हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

माओवादी केन्द्र एक्लै निर्वाचन जित्नुपर्छ भन्ने पक्षमा : अध्यक्ष दाहाल

चितवन, असोज १० गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एक्लै लडेर निर्वाचन जित्नुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताउनुभएको छ ।

प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले चितवन क्षेत्र नं ३ मा आफूले एक्लै निर्वाचन लडेर जित्ने कोसिसमा रहेको पनि बताउनुभयो । एक्लै निर्वाचन जित्न सक्नुहुन्छ ? भन्ने प्रश्नमा दाहालले भन्नुभयो, “सम्भावना छ भन्ने विश्वासमा छु ।” सो क्षेत्रमा माओवादी तेस्रो शक्ति रहेको छ ।

यद्यपि चुनावी तालमेलका विषयमा अन्य दलहरुसँगको छलफल पनि जारी रहेको उहाँले बताउनुभयो । दाहालले भन्नुभयो, “तालमेलको छलफल सबै दलसँग चलेको छ, टुंगो लागेको छैन ।” नेपाली काँग्रेस र नेकपा (एमाले)सँग तालमेलका विषयमा छलफल चलिरहेको भन्दै उहाँले ठोस निष्कर्षमा नपुगेको बताउनुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुसँग मात्रै तालमेल गर्ने नीतिगत निर्णय भएको भन्दै उहाँले माओवादीप्रतिको जनलहर रहेकाले एक्लै निर्वाचनमा जान पनि सकिने बताउनुभयो ।

बाँदरमुढे घटनाका कारण अहिले पनि आलोचित दाहाल असोज तेस्रो साता माडी जाने पनि बताउनुभयो । बाँदरमुढे घटनापछि माडीको विकासका लागि प्याकेजसहित आउने यसअघि घोषणा गरे पनि पीडितले प्याकेज पाउन सकेका छैनन् । दाहाल यसै क्षेत्रबाट निर्वाचन लड्ने भएपछि बाँदरमुढे पीडितले पनि राहत पाउने आशा गरेका छन् ।

निर्वाचनमा उठ्ने भएपछि विभिन्न कार्यक्रममा दाहाल सहभागी हुने क्रम बढ्दो छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको वार्षिकोत्सव कार्यक्रममा पूर्व प्रधानमन्त्रीको हैसियतले भाग लिन दाहाल यहाँ आउनुभएको हो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution