त, जीवनशैली, जीवन सञ्चालन विधि, संस्कृति र प्रकृतिको सौहार्दता, भाषा र प्रविधि र तौरतरिका तामाङ समुदाय नभई अन्तर्राष्ट्रिय मानव जत्था मात्र बनाउने काम हुन्छ । यो संसारमा धर्म, राजनीति, धनसम्पत्ति, शिक्षा, राष्ट्रपति र प्रधानमन्त्रीको पद, संघसंस्था, प्रविधि, नागरिकता आदि सबैथोक बनाउन र कमाउन सकिन्छ । तर, मौलिक सांस्कृतिक पहिचान र भाषा एकपटक गुमेपछि भविष्यमा कहिल्यै फिर्ता ल्याउन वा आविष्कार गर्न सकिँदैन । ‘दसैं र म्हेनिङ जे भने पनि एउटै हो, यो दुवै एउटै तिथिमा पर्छ र यो नेपालको बाहुनक्षत्री समुदायले मात्र मान्ने गर्छन्’ भन्दै बहिष्कारमा उत्रँदा तामाङ समुदायको आफ्नो मौलिकता बोकेको पर्व म्हेनिङ पनि फाल्ने काम भइरहेको छ । यो निकै खतरनाक छ । अतिवादी बुझाइको परिणाम हो यो । खाँटी तामाङ बन्ने हतारमा अल्पज्ञान र सतही बुझाइको पछि लाग्दा कसैको हित हुन सक्दैन ।

म्हेनिङ र बौद्ध धर्मको प्रसंगमा पनि अनेक सवालहरू उठिरहेको देखिन्छ । ‘बौद्ध धर्मावलम्बीले कहाँ म्हेनिङ मान्छन् र ?’ भन्नेहरू पनि छन् । म्हेनिङ नमान्दैमा बौद्ध धर्मावलम्बी हुने, म्हेनिङ मानेमा चाहिँ बौद्ध धर्मावलम्बी नहुने, यो कुन तर्क हो ? हामी आदिवासी तामाङहरू यहाँको धर्तीपुत्र म्हेनिङसँगै अरू चाडहरू मनाएर पनि बौद्ध धर्मावलम्बी हुन सक्छौं । बुद्ध धर्म म्हेनिङको विरोधी होइन, म्हेनिङ बुद्धधर्मको विरोधी पनि होइन । प्रकृतिलाई पुज्ने काममा, बुद्धधर्मले कतै पनि विरोध गरेको छैन । प्रकृति र वातावरणी पर्यावरणलाई सम्मान गर्नु, हिंसा कसैको नगर्नु, सम्मान हुनु, खुसी हुनु, उत्सव मनाउनु, बौद्ध धर्मकै मूल मान्यताअन्तर्गत पर्छ । त्यसकारण कुनै पनि अतिवादमा नफसीकन सही ढंगले वस्तुपरक बहस चलाउन सके मात्र त्यसको सार्थकता हुन सक्छ । यसो हुन सके मात्र आदिवासी पहिचानलाई बचाउन र निरन्तरता दिन सकिन्छ । क्षणिक बुद्धिविलासको कामले समाजलाई गलत बाटोमा लैजाने स्थितिको विकास हुन्छ । भावी पुस्तालाई तथ्यभन्दा बाहिर पु¥याएर दिग्भ्रमित पार्ने सम्भावना हुन्छ । यसले तामाङ समुदायको इतिहास, सभ्यता, संस्कृति, दृष्टिकोण, भूगोल, सांस्कृतिक पहिचान क्षति मात्र हुनेछ । यसर्थ तामाङ मनले तामाङ समुदायको अध्ययन गरौं, सत्यतथ्यका आधारमा बहस गरौं ।

तामाङ मानवशास्त्री तथा संस्कृतिका अध्यता हुन् ।

साभार – राजधानीदैनिक |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution