एनआरएनए इजरायलको कार्यक्रममा विवाद के मा भएको हो ? राजदुत भागेको होइन …(भिडियो)

तेलअविव – एनआरएनए इजरायलले १५ सेप्टेम्बर २०१७ (शुक्रबार) नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना र निवर्तमान कार्यसमितिका पदाधिकारीहरुलाई बिदाई तथा धन्यवाद व्यक्त गर्नको लागि कार्यक्रमको आयोजन गरेका थिए |
एनआरएनए इजरायलका अध्यक्ष छिरीङ शेर्पाको सभापतित्व रहेको कार्यक्रमको प्रमुख अतिथिमा नेपाली दुतावास इजरायलको महामहिम निरन्जन थापा रहनु भएको थियो | सम्पूर्ण अतिथिहरुलाई खादा तथा ब्याज लगाई सक्ने बित्तिकै मन्चमा पुगेर एनआरएनए इजरायलका भूपू अध्यक्ष एवं आईसीसी सदस्य सुवास खरेलले बिधान र मर्याद बमोजिम संरक्षक, वरिष्ठ सल्लाहकार र सल्लाहकारहरु मनोनयन गरेकोमा आप्पति जनाउनु भयो |
खरेलको अनुसार आफुले दुई कार्यकाल सम्म एनआरएनए इजरायलका नेतृत्व(अध्यक्ष) लिई सकेको र एक कार्यकाल आईसीसी सदस्य भईसकेको ब्यक्तिलाई वरिष्ठ सल्लाहकारमा राखेर निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष बिशाल ज्ञवालीलाई संरक्षक बनेकोमा मयार्द अनुसार नमिलेको र नैतिकताले पनि नदिने बताउनु भयो | साथै एनआरएनए इजरायलको कार्यसमितिमा एकपटक नरहेको नवराज खड्कालाई वरिष्ठ सल्लाहकारमा मनोनयन गर्नु उचित नहुने बताउनु भयो |
सुवास खरेलले उठान गरेका बिषयमा बचाउ गर्दै प्रतिउत्तरमा अध्यक्ष छिरीङ शेर्पाले निर्वाचित कार्यसमितिले गरेको निर्णयलाई सम्मान गर्दै आफुहरुलाई कुनै बाधा नपुर्याई कार्यक्रम सुचारु गर्न दिना सबैलाई अनुरोध गरेका थिए |
मुख्यता यी नै बिषयमा भानभान र ठेलाम् हुँदा विवाद बढ्दै गएर कार्यक्रम नै संचालन नहुने स्थिति पैदा भएपछि अध्यक्ष छिरिङ शेर्पाले संरक्षक र सल्लाहकारहरुको मनोनयनलाई अर्कोपटक पुन:बैठक बसी सबैलाई मिलाएर अघि बढ्ने घोषण गरेका थिए | तर सुवास खरेल लगायत अन्य पक्षहरुले उठेको बिषयवस्तु उपर आजै छिनोफानो हुनुपर्छ भन्दै अडान राखेको थिए |
तत्पाश्चात् नेपाली दुतावास इजरायलको महामहिम राजदुत निरन्जन थापाले सबै जना एकै छिन बसेर सरसल्लाह गरि सहमतिमा मिलेर अघि बढ्नु सुझाब दिएका थिए | वहाँले दिनु भएको सुझाब हेर्नुहोस् भिडियो ….
“महामहिम निरन्जन थापाले आफ्नो भनाई सकेपछि सहमतिभई कार्यक्रम अगाडी बढेको थियो |”
कार्यक्रममा नवकार्यसमिति द्वारा मनोनयन गरिएका प्रवक्ता डोमा शेर्पा,कार्यकारी सदस्य सुर्यमाया आचार्य (सुमित्रा भण्डारी) कार्यकारी सदस्य पेम्बा डोल्मा ह्योल्मो र कार्यकारी सदस्य मुना अधिकारी,संरक्षक सुवास खरेल (भूपू अध्यक्ष एवं आईसीसी सदस्य) र संरक्षक बिशाल ज्ञवाली (निवर्तमान वरिष्ठ उपाध्यक्ष),सल्ल्लाहकारहरु नवराज खडका(निवर्तमान सल्ल्लाहकार), बी बी लामा तामाङ (भूपू वरिष्ठ उपाध्यक्ष) , तिर्थ गौतम (भूपू महासचिव),सुन्दर सिंह लामा तामाङ(भूपू प्रवक्ता),तारा काउचा मगर (निवर्तामान कोषाध्यक्ष) र कृष्ण भण्डारी (मिडियाकर्मी) मध्ये कार्यक्रममा उपस्थित भएकाहरुलाई प्रमाण-पत्र हस्तान्तरण गरेका थिए |
कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदुत निरन्जन थापाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरु , कार्यसमितिमा मनोनयन भएका प्रवक्त ,कार्यकारी सदस्य, संरक्षक र सल्लाहकारहरु सबैलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो |
अन्तमा कार्यक्रमका सभापति एवं अध्यक्ष छिरीङ शेर्पाले नवनिर्वाचित कार्यसमिति इजरायलमा रहेको सबै संघसंस्थाहरु संग हातेमालो गर्दै अघि बढ्ने बताउनु हुदै सबै सरसहयोग पाउने अपेक्षा राखेको बताउनु भएको थियो |
मिडियामा आए झैँ महामहिम राजदुत निरन्जन थापा कार्यक्रम स्थलबाट नभाग्नु भएको र अभिभावकको भूमिका निर्वाह गर्नु हुदै विवादको बिचमा समेत उचित सुझाब दिईभई कार्यक्रमको अन्त्य सम्म बस्नु भएको थियो |
.