हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

नयाँ राष्ट्रपतिको उम्मेदारको लागि २५/२५ जना प्रस्तावक र समर्थक चाहिने, कुल मत-५२७८६

२८ भदौ, काठमाडौं । अब हुने राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचनमा संघीय संसदका ३३४ र प्रदेश सभाका ५५० सांसदहरुले मतदान गर्नेछन् । तर, केन्द्र र प्रदेशका सांसदले दिएको मत भने बराबरी हुने छैन ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सम्बन्धमा सरकारले संसदमा पठाउन लागेको विधेयकमा दुई तहका सांसदहरुको मतभार निर्धारण गरिएको छ ।

मतभार अनुसार संघीय संसदको एकजना सांसदको दिएको एक मतलाई ७९ मतका रुपमा गणना गरिनेछ । प्रदेश सभाका एक सांसदले दिएको मतलाई ४८ मत गणना गरिनेछ ।

कानुन मन्त्रालयबाट हाल मन्त्रिपरिषदमा पुगेको विधेयकको मस्यौदामा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कुल मत ५२ हजार ७ सय ८६ निर्धारण गरिएको छ ।

यो हिसाब प्रदेश संसद र संघीय संसदका कुल सांसदहरुको संख्या र उनीहरुको मतभार गणना गरेर निकालिएको हो ।

कसरी खस्छ ५२ हजार ७८६ मत ?

नयाँ संविधानअनुसार प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ सदस्य गरी कुल ३३४ संघीय संसदका सदस्य रहनेछन् । प्रतिसांसद ७९ मतले हिसाब गर्दा केन्द्रीय संसदबाट राष्ट्रपति वा उपराष्ट्रपतिलाई खस्ने कुल मत २६ हजार ३ सय ८६ हुन्छ ।

त्यस्तै प्रदेश सभा सदस्यको मतभार ४८ ले कुल सदस्य संख्या ५५० गुणन गर्दा २६ हजार ४ सय हुन आउँछ ।

यसरी केन्द्रको २६ हजार ३ सय ८६ र प्रदेशको २६ हजार ४ सय मत जोड्दा ५२ हजार ७ सय ८६ मत पुग्छ । यही मत राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा गणना हुने मत हो ।

मतभारले सिंगै जनसंख्याको प्रतिनिधित्व गर्ने

प्रस्तावित विधेयकमा निर्धारण गरिएको मतभार निराधार छैन । पछिल्लो जनगणना अनुसार नेपालको कुल जनसंख्यालाई सांसदहरुको संख्याले भाग गरेर यो मतभार निकालिएको विधेयकका मस्यौदाकारहरुले बताएका छन् ।

संघीय संसद र प्रदेश सभाको मतभार ०६८ सालको जनगणनाका आधारमा निकालिएको हो । २ करोड ६४ लाख ९४ हजार ५०४ जनसंख्यालाई संघीय संसद र प्रदेश संसदका सदस्यहरुको कुल संख्याले अलग-अलग भाग गरी त्यसबाट आउने योगफललाई पुनः एक हजारले भाग गरेर ७९ र ४८ मतभार निकालिएको हो ।

जस्तो कि-संघीय संसदको हिसाब गर्दा ७९ हजार जनसंख्या बराबर एकजना सांसद पर्न आउँछ । यही आधारमा एक सांसदको मतलाई ७९ मतभार मानिएको हो ।

त्यसैगरी प्रदेशसभाको एकजना सांसद बराबर ४८ हजार जनसंख्या पर्न आउँछ । र, यही आधारमा प्रदेशसभाको एक सांसद बराबर ४८ मत मानिएको हो ।

२५/२५ जना प्रस्तावक र समर्थक चाहिने

प्रस्तावित विधेयकमा राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्ने व्यक्तिले २५ सांसद प्रस्तावक राख्नुपर्ने छ । त्यस्तै समर्थक पनि २५ जना हुनुपर्ने प्रस्ताव गरिएको स्रोतले जनाएको छ ।

यस्तो व्यवस्था भयो भने ५० जना भन्दा कम सांसद भएका पार्टी वा व्यक्तिले राष्ट्रपति वा उपराष्ट्रपतिको उम्मेदवार बन्न समस्या पर्न सक्छ । ठूला दलले समर्थन गरेको अवस्थामा मात्रै साना पार्टीले उम्मदेवारी दर्ता गर्न सक्छन् ।

सरकारले यो विधेयक संसदमा पेश गर्ने तयारी गरिरहेको छ । संसदबाट विधेयक पारित भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुन बन्नेछ ।

व्यवस्थापिका संसदको कार्यअवधि कात्तिक ४ सम्म रहेकाले त्यसअघि नै यो विधेयक पारित हुनुपर्नेछ । @लोकान्तर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution