हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

कांग्रेसबाट मुख्य मन्त्रीका सम्भावित उम्मेदवारहरु

काठमाडौं  – स्थानीय तह चुनाव सकिन नभ्याउँदै प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी सुरु भैसकेको छ । चुनाव मंसिर १० र २१ गतेका लागि तोकिएको छ ।

आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि नेपाली कांग्रेसमा सम्भावित उम्मेदवारको औपचारिक रुपमा नै खोजी हुन थालेको छ । मुख्य मन्त्रीका लागि कांग्रेसमा चर्चा भएका नामहरु

प्रदेश नम्बर १ : विश्वप्रकाश शर्मा, अमृत अर्याल

प्रदेश १ मा विश्वप्रकाश शर्मालाई मुख्य मन्त्रीको दावेदारको रुपमा हेरिएको छ । अघिल्लो संविधानसभामा उहाँ पराजित हुनुभएको थियो । १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिनुभएका शर्मा प्रदेश १ का चर्चित युवा नेता हुनुहुन्छ । यस्तै मोरङका चर्चित नेता  अमृत अर्याललाई पनि सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ ।

प्रदेश नम्बर २ :आनन्द ढुंगाना, फरमुल्लाह मन्सुर, महेन्द्र यादव

प्रदेश २ मा स्थानीय तह चुनावको मतगणना चलिरहेकाले मुख्यमन्त्रीको दाबेदारबारे खासै छलफल भएको छैन । तर केन्द्रीय सदस्यहरु आनन्द ढुंगाना, फरमुल्लाह मन्सुर, महेन्द्र यादव लगायतका नेताहरुलाई सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ ।

प्रदेश नम्बर ३ : गगन थापा, रवि जोशी

स्रोतका अनुसार युवा नेता गगन थापाले प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको उम्मेदवार दाबी गर्नुभएको छ । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का निर्वाचित सांसद हुनुहुन्छ । तर, मुख्यमन्त्रीको उम्मेदवार हुने शर्तमा प्रदेशसभामा जान थापा तयार हुनुभएको छ ।

प्रदेश नम्बर ४ :धनराज गुरुङ, शंकर भण्डारी, धु्रव वाग्ले

प्रदेश ४ मा धनराज गुरुङ, शंकर भण्डारी, धु्रव वाग्ले लगायतका युवा नेता मुख्यमन्त्री उम्मेदवारको चर्चामा छन् । स्थानीय तहको मत परिणामलाई हेर्दा प्रदेश ४ कांग्रेसका लागि अनुकूल देखिएको छ ।

प्रदेश नम्बर ५ : बालकृष्ण खाँण, चन्द्र भण्डारी, देवेन्द्रराज कँडेल

प्रदेश ५ का लागि कांग्रेसमा मुख्यमन्त्रीको उम्मेदवारका मुख्य दावेदार बालकृष्ण खाँण हुनुहुन्छ । रुपन्देही ३ बाट प्रत्यक्ष निर्वाचित सांसद खाँण मुख्यमन्त्रीको उम्मेदवार हुने गरी प्रदेशमा जान तयार देखिनुभएको हो । स्रोतका अनुसार पूर्वमन्त्री समेत रहेका खाणले अनौपचारिक छलफल समेत थाल्नुभएको छ । चन्द्र भण्डारी, देवेन्द्रराज कँडेललाई पनि सम्भावित उम्मेदवारको रुपमा चर्चा गरिएको छ ।

प्रदेश नम्बर ६ : जीवनबहादुर शाही, हृदयराम थानी

प्रदेश ६ मा कांग्रेस नेता जीवनबहादुर शाही मुख्यमन्त्रीका दाबेदार हुनुहुन्छ । तर, सुर्खेतका हृदयराम थानीलाई पनि सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । स्थानीय चुनावमा यो प्रदेशमा कांग्रेस, एमाले र माओवादीले झण्डै बराबर तह जितेका छन ।

प्रदेश नम्बर ७ :रमेश लेखक, वीरबहादुर बलायर

प्रदेश ७ मा रमेश लेखक सम्भावित उम्मेदवार हुनुहुन्छ । उहाँ मुख्यमन्त्रीको उम्मेदवार बन्न तयार हुँदा पार्टीभित्र सर्वसम्मत हुनेछ । तर केन्द्रीय राजनीतिमा स्थापित भइसकेका उहाँ प्रदेशमा जाने या नजाने निश्चित छैन । उहाँको विकल्पको रुपमा भौतिक पूर्वाधारमन्त्री वीरबहादुर बलायर हुन सक्ने कांग्रेसका एक नेताले जानकारी दिए । प्रदेश नंं. ७ मा कांग्रेस बलियो छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution