हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

को बन्ला पहिलो Nepal Idol ?

काठमाडौं, असोज ६ – शुक्रबार नेपाली संगीत पारखाीहरुले प्रथम नेपाल आइडल पाउने भएका छन् । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल बन्नेछन् ।

विभिन्न चरणहरु पार गर्दै अहिले नेपाल आइडलमा तीन जना प्रतिस्पर्धी बाँकी रहेका छन् । मोरङका निशान भट्टराई,  पोखराका बुद्ध लामा तथा ललितपुरका प्रताप दासमध्ये दर्शकले दिएको भोटका आधारमा एक जना प्रतियोगी नेपाल आइडल बन्नेछन् ।  सेप्टेम्बर १४ देखि सुरु भएको भोटिङ शुक्रबार बेलुकी पाँच बजेसम्म दर्शकले आफूले मन पराएका प्रतिस्पर्धीलाई भोट दिन पाउनेछन् ।

दर्शकको भोट नै निर्णायक भएकाले को बाहिरिन्छ भन्ने अनुमान गर्न गाह्रो छ । यद्यपी सामाजिक सञ्जालमा भने अड्कलबाजी गर्न थालिएको छ । सबै प्रतियोगीका प्रस्तुतिले दर्शक र निर्णायकको मन जित्न सफल भएको छ ।

अन्तर्राष्ट्रिय फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलको ग्रान्ड फिनाले कतारको दोहामा रहेको एसियन टाउन एम्पिथियटरमा हुनेछ । शुक्रबार बेलुका ९ः४५ बजेबाट नेपाल आइडलको ग्रान्ड फिनाले हेर्न सकिन्छ ।

फिनालेमा विशेष अतिथिको रुपमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पनि उपस्थिति रहनेछ । त्यस्तै, नेपाल आइडलको गाला राउन्डमा पुगेका १२ जना प्रतियोगीले समेत नेपाल आइडलको फाइनलमा प्रस्तुति दिनेछन् ।

के पाउँछन् नेपाल आइडलले ?

प्रथम नेपाल आइडलले दर्शकको मन त जित्ने नै छन्, त्यसका साथै प्रथम नेपाल आइडलले २० लाख रुपैयाँ नगद, महिन्द्राको केयुभी १०० र १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् ।

भोटका आधारमा नेपाल आइडलमा दोस्रो हुनेले १५ लाख रुपैयाँ नगद र तेस्रो हुनेले १० लाख रुपैयाँ नगद पाउनेछन् ।
नेपाल आइडलको फाइनलमा पुगेका सबै कलाकार अब्बल छन् । तर पनि प्रतियोगिता भएकाले एक जना विजेता घोषित हुनेछन् । नेपाल आइडलमा विजेता हुनु भनेको सांगीतिक यात्राको सर्वोच्च शिखर पुग्नु होइन । प्रतियोगिताबाट बाहिर निस्केर प्रतिस्पर्धामा उत्रन सक्ने मात्रै नेपाली सांगीतिक क्षेत्रमा स्थापित हुनेछन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution