मिस शेर्पा – २०१७ को प्रतियोगिता आयोजन हुदै,क्षमता प्रस्तुत गर्ने माध्यम

काठमाडौं – शेर्पा युवाहरुलाई क्षमता प्रस्तुत गर्ने माध्यमको रुपमा मिस शेर्पा आयोजना हुने भएको छ । डिपास इन्टरनेश्नलले प्रतियोगिता आयोजना गर्ने राजधानीमा आयोजित एक कार्यक्रमबीच जानकारी दिइयो । सन् २०१७ मा हुने प्रतियोगितामा १६ देखि २५ बर्षसम्मका युवा महिलाहरुले सहभागिता जनाउन पाउनेछन् ।
यसअघि लगातार तीन बर्षसम्म आयोजना भएको प्रतियोगिता पाँचबर्षसम्म स्थगित रहेपनि निरन्तरता दिने कुरालाई युवाहरुमा उत्साह छाएको मोडल जाङमु इन शेर्पाले बताइन् ।
नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी शेर्पाको विशेष उपस्थितीमा राजधानीको बौद्धमा आयोजक संस्थाले प्रारम्भिक छलफल आयोजना गरी प्रतियोगिताको औपचारिका घोषणा गरेका हुन । छलफलमा सहभागि नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पाले युवाहरुको क्षमता अभिबृद्धिका लागि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने र यसबाट युवाहरुलाई प्रकाशमा आउन सघाउने वताइन् ।
विभिन्न पाँच वटा जिल्लामा जिल्लागत अडिसन समेत हुने गरी आयोजना गर्न लागिएको प्रतियोगिताको ग्रान्ड फिनाले आगामी पौष ८ गते राजधानीको ह्यात रिजेन्सीमा हुने सो अवसरमा डिपासका प्रबन्ध निर्देशक पासाङ शेर्पा छेल्हमुले जानकारी दिइन् । प्रतियोगिताले निरन्तरता पाउनेमा आफूहरु विश्वास्त रहेको र यसबाट व्यक्तित्व विकासमा ठूलो टेवा पुग्ने हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका बरिष्ठ उपाध्यक्ष आङ डोमा शेर्पाले विश्वास व्यक्त गरिन् ।
त्यस्तै, शेर्पा सेवा केन्द्रका महासचिव आङ गेल्जे शेर्पाले भाषा, धर्म, संस्कृतीका प्रबन्धनमा प्रतियोगिताले सार्थकता पाउने बताए । छलफलमा सहभागि शेर्पा युवा संघका अध्यक्ष जाङबु शेर्पाले आर्थिक रुपमा प्रतियोगितालाई सफल बनाउन चुनौतिपूर्ण रहेपनि प्रतियोगिता सफल भए युवाहरुले अवसर प्राप्त गर्नेमा दुइमत नरहने बताए । त्यस्तै, शेर्पा सञ्चार समूहका सोनाम याङजी शेर्पाले प्रतियोगिताले प्रतिभा प्रस्फुटन गर्ने अवसर प्राप्त ह्ुने भन्दै खुसी व्यक्त गरिन् । छलफल कार्यक्रममा अन्य सामाजिक संस्थाका अगुवाहरुको समेत सहभागि थिए ।
कार्तिक २२ गतेबाट जिल्लागत अडिसन शुरु हुने र शेर्पा युवा महिलाहरुले आफ्नो क्षमता देखाउन यो ‘विशिष्ठ मञ्च’ लाई प्रयोग गर्न सकिने आयोजक संस्थाका बजार निर्देशक साङ डोमा शेर्पाले जानकारी दिइन् । कार्यक्रम आयोजना गर्न समुदायबाट सकारात्मक सहयोग र प्रतिक्रियाको आफूहरुले अपेक्षा रहेको आयोजकहरुले जनाएका छन् । प्रतियोगिताबारे छिट्टै पत्रकार सम्मेलन आयोजना गरि विस्तृत जानकारी दिने तय भएको पत्रकार पेम्बाङावा शेर्पाले जानकारी दिए ।
कार्यक्रमलाई सफल बनाउन सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने नेपाल शेर्पा विद्यार्थी संघका बरिष्ठ उपाध्यक्ष साङ्गे मिङमा शेर्पाले छलफलपछि जानकारी दिए । प्रवेशीका उत्र्तीण, अविवाहित, नेपाली नागरिकता वाहकले प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छन् । @ रातोपाटी |