हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

जापानमा भएको बस दुर्घटनामा १० नेपाली घाइते, ५ गम्भीर अवस्थामा

आश्विन ८, २०७४-जापानमा स्थानीय समयअनुसार आइतवार साँझ भएको सवारी दुर्घटनामा १० जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये ५ जना गम्भीर अवस्थामा छन् । उनीहरुको साइतामा विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये रुपन्देहीको पर्रोहा नगरपालिका सैनामैना चोककी मिना केसी, रुद्रपुर गाउँपालिका छपालिटोलकी मिना श्रीसमगर, बाग्लङ चमुवाकी लक्ष्मी चालिसे सुवेदी , रितुरणपाल दर्नाल र कमला नेपाली रहेका छन् ।

साइतामाको चुरुसे बस्ने नेपाली र दर्नालको नेपाल घर थाहा हुन सकेको छैन । उनीहरुमध्ये टोकियोको इतावासीको टोकिवादाई बस्ने श्रीस मगरको अवस्था गम्भीर छ । मगर बस्न नसक्ने गरी गम्भीर घाइते भएकी छन् । उनको पहिलो चरणमा शल्यक्रिया भइसकेको अस्पतालले जानकारी दिएको छ ।

त्यस्तै घटनामा घाइते नेपालीको हात भाच्चिएको छ भने अन्यको अनुहार, मुख, दात र खुट्टामा चोट लागेको छ । घाइते पाँचैजनाको साइतामा विश्वविद्यालय अस्पतालमा उपचार भइरहेको छ ।

आइपीएल कम्पनीको बस खावागोय नजिकैको कामुदामा दुर्घटनामा परेको हो । घटनास्थल टोकियो महानगरपालिकाको इकेबुकुरोबाट २० किलोमिटर दक्षिणमा पर्छ ।

साइतामा प्रान्तको खावागोय सहरको योसिनोदाईमा रहेको आईपीएल जापान कम्पनीले फलफुल र तरकारीको प्रशोधन सम्बन्धी काम गर्छ । किवा मानव संसाधन कम्पनीले आइपीएल जापानसगँको सहकार्यमा दैनिक कामको आवश्यकता अनुसार जापानको विभिन्न स्थानबाट विदेशी नागरिक परिपूर्ति गर्दै आएको छ ।

दुर्घटना हुँदा बसमा सवार २२ जना घाइते भएका थिए । घाइतेमध्ये १० नेपाली रहेको किवा कम्पनीकी कविता भण्डारीले जानकारी दिएकी छन् ।

बसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे जापानस्थित नेपाली राजदूतावासले सम्पर्क प्रयास भइरहेको जनाएको छ । @ इकान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution