हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

पोर्चुगलमा नेपालीले गरे नेपालीकै हत्या

पोर्चुगलमा मारिएका पर्वतको जलजला गाउँपालिका ४ का माझफाँटका ४४ वर्षीय हरिबहादुर जिसी ।

 

रोजगारीका लागि पोर्चुुगल पुगेका पर्वतका एक नेपालीको हत्या भएको छ। गत मंगलबार राति पर्वतको जलजला गाउँपालिका ४ का माझफाँटका ४४ वर्षीय हरिबहादुर जिसीको हत्या भएको हो। धादिङका अर्जुन सापकोटाले उनको हत्या गरेको स्थानीय प्रहरीले जनाएको छ। हत्यारा अर्जुन फरार छन्। प्रहरीले खोजी कार्य जारी राखेको छ। हत्याराको कुनै कागजपत्र छैन। जिसीको चक्कु प्रहारबाट मृत्यु भएको बताइएको छ।

मृतक जिसीको शव शान्ता मारिया अस्पतालमा राखिएको छ। पोष्टमास्टर्मपछि अस्पताल प्रशासनले मृतकको शव परिवार र नेपाली समुदायलाई जिम्मा लगाउने बताएको छ।

एउटा चाइनीज रेष्टुरेन्टमा मृतकका भाइ ओम जीसीसँग विवाद गरेपछि साहुले तीनदिन अगाडि अर्जुनलाई कामबाट निकालिदिएका थिए। मंगलबार राति करिब ११: ४५ बजे क्याम्पो पेकिनोको सडकमा सँगै रहेका दाजुभाइमाथि अन्धाधुन्ध चक्कु प्रहार गरिएको थियो।
३८ वर्षीय ओम जीसी पनि आक्रमणमा सिकिस्त घाइते भएका थिए। उनको टाउकोमा चार टाँका लगाइएको गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलका निवर्तमान अध्यक्ष भीम केसीले बताए। उनको देब्रे आँखामा पनि चोट लागेर निलो भएको छ। उपचारपछि भाई भने सान्ता मारिया अस्पतालबाट डिस्चार्ज भएका छन्।

भाँडा सफा गर्ने काम गुमाएको झोकमा बदलास्वरुप आक्रमण गरेको ओम जीसीले बताए। मृतकका श्रीमति र तीन वर्षीया एक छोरी पोर्चुगलमै रहेका छन्। अर्की छोरी नेपालमै रहेको बुझिएको छ। जिसीका तीन भाइ मध्ये मृतक हरिबहादुर जिसी जेठा र घाईते ओम जिसी कान्छा हुन्।
साविक माझफाँट गाविसका हरिबहादुर जिसी पाँच बर्षअघि पोर्चुगल पुगेका थिए। कानुन बिषयमा स्नातक गरेका जिसी आर्थिक समस्याका कारण केही समय बेल्जियम बसेर पोर्चुगल गएको परिवारले जनाएको छ। @ अन्नपुर्णपोस्ट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution