हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

मलाई सेक्सी देखिने पहिरन सारी नै हो – रश्मी तामाङ

 

लोक दोहोरी क्षेत्रकी चर्चित मोडेल हुन्– रश्मी तामाङ । म्युजिक भिडियो अभिनयले उनलाई भ्याइ नभ्याइ छ । मोडलिङको व्यस्ताता र चर्चासँगै अवार्ड पनि थुप्रै उनका हात लागेका छन् । नुवाकोटको तत्कालीन सामरी गाविसमा जन्मे हुर्केकी रश्मी अध्यायनका लागि गृह जिल्लाबाट काठमाडौँमा हानिएकी थिइन् । यही क्रममा उनले मोडलिङ क्षेत्रमा आफूलाई होम्ने अवसर मिल्यो । लोक दोहोरी, तीज तथा लोक पप गीतहरूमा समेत अभिनय गर्दै आएकी रश्मी स्टेज कार्यक्रमकी क्विन पनि मानिन्छिन् । मुलको विभिन्न जिल्लाको अलवा कार्यक्रमको सिलसिलामा आफू १५ देश पुगेको उनले बताइन् । करिब ७ वर्षदेखि मोडलिङमा रहेकी रश्मीले ८ सयभन्दा बढी गीतमा अभिनय गरिसकेकी छन् । मोडलिङका कामले दिलाएको अवार्डले भरिएको छ, उनको घर । मोडलिङमा यति धेरै चर्चामा रहेकी रश्मीलाई चलचित्र अफर त पक्कै आउँछ होला ? प्रश्न राख्न नपाउँदै उनले जवाफ फर्काइन्– ‘चलचित्र अभिनय नगर्ने केही पहिले नै घोषणा गरेको थिए । सो कारणले धेरै अफर आउँदैन ।’ मोडल रश्मीलाई रातोपाटीको यस्ता छन्– दस प्रश्न ।

लोक दोहोरी मोडलिङबाट कतिको सन्तुष्ट हुन सकिन्छ ?

–म एकदमै सन्तुष्ट छु । लोकदोहोरी मोडलिङमा म टप १० भित्र पर्छु होला । योभित्र पर्ने सबै सन्तुष्ट नै हुन्छन् जस्तो मलाई लाग्छ । आर्थिक हिसाबले पनि अहिलेसम्म सन्तुष्टी छु ।

सौन्दर्यतिर कतिको ध्यान दिनुहुन्छ ?

–सौन्दर्यमा त्यति ध्यान नदिनेमा पर्छु म । अन्य समय नर्मल मेकअपमा रहने गरेकी छु । कार्यक्रम र सुटिङ पर्यो भने विषेश मेकअप गर्ने हो । कुनै कामले घरबाट बाहिर निस्कनु पर्दा ओठमा लिपिस्टिक भने छुटाउँदिन ।

फिटनेसतिर कतिको ध्यान दिनुहुन्छ ?

– स्वस्थ र फुर्तिलो शरीरका लागि फिटनेस अनिवार्य छ । यसका लागि कतिपय मान्छेले डाइटिङ पनि गर्छन् । यो मलाई राम्रो लाग्दैन । खाने समयमा खाने हो । तर बिहान बेलुका एक्सरसाइज त गर्नुपर्छ । म भ्याएसम्म बिहान र बेलुका एकएक घन्टा एक्सरसाइज गर्छु । फुर्सद नभएको समयमा पनि आधा घन्टा एक्सरसाइजलाई छुट्याउने गरेकी छु ।

फेसनतिर पनि रुचि होला ?

– हामी ग्ल्यामर फिल्डमा लागेका मानिस फेसतिर रुचि नहुने त कुरै भएन । यो जानेर पनि नजानेर पनि गर्नुपर्ने हुन्छ । मलाई मनपर्ने राम्रो सेक्सी देखिने पहिरन सारी नै हो । नर्मल रूपमा अन्य पनि प्रयोग गर्ने गरेकी छु ।

मोडलिङको पहिलो कमाइ के गर्नुभयो ?

– घरका लागि आवश्यक सरसामान आमाको सल्लाहले लिएँ । ममीलाई कपडा किनिदिएँ ।

 

मोडलिङमा लाग्ने केटीहरूलाई प्रेमका अफर धेरै आउँछन् भनिन्छ नि हो ?

–हो, यो कुरो साँचो हो । मोडलिङमा लाग्नेलाई यस्ता अफर आउनु सामान्य हो । मैले पनि त्यही रूपमा लिएकी छु । राम्रो तथा नराम्रो दुवै तवरले आउने गरेको छ । त्यस्ता अफरलाई हावामा उडाउने गरेकी छु । स्पेसल मानिसबाट भने प्रस्ताव आएको छैन । आयो भने सोच्ने छु ।

विवाह गर्ने बेला भएन र ?

– अझै पाँच वर्षसम्म यो विषयमा साच्ने विचार छैन । किनभने जन्मले छोरी भए पनि घरको म छोरा हुँ । दाजुभाइ नभएका कारणले छोराको कर्तव्य पनि मैले पूरा गर्नुपर्नेछ ।

घुम्न मन लाग्ने ठाउँ ?

– स्वदेशकै मुस्ताङ, मनाङ, पोखरा मनपर्छ । विदेशको त हरेक देश राम्रो लाग्छ ।

अधुरो सपना छ कि ?

– सरकारी जागिर खाने सानैदेखिको सपना थियो । त्यो अधुरै छ । सायद अब पूरा पनि हुन्न होला ।

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?

– हिरो सलोन बस्नेत मनपर्छ । अवसर मिले उनैसँग जाँन्छु । उनी मलाई निकै क्युट लाग्छ । उनको अभिनय पनि राम्रो लाग्छ । सलोनले अभिनय गरेको सबै चलचित्र हेर्दै आएकी छु । @ रातोपाटी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution