हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेपाल आइडलमा राजनीति र बुद्ध लामाको सामाजिक परिवेश-अमृत योन्जन तामाङ


नेपालको आइडल जिताउनमा पनि यस्तै रणनीतिको प्रयोग भयो। यो हुनु स्वाभाविकै थियो। कुरा आइडलको ताज जो थियो। आयोजकको दुइ रणनीति थियो (१) नेपाली गीत-संगीतको विकास गर्न प्रतिभा जन्माउने, (२) भरमार पैसा कमाउने र सत्ताका आसेपासेहरुलाई पनि केही पोषणे। पहिलो देखाउने बाह्य रणनीति थियो भने दोस्रो लुकेको भित्री रणनीति थियो।

नेपालका कुन समुदायले धेरैभन्दा धेरै भोट खसाल्न सक्छ ? योजना बन्छ। पक्कै पनि धेरै जनसङ्ख्यामा रहेका समुदाय र धेरथोर पैसा कमाइरहेका श्रमिक समुदाय नै यसको शिकार हुन्छ। योजना अनुरुप नै सुरुमा आइडल छान्न जजलाई अधिकार दिन्छ र टप १० मा पुगेपछि दर्शकहरुको हातमा छोडिदिन्छ। अनि हप्तामा एक एक गर्दै आइडल घटाउँदै जाने। यसो गर्ने क्रममा दर्शक-भोटरको समुदाय चिनिसकेका हुन्छन् र टप ४ मा तामाङ, मगर, दलित र खस-आर्य समुदायलाई तान्छ।

टप ३ देखि पुरुस्कार दिने कुरा आयो र राजनीति सुरु भयो। यी तिनै प्रतिस्प्रधि ठुलो सङ्ख्यामा लगानी गर्न सक्ने समुदाय हो। सत्तामा बस्नेहरुले कहिल्यै जनताको राजनीति गर्दैन। माथिका चार आधारको खेल सुरु गर्छन्।

 “हाम्रोलाई होइन, राम्रोलाई” भन्ने रणनीति

यो आफ्नो मानिसलाई जिताउने रणनीति हो। यस पासोमा तामाङहरु परे। आफुलाई शिक्षित देखाउन र सत्तासिन समुदायका इमान्दार भक्त हुन केहीले हाम्रोलाई होइन, राम्रोलाई भन्दै “हाम्रो”लाई खोट देखाउदै स्टेटस लेखन थाले।

 “जाति वा पार्टीभन्दा माथि उठ्नु पर्छ” भन्ने रणनीति

यो जालो पनि निकै जमेर आयो। जसलाई पनि यो पासोले समात्छ नै। जातिवादी हुन को चाहन्छ र ! ‘ढाका टोपी राष्ट्वाद’ स्थापित भइसकेको पनि छ। बिचरा निमुखाहरुलाई नेपालको सरकारी तथ्याङ्कमै १२५ जात/जाति छन् भन्ने कुराको हेक्का हुँदैन। राजनीति पार्टीको केन्द्रिय कमिटी जातिको आधारमा बनेको पनि हेक्का हुँदैन। विभिन्न जातिको आधारमा मोर्चा वा समितिहरु छन् भन्ने पनि भुल्छन्। संविधानमा नै समावेसी र समानुपातिक सिद्धान्त जातिको आधारमा स्थापित भएको पनि भुल्छन्। कागले कान लग्यो भनेको सुनेर त्यसैको पछि लाग्छन्। वुद्धकी आफ्नै दिदीबाट सुरु भएको यस्तो व्यवहारहरु नेपाल आइडल घोषणा हुने मितिसम्म पनि ब्रोडसिट पेपर अन्नपूर्ण टुडेले समेत छादिरह्यो। यो पासोमा ‘जान्ने हुँ’ भन्ने केही तामाङहरु फसे।

 आफ्नो पक्षमा भविष्यवाणी गराउदै भाग्यवादमा फसाउने रणनीति

यसका लागि खस-आर्य सत्ताद्वारा पोषित गुगुल ब्याइलाई गुहार्यो। बिचराले पनि सकीनसकी कोर्यो – ‘नेपाल आइडल निसान भट्टराई हुन्छ। “धर्मेन्द्र विष्ट, माता सबिता (सरु शर्मा आचार्य)लगायतका स्वनामधारी ज्योतिषहरुले निसान भट्टराईले जित्छ भन्दै भिडियो सार्वजनिक गर्न थाले। एउटा बाहुन मूलका बाहुनहरु अर्को बाहुनको पक्षमा उभिदा जातिवादी नहुने (राष्ट्वादी हुने) तर आदिवासीहरु आफ्नो समुदायको पक्षमा उभिदा चाही जातिवादी हुने नीति बन्यो। जनतालाई भाग्यवादी बनाएर आफु सत्तामा पुगिरहने यो शासकीय प्रवृत्ति हो। खस-आर्य शासकहरुले आफ्नो धर्मलाई राष्टिय धर्म, आफ्नो संस्कृतिलाई राष्टि्य संस्कृति, आफ्नो भाषालाई- राष्ट्र भाषा बनाए भनेर तामाङहरुलाई हेक्का भएन। यसमा पनि केहीले “हो मा हो” मिलाउन थाले।

 अरुलाई हेपेर वा गालिगलौज गराएर मनोवैज्ञानिक दवाव दिने रणनीति

यो शासकहरुको अन्तिम हतियार हो। हकारेर, थर्काएर, धम्काएर वा छलछाम गरेर पनि स्रोतमा कप्जा जमाउँछन्। ऐतिहासिक कालदेखि नै यो हतियार चलेको हो। १९१० को मुलुकी ऐन नै यसरी बनाएका थिए। गालीगलौज, धाकधम्की कति भएछन् भन्ने कुरा नेपाल आइडल घोषणा भएपछिको पोस्टहरुले बताउँछ। यसपालि त बुद्धलाई नेपाली भाषाका शव्द शुद्ध उच्चारण गर्ने सकेनन् भनेर पनि तर्साउने र गालिगलौजको गर्ने प्रयास गरे। जबकि नेपाली भाषीहरु आफैं पनि प्रगतिलाई ‘परगति’, प्रहरीलाई ‘परहरी’, क्लासलाई ‘किलास’, ग्लासलाई ‘गिलास’, प्लुरललाई ‘पयुलर’ ब्लाउजलाई ‘बुलुज’, बेल्टलाई ‘बेल्ट्अ’ उच्चारण गर्छन् भन्ने होस् गुमाउँछन्। भाषा त मानव मष्तिष्कमा सेट हुन्छ।

यसपाली यो चौथो रणनीतिले नै बुद्धलाई जिताउन निकै राम्रो काम गर्यो। पाहुना कलाकार रामकृष्ण ढकालको बानीव्यहोरादेखेर विषेश गरी तामाङहरु निकै झस्के। यसपछि त जजहरुको प्रतिक्रियादेखि पनि तामाङहरु चिढिन थाले। त्यसपछि प्रत्येक गतिविधिमा आम तामाङहरुले निगरानी राख्न थाले। वास्तवमा “वाच डक” कै भूमिका खेले। कहाँसम्म भने कतार एयरपोर्टमा वुद्धलाई साइड लगाएको सामान्य दृश्य पनि तामाङहरुलाई पचेन। सयौ वर्षदेखिको सत्ताको षड्यन्त्र सम्झे। प्रत्येक हेपाहा प्रवृति र षड्यन्त्र चिहाउन थाले। उनीहरुलाई आयोजकले जे गर्दा पनि षड्यन्त्र गरेको अनुभूत हुन थाल्यो। अर्कोतिर उनीहरुले भोटमा निरन्तर वृद्धि गर्दै लगे। आन्तरिक रुपमा विभिन्न अवफाह फैलाउँदै भोट बढाउन थाले। खुलेरै खर्च गरे। समुह बनाइ बनाइ भोट हाले। चार करोड पुर्याए (४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त)। बाप रे ! बाप !

यसरी प्रत्येक क्रियाकलापलाई षड्यन्त्र ठान्दै तामाङहरुले आफ्नो मिसन सफल पारे। यस पटक तामाङ समुदायले सत्तासीन जातिको षड्यन्त्र र राजनीतिक रणनीति राम्रोसँग बुझे। भोट आफुले हालेर मात्र हुँदोरहेनछ, अरुहरुलाई पनि हाल्न लगाउनु पर्ने रहेछ, यसको लागि सङ्गठन पनि चाहिने रहेछ, २४सै घण्टा सतर्क “वाचडग” हुनु पर्ने रहेछ र मूख्य कुरा रक्षात्मक भएर मात्र नहुने रहेछ, आक्रमक पनि हुनुपर्ने रहेछ भन्ने पनि बुझे। षड्यन्त्र चिर्न सफल भए। अर्कोतिर सबैतिरका तामाङहरुले आफ्नो विवेकको राम्रो सदुपयोग गरे।

अब तामाङहरू यसरी नै राजनीतिमा पनि सहभागी हुँदै आफ्नो अधिकारसहित तामाङ राज्य बनाउन उन्मूख हुनेछन्। तर राजनीतिमा थप होस् पुर्याउन आवश्यक हुन्छ। एउटा कुरा फुर्सद निकालेर डोर बहादुर विष्टको ‘Fatalism and Development’ (भाग्यवाद र विकास), आदिवासीवाद र पहिचानका सन्दर्भहरु जस्ता पुस्तकहरु पनि नियमित हेर्न आवश्यक हुन्छ ।

भाषाविद- अमृत योन्जन तामाङको फेसबुक मार्फत






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution