जम्बो मन्त्रिमण्डलमा फेरी दुई मन्त्री थपिए
काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ ।पार्टीले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्मालाई सिफारिस गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले दुवैको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनुभएकाले सोमबार साँझ नै शपथ गराउने कार्यक्रम रहेको जनाएको छ ।
यसअघि नै जम्बो मन्त्रि मण्डलमा ५४ जना थिए भने अब ५६ जना पुग्ने भएको छ ।