यस्तो छ वीरगंज महानगरपालिकाको पछिल्लो मतगणना परिणाम

वीरगंज। वीरगंज महानगरपालिकाको चारवटा वडाको मतगणना सकिएको छ। वीरगंज महानगरपालिका– १, २, ३१ र ३२ वडाको मतगणना सकिएको हो।
चारवटा वडाको कुल मतअनुसार राजपाले मेयर र उपमेयर दुवैमा लिड गरेको छ। चारवटै वडा गरेर मेयर तर्फ १५ र उपमेयर तर्फ १६ मत बदर भएको छ।
यस्तो छ वीरगंज महानगरका चारवटा वडाको कुल मतः
मेयर
काँग्रेसः २७, ५६, ६८, २७ = १७८
फोरमः २१, ३०, ४०, ११ = १०२
राजपा २६, ५५, ०, ९९ = १८०
एमाले ४, १२, ६, ९ = ३१
माओवादी ६, ८, ५४, १७ = ८५
फोरम लोकतान्त्रिकः ६, १३, १८, २० = ५७
उपमेयर
काँग्रेस ३०, ५७, ६९, २६ = १८२
राजपा २७, ५५, ०, १०७ = १८९
फोरम १९, २९, ३९, १० = ९७
एमाले ४, १४, ९, १० = ३७
माओवादी ३, ४, ५५, १८ = ८०
फोरम लोकतान्त्रिक ६, १२, १४, १० = ४२