हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

शेर्पा संघ इजरायलको चौथो अधिवेशन सम्पन्न,अध्यक्षतामा डाेल्मा शेर्पा

 

– आङछिरी शेर्पा 

तेलअविव -शेर्पा संघ इजरायलकाे बार्षिकाेत्सब तथा अधिवेशन यहि 15 सेप्टेम्बर 2017 मा तेल अभिभमा भब्यताका साथ सम्पन्न भएको छ।

प्रवास भुमिमा अाफ्नाे कला, भाषा ,धर्म , संस्कृतिकाे संरक्षण र सम्बर्द्धन साथै सामाजिक क्षेत्रमा अग्रसर भएर कार्य गर्ने उद्देश्यका साथ स्थापित जातीय संस्था शेर्पा संघ इजरायलकाे बार्षिकाेत्सब तथा अधिवेशन कार्यक्रममा सभापति शेर्पा संघ इजरायलका अध्यक्ष अाङछिरी शेर्पाले गर्नुभएको थियाे भने प्रमुख अतिथि NRNA इजरायलका अध्यक्ष छिरिङ लामा शेर्पा , बिशेष अतिथि नेपाल अादिवासी जनजाति महासंघ इजरायलका प्र.उपाध्यक्ष नरेश कुमार श्रेष्ठले गर्नुभएको थियाे।यसैगरी अतिथिहरुमा विभिन्न जातीय संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्युहरु ,सल्लाहकार ज्युहरु , बिशिस्ट ब्यक्तित्व ज्युहरु, पत्रकार मित्रहरुले अतिथिकाे अाशन ग्रहण गर्नुभएको थियाे।र कार्यक्रममा शेर्पा दाजुभाइ तथा दिदिबहिनीहरु साथै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुकाे पनि राम्रो उपस्थिति थियाे।

शेर्पा संघ इजरायलकाे बार्षिकाेत्सबमा स्वागत मन्तब्य कार्यकारिणी सदस्य पेमा शेर्पाले दिनुभएको थियाे भने कार्यक्रम सञ्चालन द्वितीय उपाध्यक्ष डाेमा शेर्पाले एकदमै राम्रोसँग गर्नुभएको थियो त्यसैगरि काेषकाे बार्षिक अाय व्ययकाे काेषाध्यक्ष लाक्पा लामा शेर्पा , बार्षिक प्रगति बिबरण(2016-2017) महासचिव अाङमाया शेर्पाले प्रस्तुत गर्नुभएको थियाे। यसैगरी कार्यक्रममा शेर्पा संघ इजरायलका सल्लाहकार ज्युहरु तेन्जिङ शेर्पा ,दावाछिरिङ शेर्पा , पासाङ शेर्पा साथै बिशेष अतिथि नरेश कुमार श्रेष्ठ , प्रमुख अतिथि छिरिङ लामा शेर्पाले अाफ्नाे मन्तब्य राख्नु भएकाे थियाे ।मन्तब्यका क्रममा उहाँहरुले 2016-2017 काे अध्यक्ष अाङछिरी शेर्पा नेतृत्वकाे कार्यसमितिकोले राम्रो काम गरेकाे र कार्यकाल सफल भएको पनि जनाउनु भएकाे थियाे।र शेर्पा संघ इजरायलले बिगत देखि नै सकृय भएर अगाडि बढेकाे र अबका दिनहरुमा पनि अझ सशक्त रुपमा अगाडी बढाउनु पर्ने धारणा ब्यक्त गर्नुभएको थियाे। र कार्यक्रममा बिश्व शेर्पा संघकाे सम्मेलनकाे लागि रु ५० हजार सहयोगकाे चेक र नेपाल शेर्पा भवनकाे लागि शेर्पा संघ इजरायलकाे पहलमा संयाेजक दावाछिरीङ शेर्पाकाे संयाेजकत्वमा संकलन गरिएको सहयोग रकम रु २२ लाख १ रुपैयाँको चेक पनि सल्लाहकार छिरिङ शेर्पालाई हस्तान्तरण गरिएकाे थियाे।र उ्क्त रकम नेपालमा बिश्व शेर्पा सम्मेलनमा प्रत्यक्ष रुपमा हस्तान्तरण हुने अध्यक्ष अाङछिरी शेर्पाले जनाउनु भएकाे थियाे र कार्यक्रममा सहयोगी मनका धनी मित्रहरुलाई खाता लगाई सम्मान पनि गरिएको थियाे।र अध्यक्ष अाङछिरी शेर्पाले १ बर्षे कार्यकाल भित्र नेपालकाे सामाजिक ,साँस्कृतिक , शैक्षिक ,भाैतिक बिकास तथा भवन निर्माण ,गरिब असाह्य,अापाङ्ग बालबालिका ,विभिन्न दुख र पीडामा परेका पीडितहरुलाई गरि जम्मा ३० लाख १० हजार १ रुपैयाँ सहयाेग हस्तान्तरण गरिएकाे पनि जनाउनु भएको थियाे। साथै उहाँले अाफ्नाे कार्यकालमा प्रवासमा कला,भाषा,धर्म ,संस्कृतिकाे संरक्षण रसम्बर्द्धन गर्दै अाफ्नाे महान राष्ट्रिय चाडपर्वहरुलाई भब्यताका साथ मनाएकाे, इजरायलमा रहेका विभिन्न संघ संस्थाहरुसँग समन्वय गर्दै हातेमालो गर्दै अगाडी बढेको र बिश्व शेर्पा संघ र नेपाल शेर्पा संघ केन्द्र सँग पनि हातेमालाे गर्दै अगाडि बढेकाे साथै मनाेरनञ्न ,एकता , सद्भावकाे लागि खेलकुद पनि खेलाइएको जनाउनु भएको छ।

यसरी सहयोग गर्नुहुने इजरायलवासी दाजुभाइ तथा दिदिबहिनीहरुलाई शेर्पाले ब्यक्तिगत तर्फबाट र शेर्पा संघ इजरायलकाे तर्फबाट पनि धेरै धेरै धन्यवाद ब्यक्त गर्नुभएको थियाे। र अाफ्नाे कार्यकाललाई सफल बनाउन साथ, सहयाेग र राम्रोसँग अाफ्नाे जिम्मेवारी बहन गर्नुहुने सल्लाहकार ज्युहरु साथै पदाधिकारी ज्युहरुलाई पनि धेरै धेरै धन्यवाद ब्यक्त गर्नुभएको थियाे।र यसरी अध्यक्ष तथा सभापति अाङछिरी शेर्पाले अाफ्नाे नेतृत्वको कार्यसमितिकाे १ बर्षे कार्यकाल पूरा भएको हुनाले शेर्पा संघकाे नयाँ नेतृत्व र कार्यकसमितिकाे लागि अाफ्नाे नेतृत्वको कार्यसमिति भंग भएको घाेषणा गरी अाैपचारिक कार्यक्रम त्यहीँ समापन भएको घाेषणा गर्नुभएको थियाे।

त्यसपछि निर्वाचन समितिका संयाेजक तेन्जिङ शेर्पा लगायत निर्वाचन समितिका सदस्यहरु दाेर्जे शेर्पा ,दावाछिरिङ शेर्पा ,पासाङ शेर्पा र छिरिङ शेर्पाले नयाँ नेतृत्व र कार्यसमितिको चयनकाे प्रक्रियालाई अगाडी बढाउनु भएको थियाे। नयाँ कार्यसमिति यसरी सर्वसहमतिमा अध्यक्ष डाेल्मा शेर्पाकाे नेतृत्वमा 19 कार्यसमिति चयन भएको छ।

अध्यक्षमा डाेल्मा शेर्पा , प्रथम उपाध्यक्षमा डाेमा शेर्पा ,द्वितीय उपाध्यक्षमा अाङमाया शेर्पा ,तृतीय उपाध्यक्षमा दावा छिरिङ शेर्पा ,महासचिवमा ल्हक्पा लामा शेर्पा ,सचिवमा ,पेम साङ्मु शेर्पा ,सहसचिव निकी शेर्पा ,काेषाध्यक्ष पेमा शेर्पा ,सह काेषाध्यक्ष पेम्बा शेर्पा र कार्यकारिणी सदस्यहरुमा फुर्वा शेर्पा ,लेमी शेर्पा ,छेवाङ शेर्पा ,छिरिङ साङ्मु शेर्पा ,दाेर्जे शेर्पा ,ल्हमु शेर्पा ,लाक्पा डाेमा शेर्पा, पासाङ डाेमा शेर्पा ,पेमली शेर्पा , दिकी शर्पा चयन हुनु भएको छ।

सल्लाहकारहरु पसि शेर्पा ,छुङ्किला शेर्पा ,दाेर्जे शेर्पा ,पासाङ शेर्पा र प्रमुख सल्लाहकारमा अाङछिरी शेर्पा र संरक्षकमा दावाछिरीङ शेर्पा चयन भएको छन्।र अन्तमा निर्वाचन समितिका संयाेजक तेन्जिङ शेर्पाले शेर्पा भाषामा र नेपाली भाषामा सपथ ग्रहण गराउनु भएको थियाे।साथै हालै चयन हुनु भएका अध्यक्ष डाेल्मा शेर्पा र प्रथम उपाध्यक्ष डाेमा शेर्पाले अगामी दिनहरुमा नेपालकाे दुर्गम गाउँहरुमा शिक्षा ,स्वास्थ्य र अार्थिक रुपमा पछाडि परेका ब्यक्तिहरुका निम्ति उपलब्धिमुलक कार्यक्रमहरु सञ्चालन गरिने याेजना रहेकाे बताउनु भएको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution