म एक्लैलाई होइन,सबैलाई कारबाही हुनुपर्छ: खड्का

काठमाडौं – पदच्युत भएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गाेपालबहादुर खड्काले नियाेजित रुपमा आफूलाई बर्खास्त गरिएकाे प्रतिक्रिया दिएका छन्। एउटा पत्रिकाले लगाएकाे आराेपकै भरमा आफूलाई सरकारले कारबाही गरेकाे र याे गैरन्यायिक भएकाे बताएका छन्
‘कमजाेरी कहाँ भयाे कसले गर्यो? संसदीय समितिकाे प्रतिवेदनमा कहाँ लेखेकाे छ कुन प्रमाणकाे भरमा कारबाही गर्याे? खड्काले भने,‘कसैकाे इच्छापूर्तिको लागि भएकाे याे निर्णय दुःखद छ।’ कारबाही भए अाफूलाई आराेपित गरिएकाे विषयमा संलग्न सबैलाई हुनुपर्ने उनकाे भनाइ छ।
‘जुन विषयमा मलाई दाेषी देखाईएकाे छ त्यसकाे आधार नै स्पष्ट छैन’ ‘यदि कारबाही नै गर्ने हाे भने निर्णय प्रक्रियामा संलग्न सबैलाई हुनुपर्छ।’ संसदीय समितिकाे अध्ययन प्रतिवेदनमा सबै कुरा स्पष्ट भएपनि एकोहाेराे रुपमा आफूलाई निशाना बनाइएकाे र याे आफूमाथि अन्याय भएकाे उनकाे भनाई छ। अरूलाई पनि कारबाही हुनुपर्ने यदि त्यस्ताे नभए कानूनी उपचारकाे हक सबैमा हुने उनले स्पष्ट पारे ।