हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

रौतहटमा माओवादीकोअग्रता,एमाले चौथो

रौतहट— अठार स्थानीय तह रहेको रौतहटमा नेकपा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ। १६ नगरपालिका र २ गाउँपालिका रहेको रौतहटमा सबै स्थानीय तहको मतगणना प्रारम्भ भएको छ। प्रारम्भिक मतगणनामा माओवादी केन्द्रलाई नेपाली काँग्रेसले पछ्याइरहेको देखिएको छ।

मंगलवार राति साढे ८ बजेको अपडेट अनुसार माओवादी केन्द्र पाँच नगरपालिका र दुई गाउँ पालिकामा अग्रता लिएको छ भने नेपाली काँग्रेसले छ नगरपालिकामा अग्रता कायम राखेको छ। माओवादी केन्द्रले गुजरा, बृन्दावन, राजपुर, कटहरिया र मौलापुर नगरपालिकाका साथै यमुनामाई र दुर्गा भगवति गाउँपालीकामा अग्रता लिएको छ ।

नेपाली काँग्रेसले चन्द्रपुर, परोहा, इश्नाथ, गढिमाई, राजदेवी र फतुवा विजयपुर नगरपालिकामा अग्रता लिएको छ । मतगणना प्रारम्भ भएदेखि चन्द्रपुर र फतुवा विजयपुर नगरपालिकामा माओवादी केन्द्र अगाडि रहे पनि साँझदेखी काँग्रेसले उछिनेको हो ।

रौतहटको प्रारम्भिक मतगणनामा संघिय समाजवादी फोरम नेपाल तेश्रो र नेकपा एमाले चौथो देखिएको छ। फोरमले बौधिमाई, माधवनारायण र देवाही गोनाही नगरपालिकामा अग्रता लिएको छ भने गौर र गरुडा नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ।

राजपा नेपालको पनि राम्रै बर्चस्व रहेको रौतहटमा प्रारम्भिक परिणाममा अग्रता देखिएको छैन। राजपाले गौर, गुजरा र दुर्गा भगवतीमा एमाले र माओवादीलाई पछ्याएको देखिन्छ । प्रारम्भिक परिणाम अनुसार जिल्लामा माओवादी र नेपाली काँग्रेस बीच प्रतिस्पर्धा हुने देखिन्छ।

जिल्लाको अठारवटै स्थानीय तहमा शान्तिपूर्ण मतगणना भइरहेको छ । मतगणना स्थलमा जाली तथा घेरा वेराको प्रयोग गरिएको छ । मतगणणा प्रतिनिधि तथा उमेदवारहरुले मतपत्र देख्न पाउने गरी तर जे गरे पनि झम्टिन नपाउने गरि मतगणनाा स्थलमा सावधानी अपनाइएको छ। मतगणना भइरको सवै ठाउँमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ। मतगणना स्थलमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको र निश्चित क्षेत्रभित्र सर्व साधारणलाई प्रवेशमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले बताएको समाचार नागरिकन्युजमा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution