इन्च्यान्टर मिस टिन नेपाल २०१७ को ताज सन्जु मोक्तानलाई

काठमाडौं । काठमाडौं जेसिस्द्वारा आयोजना गरिएको ‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’ यहि असोज ६ गतेका दिन नेपाल एकेडेमी हलमा भव्यताका साथ सम्पन्न भएको छ ।
इन्च्यान्टरको प्रायोजन र रिलायन्स पेन्ट्सको सह–प्रायोजनमा आयोजित मिस टिन २०१७ को १५ औं संस्करणमा १६ देखि १९ वर्षका २७ जना प्रतियोगीहरुले मिस टिन ताजका लागि प्रतिस्पर्धा गरेका थिए । उक्त २७ प्रतियोगीहरु मध्ये सन्जु मोक्तान ‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’ बन्न सफल भएकी थिइन भने मेरी लिम्बू फस्ट रनर–अप र दिया मन्डल सिजापति सेकेन्ड रनर–अप बन्न सफल भएकी थिइन ।