हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

लामा शव्दको उत्पत्ति र वास्तविक परिभाषा-आचार्य सर्बजित गोङबा तामाङ

पहिलो त यो लामा भन्ने शब्द कसरी र कुन लिपि बाट बन्यो कुन ठाँउबाट बिकास भयो भन्ने कुरा बुझ्न् जरुरी देख्छु | यो लामा भन्ने शब्द सम्भोट लिपि बाट बनेको हो र यो कुनै देबनागरिक लिपि होईन, यो लामा भन्ने शब्द संभोट लिपिको ब, ल, म, यो तीन वोट अक्षेरको संयुक्त बाट भनेको हो र ब को मुनि ल झुन्डाए बलाब्द ला भनेर उच्चारण भयो र तेस्को पछाडी मा थपिए पछि मात्र लामा भएर आएको हो, अब लामा भनेको कतिवटा हुन्छ भन्ने हो भने यस्को बर्ग बिभाजन धेरै किसिमले ब्याख्या गरिएको पाउछौ |

जस्तै समृद्धि सत्यको दृस्ठिकोण र परामार्थको दृस्ठिकोणले धेरै किसिम बाट ब्याख्या गरेको पाउछौ तर पनि लामा मा दुई बर्गमा बिभाजन गरिएको पाउछौ त्यो हो चावाय लामा, र ग्युपे लामा, यसरी यो लामा भन्ने शब्द भोट बाट बिकास भएर आयो, र पनि यो लामा भन्ने शब्द भोट लिपि भोट भोट बाटै बिकास भएता पनि भोट प्रान्तमा लामा भन्ने छुट्टै खाल्को जात बङ्स र थर अहिले सम्मा देखिएको छैन,भेटिएको छैन पनि, भोट् इतिहासको कालखन्ड देखि अहिले बर्तमान सम्मा लामा भन्ने छुट्टै जात बङ्स भएको देख्दैन, त्यसैले यो लामा भन्ने जुन ठाँउमा उत्पन्न र बिकास भएको थियो |

त्यस ठाँउमा कुनै जाती बङ्स र थरको रुपमा नभएको प्रस्ट भई सक्यो, तर पनि पछिल्लो समय मा आयर नेपालको कुनै जातिले लामा थरको रुप्मा लिनु भनेको लामा शब्दको गलत ब्यख्या र लामाको अस्थित्वोलाई नै धराप्मा पारेको देख्छु | तेसैले लामा शब्दलाई कुनै पनि समुदायले जात र थर सङ्ग नजोड्नु राम्रो हुनेछ | होइन भने लामा सब्दको पबित्रातालाई जातीयतामा ब्याख्या गर्ने छ | र लामा सब्दको पबित्रा मेटिने छ, |

त्यसैले यो लामा भन्ने शब्द कुनै जात र थरमा नगाब्नु र नजोड्न आग्रह गर्द्छु | यो कुर बाट प्रस्ट हुन्छ की लामा भन्ने शब्द कुनै जाति र थरको रुप्मा नभए एउटा उच्चस्तरीय पदलाई बुजिन्छ, येस्मा कुनै सङ्खै छैन | अब रह्यो लामा भन्ने शब्द नेपालीमा के हुन्छ त भन्दा गुरु हो भन्ने बुजिन्छ | गुरुको अर्थ के हुन्छ त भन्दा = बिध्या वा शिक्षा वा सिल्प वा बुद्धि र कर्म सम्बन्धि योग्यता दिलाउने ब्याक्ती, शिक्षक, अध्यापक, उस्ताद, आचार्य, उपाध्याय, बुद्धि- बल -बिध्या -उमेर आदिमा पुज्य र आदरणीय ब्याक्ती,मान्यजन,गर्भधान सिमन्तो-नयन देखिका सोह्र सस्कार मध्ये जुनसुकै सस्कार गरि दिने मान्छे बुबा र बुबा सरहको पुजनिय मान्छे र गुरु सरहको श्रद्रय मानिस ,आमा र आमा सहाराको आदरणीय मान्छे अर्ती र उपदेश दिने मान्छे | धर्म परम्परा सुरु गर्ने मान्छे ,शान्ति-धैर्य-वङ्स रक्ष विनयशिल स्वभाव- साधा रुप रङ्गको व्यबहार -सफा र स्पस्ट चाल चलन-बुद्धिमत्ता-नीति उत्तम-आसमर्थको आश्रम धर्मको पालन- भगवान प्रती श्रद्रा -ध्यान मन्त्र तन्त्रमा सिपालु गुन-दण्ड र पुरस्कर दिने सामर्थ्य-शुद्ध ब्राह्मण- तपसीजन र सद् गृहस्थ आदि भएका जुन सुकै ब्यक्ती,

