हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

अमेरिकी बमवर्षक खसाइदिने उत्तर कोरियाको चेतावनी

उत्तर कोरियाली विदेशमन्त्री रि योङ होले अमेरिकाले आफ्नो देशमाथि युद्धको घोषणा गरेको भन्दै अमेरिकी बमवर्षक विमान खसाइदिने चेतावनी दिएका छन्। सप्ताहन्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम जोङ उनसहित उत्तर कोरियाली नेतृत्व ‘लामो समय नटिक्ने’ ट्विट गरेको बारे प्रतिक्रिया दिँदै विदेशमन्त्री रिले यस्तो चेतावनी दिएका हुन् |

‘गत सप्ताहन्तमा ट्रम्पले हाम्रो नेतृत्व लामो समय नटिक्ने दाबी गरे र हाम्रो देशविरुद्ध युद्धको घोषणा गरे,’ सोमबार न्युयोर्कमा पत्रकारहरुसँग कुरा गर्दै रिले भने।

‘अमेरिकाले हाम्रो देशविरुद्ध युद्धको घोषणा गरिसकेपछि आत्मरक्षाका लागि सबै खालको उपाय अपनाउने अधिकार हामीसँग हुनेछ। त्यसैले अमेरिकी रणनीतिक बमवर्षक विमान हाम्रो देशको हवाइ सीमामा प्रवेश गरिनसक्दै जुनसुकै बेला त्यसलाई खसाउने अधिकार हामीसँग हुनेछ,’ रिले भने, ‘सारा संसारले सम्झनुपर्नेछ, अमेरिका त्यस्तो देश हो, जसले हाम्रो देशमाथि पहिले युद्धको घोषणा गरेको थियो।’

अमेरिकी युद्धक विमानले उत्तर कोरियाविरुद्ध शक्ति प्रदर्शन गरेको दुई दिनपछि रिले यस्तो चेतावनी दिएका हुन्।

अमेरिकी बमवर्षक बी-१

उत्तर कोरियाली विदेशमन्त्रीको यस्तो चेतावनीपछि अमेरिकाले उत्तर कोरियामाथि युद्धको घोषणा गरेको अस्वीकार गरेको छ। ह्वाइट हाउस प्रेस सेक्रेटरी सारा स्यान्डर्सले यस्तो विचार ‘निरर्थक’ भएको प्रतिक्रिया दिएकी छन्।

पेन्टागन प्रवक्ता कर्णेल रोबर्ट म्यानिङले उत्तर कोरियाले उत्तेजना बढाउने गतिविधि नरोके राष्ट्रपति ट्रम्पलाई सो देशबारे ‘विकल्पहरु उपलब्ध गराउने’ बताएका छन्।

संयुक्त राष्ट्रसंघले यस्ता आवेशयुक्त भनाइले घातक असमझदारीतर्फ डोर्‍याउनसक्ने बारे सचेत गराएको छ।

रि योङ हो

त्यसैगरी दक्षिण कोरियाले सो क्षेत्रमा दुर्घटनावश हुने भीडन्त तत्काल अनियन्त्रित बन्नसक्ने बताएको छ।
तनावमा वृद्धि भएसँगै उत्तर कोरियाले आफ्नो पूर्वी तटीय क्षेत्रमा रक्षात्मक क्षमतामा वृद्धि गरेको दक्षिण कोरियाली योनहाप समाचार संस्थाले मंगलबार जनाएको छ। @ एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution