नेपाल आइडलमा बुद्ध,निशान र प्रतापले कति कति भोट पाए ?

दोह : प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि पोखरा नयाँबजारका बुद्ध लामाले जितेका छन्। कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा फस्ट रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दास भएका छन् |
कुल प्राप्त भोट – ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५
बुद्ध लामा
४ करोड ४८ लाख ४५ हजार २ सय ६३
निशान भट्टाराई
३ करोड ५० लाख ८६ हजार २ सय २३
प्रताप दास
१ करोड ३२ लाख ५१ हजार ८ सय ४९