गायिका मिलन अमात्यले श्रीमानसँग गरिन् डिभोर्स

काठमाडौं: नेपाली चलचित्र पार्श्व गायनमा अहिलेकी पुस्ताकी चम्केकी गायिका मिलन अमात्यले श्रीमानसँग डिभोर्स गरेकी छ्नि। करीब ६ वर्षको वैवाहिक सम्बन्धलाई अदालत मार्फत टुंगो लगाउने उनले श्रीमान्सँग डिभोर्स गरेकी हुन्।
योसँगै सांगीतिक जीवनमा निक्कै जमेकी गायिका मिलनले श्रीमान् मेनसनलाई हात र साथ त्यागेकी हुन्। काठमाडौँ जिल्ला अदालतमा डिभोर्सपछि मिलनका श्रीमान् मेनसनले आफूहरु अबदेखि एकअर्कासँग छुटिएको सञ्चारकर्मीहरुलाई बताएका छन्।
उनका पारिवारिक स्रोतका अनुसार मिलन गायक दीपक लिम्बुसँग वर्षौ पुरानो प्रेम सम्बन्धमा रहेको बुझिएको छ। मिलनले पछिल्लो एल्बम ‘मिलन संजोग’ निकालेकी थिइन्।पारिवारिक स्रोतका अनुसार दीपक लिम्बुको नागरिकताको नाम पनि संजोग हो।
गाला रातौ, स्लोली स्लोली, जहिलेसम्म, किन लायौ, दुई थोपा आँसु, विश्व सुन्दरी लगायतका जस्ता चर्चित गीतहरुमा मिलनले स्वर दिएकी छन्।