हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

नक्कली प्रहरी बन्दै युवासंघ महासचिव चढेको गाडी खानतलासी गर्ने दुई पक्राउ

रसुवा— युवा संघका महासचिव किरण पौडेल चढेको गाडी चेकजाँच गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटका पशुपति थपलिया र कुमार थपलिया रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार जिल्लाको कालिकास्थानमा शनिबार युवा संघका महासचिव पौडेल चढेको गाडी बाटोमा रोकेर सिआइबीबाट आएको प्रहरी भन्दै उनीहरुले गाडीको चेकजाँच गरेका थिए।

पौडेलको गाडीमा ८ किलो सुन ल्याएको आशंकामा उनीहरुले गाडीको चेकजाँच गरेको प्रहरीले बताएको छ। महासचिव पौडेल चढेको बा १५ च ३३३३ नम्बरको गाडीलाई बा १६ च ५४९४ नम्बरको गाडीमा आएका उनीहरुले गाडीमा सुन ल्याएको भन्दै खानतलासी गरेको प्रहरी नायव उपरिक्षक सरद कुमार थापा क्षेत्रीले बताए।

गाडीको खानतलासी गर्न थालेपछि पौडेलले प्रहरीलाई खबर गरेका थिए । ‘प्रहरी भन्दै उनीहरु गाडीको खानतलास गर्दै थिए, हामीले खबर पाउना साथ प्रहरी पठाएर पक्राउ गर्याैं’, प्रहरी नायव उपरिक्षक क्षेत्रीले भने । पक्राउ परेका उनीहरुलाई थुनामा राखेर अनुसन्धान गरिरहेको क्षेत्रीले बताए ।

उनले भने, ‘पक्राउ परेका माथि अनुसन्धान हुँदै छ, घटनामा संलग्न अन्यको खोजी कार्य तिब्र बनाइएको छ।’

गाडीमा ८ किलो सुन थियो भनेर खानतलासी गरेका रहेछन् नि भन्ने प्रश्नमा उनले भने, ‘रसुवागढीबाट काठमाडाैं जान लागेका पौडेलको गाडी रसुवागढीमा चेकजाँच हुँदा केही भेटिएन्।’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution