हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

१० लाख युरो दिँदा पनि काभानीले नेमारलाई पेनाल्टी हान्न दिएनन्!

कीर्तिमानी २२ करोड युरो रकममा बार्सिलोनाबाट फ्रान्सेली क्लब पिएसजी पुगेका नेमार आफ्नै टोलीमा विवादित बनेका छन्। पेनाल्टी कसले प्रहार गर्ने भन्ने विषयमा उनी साथी खेलाडी एडिसन काभानीसँग असन्तुष्ट छन्।

फ्रान्सको लिग वानअन्तर्गत गतसाता घरेलु मैदान पार्क डे प्रिन्समा भएको लियोन विरुद्धको खेलमा पेनाल्टी कसले प्रहार गर्ने भन्ने विषयमा मैदानमै नेमार र काभानीबीच पहिलोपल्ट विवाद देखिएको थियो।

यसबारे प्रतिक्रिया दिँदै प्रशिक्षक पिएसजीका प्रशिक्षक उनाइ एमिरीले नेमार र काभानीबीचको शक्ति संघर्षले जतिसक्दो चाडो टुंगोमा नपुगे त्यसले टोलीलाई खराब असर गर्ने बताएका थिए।

‘मैले दुवैलाई आपसी समझदारीमा यो विषय सल्टाउन भनेको छु,’ उनले खेलपछि बताएका थिए, ‘यदि उनीहरुले आपसमा सल्टाएनन् भने त्यसको निर्णय म लिनेछु। हामी चाहन्नौँ, उनीहरुको शक्ति संघर्षले क्लबलाई हानि पुर्‍याओस्।’

प्रशिक्षकको यो भनाइपछि पनि नेमार र काभानीबीचको शक्तिसंघर्ष सेलाउने छाँट छैन। हालैका खबरहरुलाई मान्ने हो भने पिएसजीका मालिक नासेर अल खलिफीले नै हस्तक्षेप गर्दा पनि यो विवाद सेलाएको छैन।

रिपोर्टका अनुसार खलिफीले काभानीलाई पेनाल्टीको जिम्मेवारी नेमारलाई सुम्पिएवापत १० लाख युरो दिने प्रस्ताव गरेका छन्। यद्यपि क्लबले यो खबर साँचो नभएको बताएको छ।

वास्तवमा काभानीले यो सिजन लिग वानको सर्वाधिक गोलकर्ता भए उनले क्लबबाट १० लाख युरो पाउने सम्झौता गरेका छन्। तर क्लबका मालिक खलिफीले काभानीलाई पेनाल्टी प्रहारको जिम्मेवारी छोडे सर्वाधिक गोलकर्ता नबनेपनि सो रकम दिने एक एजेन्टमार्फत बताएका थिए।

तर काभानीले त्यसलाई स्वीकार नगरेको खबर पत्रपत्रिकामा छापिएका छन्।

यद्यपि पिएसजीले सो खबर झुठो भएको दाबी गरेको छ।
जे होस् मेसीको छायाँबाट उम्किन फ्रान्स पुगेका नेमारका लागि काभानी तगारो बनेका छन्।

यसरी सुरु भएको थियो विवाद

लियोनविरुद्धको खेलमा दोस्रो हाफको ७९ औं मिनेटमा पिएसजीले पाएको पेनाल्टी प्रहार गर्ने अवसरमा नेमार र काभानीबीच हानथाप भएको थियो। नेमारको पेनाल्टी प्रहार गर्ने प्रस्तावलाई काभानीले अस्वीकार गरेका थिए। त्यसपछि नेमार असन्तुष्ट बन्दै पछि हटे। काभानीले पेनाल्टी प्रहार त गरे तर बलले जाली चुम्न सकेन। गोलकिपर एन्थोनी लोपिसले रोकेको प्रहार पोलमा ठोक्किदै बाहिरिएको थियो।

त्यसअघि ५७ औं मिनेटमा डी बक्स नजिकैबाट पाएको फ्रिकिक काभानीले प्रहार गर्न खोज्दा नेमारका मिल्ने साथी तथा ब्राजेलियन डानी अल्भासले क्याभानीको हातबाट बल खोस्दै नेमारलाई दिएका थिए।

नेमारको सो प्रहार पनि गोलकिपर एन्थोनीले बचाएपछि काभानीले नेमारलाई पेनाल्टी प्रहार गर्न दिएका थिएनन्। त्यसघटनापश्चात यी दुई स्टार खेलाडीहरु एकअर्कासँग आखाँ पनि नजुधाउने गरेको समाचार माध्यमहरुले जनाएका थिए।
यसपटक काभानीले नेमारलाई पहिलोपल्ट पिएसजीको ड्रेसिङ रुम प्रवेश गर्दा ‘के तिमीले आफूलाई मेसी सम्झेका छौ?’ भनेको खबरले चर्चा पाएको छ।

एक स्पेनिस पत्रिकाका अनुसार बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पीएसजी आएका नेमारप्रति काभानीले गरेको पहिलोव्यवहार नै आश्चर्यजनक थियो।

‘यो को हो? के यसले आफूलाई मेसी सम्झन्छ?’ काभानीले नेमारलाई पहिलोपल्ट ड्रेसिङ रुममा प्रवेश गर्दा बारम्बार सोधेको उक्त प्रत्रिकाले दाबी गरेको छ।

काभानीले मजाकका रुपमा भनेका थिए या गम्भीर रुपमै भनेका थिए त्यो पुष्टि नगरेपनि नेमारको पिएसजी आगमनबाट काभानी असन्तुष्ट रहेको पत्रिकाको दाबी छ।

पीएसजीमा काभानीको यो पाँचौ सिजन हो। आफ्नो प्रदर्शनले उनी पिएसजीका समर्थकहरु माझ छिटै लोकप्रिय पनि भएका थिए। उनको लोकप्रियताकै बीचमा क्लबले नेमारलाई र अर्को सिजनमा रकम तिर्ने गरी क्यालियन मोबाप्पेले उनीभन्दा बढी रकममा क्लबमा भित्र्याएपछि उनी असन्तुष्ट देखिएका हुन्।
गत सिजनमा पिएसजीका मुख्य स्ट्राइकरका रहेका काभानीले प्रतियोगितामा सर्वाधिक गोल गरेका थिए। उनले ५० खेलमा ४९ गोल गरेका थिए। नेमार यसै समर सिजनमा बार्सिलोनाबाट सबैभन्दा महंगा खेलाडीका रुपमा पिएसजी आएका हुन्। @ एजेन्सी

 

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution