हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

एनआरएन युरोप क्षेत्रीय संयोजक को बन्ला ?

-चिरन शर्मा 

लन्डन—गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयन गर्न ग्लोबल अधिवेशन नजिक आउँदै गर्दा युरोपका गैरआवासीय नेपालीलाई निर्वचनको चटारो सुरु भएको छ। रणनीतिक रुपमा निकै महत्वको मानिने युरोप संयोजकको एक पदमा ६ जना आकांक्षी देखिएका छन्। एनआरएनको युरोप क्षेत्र केन्द्रलाई प्रभावित पार्न सक्ने एवं लगानी क्षमताका दृष्टिले सबैभन्दा शक्तिशाली मानिन्छ। यो पटकको निर्वाचनका लागि क्षेत्रीय संयोजकमा वेलायतका थर्क सेनले सबैभन्दा पहिला आफ्नो दाबी प्रस्तुत गरेका थिए।

अध्यक्षमा भवन भट्टले उम्मेदवारी घोषणा गरेको भोलिपल्ट उनले आफ्नो उम्मेदवारी घोषणा गरे। उनले गैरआवासीय नेपाली संघ यूकेको उपाध्यक्ष र संघको केन्द्रिय सल्लाहाकार भएर काम गरिसकेका छन्। उनी वेलायतमा ड्राइभिङ स्कुल सञ्चालन गर्छन्। संघको स्थापनाका लागि एनआरएन अभियानमा आवद्ध सेनसँग वेलायतको विभिन्न संघसँस्थामा रहेर काम गरेको अनुभव समेत छ। एनआरएनएको स्किल, नलेज एन्ड इनोभेसन टास्कफोर्समा रहेर काम गरिरहेका उनी भन्छन्, ‘यो क्षेत्रमा लामो समयदेखि लागिरहेको कारणले समयमै घोषणा गरेको हुँ। एनआरएनमा जात र राजनीतिको विभाजनलाई चिर्न मेरो उम्मेवादवारी हो।’ दुई वर्षअघिको सम्मेलनमा युरोप संयोजकका पराजित उम्मेदवार उनी त्यतिबेला होमवर्क नपुगेको तर अहिले साथीभाइसँग सल्लाह गरेर चुनाबी दौडमा होमिएको बताउँछन्।

युरोप संयोजकका अर्का आकांक्षी मेडिकल डक्टर विनय श्रेष्ठ हुन्। स्वीजरल्याण्ड ज्युरिख निवासी उनले एनआरएनएमा बौद्धिक नेतृत्वको आवश्यकता पूर्तिका लागि भन्दै आफ्नो उम्मेदवारी घोषणा छन्। हाल गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदका सदस्य रहेका उनी संगठन समुदायका कामका लागि सधैँ तत्पर रहने व्यक्तित्वमा पर्छन्। आइसीसी सदस्यको रुपमा उनी पछिल्लो समय युरोपका एनसीसीहरूको निर्वाचन गराउन समेत खटेका थिए। उनले यसअघि गैर आवासीय नेपाली संघ स्वीटजरल्याण्डका संस्थापक उपाध्यक्ष एवं पूर्वअध्यक्षसमेत रहिसकेका छन्। ‘मैले एनसीसी तदर्थ समितिदेखि काम गर्दै आइरहेको छु। युरोप संयोजकमा मेरो उम्मेदवारी सबैभन्दा स्वभाविक हो। साथीभाइहरुसँग सरसल्लाह गरेर म अघि बढेकाले जित्छु भन्ने छ’, उनले भने।
युरोपका प्रबासी नेपालीहरूको पेशागत, शैक्षिक, अर्थिक एवं सामाजिक क्षमता विकास आफ्नो मुद्दा भएको डा.विनयको भनाइ छ। यसलाई कार्यान्वयन गर्न एनसीसीहरूसँग छलफल गरी एक कार्यनीति तय गर्ने र त्यसलाइ कार्यान्वयन गर्ने लक्ष्य उनको छ।

बीस वर्षदेखि जर्मनीमा बस्दै आएका दावा जी शेर्पा युरोप क्षेत्रको संयोजकका बलिया प्रत्यासी हुन्। एनआरएन आइसीसी सदस्य रहिसकेका उनी हालका युरोप क्षेत्र उपसंयोजक पनि हुन्। एनआरएनको सामाजिक कार्य तथा मानवीय कार्यसमितिमा समेत रहेर जिम्मेवारी निर्वाह गरिसकेका उनी जर्मनीको नेपाली समुदायमा इमान्दार र लगनशील व्यक्तिका रुपमा चिनिन्छन्। भन्छन्, ‘एनआरएन भित्रका हरेक प्रकारका विभेदलाई अन्त्य गर्दै समानता र अपनत्वका लागि साझा एनआरएनमैत्री बातावरण बनाउन मेरो उम्मेदवारी हो।’ जर्मनीमा होटल र पर्यटन व्यवसायमा संलग्न दावा नेपालीहरुको पहिचानलाई एकीकृत बनाउन आफ्नो उम्मेदवारी भएको बताउँछन्। युरोपमा बस्ने नेपालीहरुको सामुहिक लगानीलाई अघि बढाउने उनको मुख्य लक्ष्य रहेको छ। ‘गैर–आवासीय नेपाली संघमा मेरो लामो अनुभवका कारण मैले यस अभियानको चुनौती र अवसरहरुलाई निकटबाट बुझेको छु। ती चुनौति र अवसरहरुको ब्यवस्थापन गर्न युरोप संयोजकमा उम्मेदवारी दिएको हुँ’, उनी भन्छन्।

एनआरएन बेल्जियमका पूर्व अध्यक्ष एवं वर्तमान युरोप क्षेत्र उपसंयोजक प्रेम गुरुङ पनि युरोप संयोजकका दावेदार हुन्। २०१३—२०१५ एनआरएन बेल्जियमको अध्यक्षको भूमिका निर्वाह गरेका उनी त्यसपछि युरोप उपसंयोजकको जिम्मेवारीमा छन् । आफूमा भएको ज्ञान सीप र क्षमतालाई नेपाल र नेपालीको हितमा काम गर्न उम्मेदवारी दिएको उनको भनाइ छ।

यस्तै एनआरएन बेल्जियमको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका गंगाधार गौतम पनि युरोप संयोजकका आकांक्षीको रुपमा देखिएका छन्। २५ वर्षदेखि नेपाली कांग्रेसको सक्रिय राजनीति गरिरहेका उनी बेल्जियम एनआरएनका पूर्व अध्यक्ष हुन्। यूरोपस्थित नेपाली जनसम्पर्क समितिको महासचिव रहेका उनी सन् २००० देखि वेल्जियमा वसोबास गर्दै आएका छन्। उनी संगठन सञ्चालनको विधि र प्रक्रियामा अनुभवी मानिन्छन्।

गैरआवासी नेपाली संघ होल्याण्डका संरक्षक हरि पौडेलले पनि युरोप क्षेत्र संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले यसअघि गैरआवासीय नेपाली संघ होल्याण्डको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।

संघको आठौं अधिवेशन अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा हुँदैछ। उक्त अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। गैरआवासीय नेपाली संघभित्र युरोप क्षेत्रको वर्चश्व कायम गर्न केही दिनयता समूहगत रुपमा ठाउँ ठाउँमा गोप्य बैठकहरु भइरहेका छन्। युरोप क्षेत्रको संयोजक इतिहास हेर्ने हो भने युकेको वर्चश्व रहँदै अएको देखिन्छ। तर यो पटक बेल्जियम र जर्मनीबाट सशक्त उम्मेदवारहरु देखिएका कारण यसै हुन्छ भनेर भन्न सक्ने अवस्था छैन। हुन त अहिले धेरै आकांक्षी देखाए पनि उम्मेदवार दर्ता गर्ने दिनसम्म छाँटिने सम्भावना पनि उत्तिकै छ। युरोपको नेपाली समुदाय मुख्यतः जातीगत र राजनीतिक रुपमा विभाजित छ। निश्चय पनि पैसा खर्चको पाटोबाहेक एनआरएन निर्वाचनको मुख्य निर्णायक पक्ष पनि यही नै रहनेछ। यी दुई पक्षको सन्तुलन मिलाउन सक्नेले युरोपको संयोजक पद जित्नेछ। @ नागरिकन्युज |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution