हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

एमालेबाट मुख्यमन्त्रीको सम्भावित उम्मेदवार

काठमाडौं  – स्थानीय तह चुनाव सकिन नभ्याउँदै प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी सुरु भैसकेको छ । चुनाव मंसिर १० र २१ गतेका लागि तोकिएको छ ।  एमालेबाट मुख्य मन्त्रीका लागि चर्चा भएका नामहरु यसप्रकार रहेका छन् |

प्रदेश नम्बर १ :भीम आचार्य, योगेश भट्टराई, शेरधन राई

प्रदेश १ मा एमालेबाट भीम आचार्य र योगेश भट्टराईलाई सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ । भीम आचार्य र योगेश भट्टराईले इच्छा नदेखाएमा प्रदेश सहसंयोजक तथा पोलिटव्यूरो सदस्य शेरधन राईलाई अगाडि सार्ने तयारी छ ।

प्रदेश नम्बर २ : सत्यनारायण मण्डल, नागेन्द्र चौधरी

प्रदेश २ बाट स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल, पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरी र केन्द्रीय सदस्य रघुवीर महासेठ एमालेका तर्फबाट मुख्यमन्त्रीका दाबेदार हुन् ।

उनीहरुमध्ये एकलाई अघि सारेर एमाले २ नम्बर प्रदेशको चुनाव लड्न सक्ने एक नेताले बताए । प्रदेश नम्बर २ एमालेको कमजोर प्रभाव रहेको प्रदेश हो । यहाँ कसैसँग तालमेल गरेको अवस्थामा मात्रै मुख्यमन्त्रीमा एमालेको सम्भावना रहन्छ ।

प्रदेश नम्बर ३ : अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, शेरबहादुर तामाङ

एमालेको राम्रो प्रभाव रहेको प्रदेश नम्बर ३ बाट मुख्यमन्त्रीका लागि पार्टी पदाधिकारीबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य एकमात्र दाबेदार देखिनुभएको छ । पार्टी महासचिव ईश्वर पोखरेल मुख्यमन्त्रीको दाबेदार बन्ने सम्भावना छैन ।स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, पोलिटब्यूरो सदस्य राजेन्द्र पाण्डे र शेरबहादुर तामाङ पनि मुख्यमन्त्रीको उम्मेदवार बन्ने चर्चा छ ।

प्रदेश नम्बर ४ : रविन्द्र अधिकारी, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, खगराज अधिकारी

एमालेले प्रदेश ४ बाट पार्टी सचिव तथा संगठन बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ र प्रदेश संयोजक तथा स्थायी कमिटी सदस्य किरण गुरुङमध्ये एकलाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने चर्चा छ । चर्चित युवा नेता तथा संसदको विकास समितिका सभापति रविन्द्र अधिकारी र अर्का नेता खगराज अधिकारीलाई पनि मुख्यमन्त्रीका सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ ।

प्रदेश नम्बर ५ :

स्थायी कमिटीमा सबैभन्दा धेरै सदस्य रहेको प्रदेश ५ बाट एमालेका मुख्यमन्त्रीका उम्मेदवार को बन्ने भन्ने अन्योल छ ।उपाध्यक्ष बामदेव गौतम, युवराज ज्ञवाली, उपमहासचिव बिष्णु पौडेल, घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली, गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य शंकर पोखरेल तथा छविलाल विश्वकर्मा यही प्रदेशका हुन् । राष्ट्रिय राजनीतिमा आफ्नो पहिचान बनाइसकेका यी कुनै पनि नेताले प्रदेशमा जाने इच्छा देखाएका छैनन् । यो प्रदेशबाट एमाले नेतामा को मुख्यमन्त्रीको उम्मेदवार बन्ने भन्नेमा ठूलै बहस हुने देखिन्छ ।

प्रदेश नम्बर ६ :प्रकाश ज्वाला, यमलाल कँडेल, गोरखबहादुर बोगटी

प्रदेश नम्बर ६ मा एमालेका कोही पनि स्थायी कमिटी सदस्य नभएकाले पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला, प्रदेश सहसंयोजक यमलाल कँडेल र पोलिटव्यूरो सदस्य गोरखबहादुर बोगटी मुख्यमन्त्रीका दाबेदार हुन । स्थानीय तह चुनावमा एमाले दुई सिटले मात्र यो प्रदेशमा पहिलो पार्टी बनेको छ । यो प्रदेशमा माओवादी पनि तुलनात्मक रुपमा राम्रो अबस्थामा रहेको छ ।

प्रदेश नम्बर ७ : कर्णबहादुर थापा, भानुभक्त जोशी, गणेश ठगुन्ना

सात नम्बर प्रदेशको भावी मुख्यमन्त्रीमा पोलिटब्यूरो सदस्य कर्णबहादुर थापा र पूर्वमन्त्री भानुभक्त जोशीको नाम चर्चामा छ । उपाध्यक्ष भीम रावललाई पनि ७ नम्बर प्रदेशको मुख्यमन्त्रीको दाबेदारको रुपका रुपमा हेरिएको छ । तर रावलले आफू निकटकालाई प्रदेशमा नजाने प्रतिनिधिसभामा चुनाव लड्ने बताइसक्नुभएको छ । रावल नगएपछि सात नम्बर प्रदेशमा कर्णबहादुर थापा, भानुभक्त जोशी, गणेश ठगुन्नामध्ये एक जना मुख्यमन्त्रीको उम्मेदवार बन्नेछन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution