हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

के उत्तर कोरियाली नेता किम जोङ उनको हत्याको षड्यन्त्र हुँदैछ ?

 

काठमाडौं । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको हत्याका लागि दक्षिण कोरियाले गोप्य रूपमा विशेष दल स्थापना गर्न लागेको उत्तर कोरियाले दाबी गरेको छ । बीबीसीमा डा. जोन निल्सनले लेखेको एउटा रिपोर्टमा सो कुराको उल्लेख छ ।

निल्सनको टिप्पणी छ– यदि उत्तर कोरियाले गरेको दाबी सत्य हो भने यसबाट दक्षिण कोरियाका राष्ट्रपति मून जे इनको पूर्वअडानमा परिवर्तन आउँदै छ भन्ने कुरा स्पष्ट हुन्छ । निल्सनका अनुसार, यो दक्षिण कोरियाको विदेश नीतिमा आउन लागेको परिवर्तनको संकेत हो ।

उत्तर कोरियाले गत तीन सेप्टेम्बरमा छैटौं पटक सफल परमाणु परीक्षण गरेको दाबी गरेपछि अमेरिकाका साथै उसका छिमेकी मुलुकहरू निकै सतर्क बनेका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति मूनले शुरुमा उत्तर कोरियाप्रति उदार दृष्टिकोण राख्दै आएका थिए । उनको चुनावी एजेण्डामध्येको एक प्रमुख पक्ष उत्तर कोरियासँगको सम्बन्धलाई सहज बनाउनु पनि थियो । राष्ट्रपतिमा निर्वाचित भएपछि मूनले उत्तर कोरियासँगको शान्तिपूर्ण वार्तालाई प्राथमिकता दिँदै आएका थिए ।

डा.जोन निल्सनको रिपोर्टअनुसार यसै वर्षको जुलाईमा कोरियाली प्रायद्वीपमा स्थायी शान्ति स्थापना गर्ने, उत्तर कोरियाको विनाश रोक्ने र उसविरुद्ध लागेको आर्थिक तथा रक्षाक्षेत्रको प्रतिबन्धलाई खुकुलो पार्ने कुरामा जोड दिँदै दक्षिण कोरियाली राष्ट्रपति मूनले जर्मनीको बर्लिनमा विशेष मन्तव्य दिएका थिए । तर उत्तर कोरियाको कार्यशैलीमा परिवर्तन नआएपछि मूनको धारणामा परिवर्तन आउन थालेको संकेत देखिएको छ ।

निल्सनका अनुसार उत्तर कोरियालाई रोक्नका लागि सैन्य उपायहरू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा प्रतिक्रियासमेत निष्फल भएपछि सियोलका नेताहरू एकदमै डराएका छन् । प्योंगयाङले आफ्नो सेनाको आधुनिकीकरणलाई कुनै हालतमा नरोक्ने बताउँदै आएको छ र उसका गतिविधिहरू आक्रामक रूपमा अगाडि बढिरहेका छन् । आउँदा दिनमा पनि प्योंगयाङले कसैका कुरा नसुन्ने र अरू परीक्षणहरू गर्दै जाने निश्चितप्रायः छ । निल्सनको रिपोर्टमा उल्लेख गरिएअनुसार उत्तर कोरियाको परमाणु परीक्षण पहल केन्द्र ‘पुनग्ये री’ मा अहिले केही हलचल भैरहेको देखिन्छ, जुन सातौं परमाणु परीक्षणको तयारीको संकेत पनि हुन सक्छ ।

निल्सन लेख्छन्, ‘‘यदि उत्तर कोरिया स्पष्ट रूपमा शक्तिशाली र लघु परमाणु हतियार लैजाने क्षमता भएको लामो दूरीको मिसाइल अमेरिकासम्म मार हान्न सक्ने गरी बनाउन समर्थ भएको हो भने नचाहँदा नचाहँदै पनि अमेरिकी योजनाकारहरूले कोरियाली प्रायद्वीपमाथि सैन्य कारवाही गर्नैपर्ने हुन्छ । यसका लागि ट्रम्पले नचाहे पनि उनीमाथि अमेरिकी सांसदहरूको ठूलो दबाब पर्ने निश्चित छ ।’’

डा. निल्सनका अनुसार उत्तर कोरियाका नेता किम जोंग उनको ज्यान खतरामा परेको भन्ने रिपोर्ट उत्तर कोरिया स्वयंको षड्यन्त्र पनि हुन सक्छ । यो षड्यन्त्रको सहारा लिएर उत्तर कोरियाले आफ्ना गतिविधिबाट विरोधीहरूको ध्यान अन्यत्रै मोड्ने कोशिश गरेको पनि हुन सक्छ । अर्कोतिर दक्षिण कोरियाले आफूमाथि मडारिइरहेको जोखिमबाट ध्यान अन्यत्रै मोड्ने प्रयासस्वरूप यस्तो कुरा बाहिर ल्याएको पनि हुन सक्छ । तर प्रश्न छ, के हत्याको धम्कीबाट उत्तर कोरिया र यसका नेता उन डराउलान् [email protected]






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution