३ नम्बर प्रदेशको नेतृत्व लिन तयार छु : गगन थापा

चितवन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गगन थापाले आफू ३ नम्बर प्रदेशको मुख्यमन्त्री बन्न तयार रहेको बताएका छन् । १३ औं क्यान्सर सतर्कता दिवसका अवसरमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले आगामी प्रदेशको निर्वाचन मार्फत ३ नं प्रदेश नेतृत्व लिन इच्छुक भएको अभिव्यक्ति दिएका हुन् ।
कार्यक्रममा बोल्दै थापाले भने, ‘मेरो प्रदेश ३ को उम्मेदवार बनेर निर्वाचनमा जाने इच्छा छ, पार्टीले जिम्मेवारी दिए ३ नम्बर प्रदेशको नेतृत्व लिन पनि तयार छु ।’
थापाले आन्दोलनमा उत्तिएका चिकित्सकलाई आन्दोलन स्थगीत गरेर समस्या समाधानका लागि सरकारसँग संवाद थाल्न आग्रह गरेका छन् । आगामी निर्वाचनमा कांग्रेस पार्टीको अन्न दलसँगको तालमेलको प्रसंगमा बोल्दै नेता थापाले एक, दुई नेताको इच्छा र आग्रहमा कांग्रेसले कुनै पार्टीसँग तालमेल नगर्ने बताए । कसैसँग तालमेल गर्ने हो भने केन्द्रीय समितिमा निर्णय गराउनु पर्ने थापाले जिकिर गरे । तालमेलका लागि सवैको सहमति लिइ पहिल्यै निर्णय हुनुपर्ने भन्दै थापाले आगामी चुनावमा मैदानमा तालमेल नहुने स्पष्ट पारे ।@aanpurnapost