(१)आधुनिक परि पाटीमा आवश्यकिय जरुरत अनुसार,एक विध्यावन र दक्ष ब्यक्ती जो ती कलिला बुद्धि भएको जनसक्तिलाई उनिहरुको ज्ञान-वृद्धि गर्ने शिक्षा देवस र पछी एउटा असल नागरिक भएर जिबन धान्न सक्छेम बनोस् भन्ने शिक्षक र प्राध्यापक जस्तो |

(२)अध्यात्मिक चिन्तन वृद्धि गर्नको लागि गुरुले मात्र सकिने एउटा सम्मानित ब्यक्ती जो अरु साधारणहरु भन्दा बुद्धि, नैतिक बल, ज्ञान , अनुभव र उमेरमा उच्च होस् |

(३ )साधु स्वाभाव भएको बाबू-आमा जो आफ्नो सन्तानलाई उचित बाटो फेला पार्न मार्ग दर्शन गर्छन् र तिनको बानि बेहोरालाई सुधार गर्ने प्रयत्न गरेर, तिनलाई पछि असल-गुनि जिबन यापन गर्ने पार्न खोज्छन् |

(४) त्यो ब्यक्ती स्वभावमा असल,नरम र साधुपन राख्ने भएता पनि,नैतिकता बचाउन नधर्मरावस |

(५)जुनै धर्म सस्कारको भएपनी त्यो धर्म सस्कारको उच्च ज्ञान् शिक्षा हासिल गर्ने ब्यक्तीलाइ दिईने पद्को नाम गुरु हो  |  भोट भाषामा लामा भनिन्छ, | तेसैले लामा भनेको कुनै जात र थर होइन | अझ हामी माहायानी बौद्ध मार्गिहरुले त बुद्धलाई भन्दा गुरु र लामालाई उच्च स्थान दिएर सम्भोधन गर्छ, | तेसैले त्रिरत्नलाइ प्रार्थन गर्दा पहिला लामाला क्याब्सुक्षे भन्छ अनि मात्र सङ्गेला क्यब्सुक्षे भनिन्छ | त्यसैले लामा भन्ने सब्द कति उच्च स्थान रहेछ यो सबैले बुज्नु जरुरी देख्छु, यस्लाइ सस्कृतमा, पहिलो-नमो गुरुवे अनि मात्रै नमो बुद्धये भनिन्छ, त्यसैले लामा भन्ने शब्दको कुनै पनि जात बङ्स र थर नभएर बौद्ध धर्म र दर्शन मा ज्ञान् शिक्षा हासिल गर्ने ब्यक्तीलाई दिईने उच्च पद हो। झन हामी माहायानी बौद्ध तन्त्रायानमा लामा बिना बुद्धवता प्राप्ता गर्न सकिदैन, जति सुत्र शिक्षा पढे लेखेका भए पनि अन्तिम्मा लामा गुरुलाई नमानी कन बुद्धब्य प्राप्ति नै छैन भन्नू हुन्छ । लामा नै बुद्ध हो भनी मान्नु पर्छ नभए बुद्धब्य प्राप्त हुने कुनै विकल्प छैन। येस्तै खाल्को लामा को बिसयमा धेरै ब्याख्याहरु छन्। तेसैले सम्पुर्ण बौद्ध धर्म प्रती आस्था राख्नु हुने मित्रहरुलाइ मेरो आग्रह छ लामा शब्दको दुरुपयोग होइन सहि सदुपयोग गरौ।

लेखक : आचार्य सर्बजित गोङबा तामाङ






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution