शेर्पा संघ इजरायलको चाैथाे अधिवेशन हुदै,संघको भवन निर्माणको लागि २२,५०,३०१ रुपियाँ संकलन

तेलअविव – प्रवास भुमिमा अाफ्नाे कला, भाषा , धर्म , संस्कृतिकाे संरक्षण र सम्बर्द्धन गर्ने साथै सामाजिक कार्यमा अग्रसर भएर कार्य गर्ने उद्देश्यका साथ स्थापित जातिय संस्था शेर्पा संघ इजरायलकाे बार्षिक उत्सब साथै चाैथाे अधिवेशन यहि १५ सेप्टेम्बर २०१७ (शुक्रबार) का साँझ बेनी ब्राख १६ ,तेलअविवमा साँझ ६ बजे देखि हुने भएको छ ।
अब चयन हुने नयाँ कार्यसमितिमा पनि रहेर सबै जना मिलेर हातमा हात , काँधमा काँध र साथमा साथ मिलाएर अगाडि बढ्नु हुन् अनुरोध गरेको छ । साथै याे पटक धेरै नै कार्यक्रम भएको हुनाले हामीले पहिले ७ बजे भनिए पनि समयलाई मिलाउनु पर्ने भएको हुनाले कार्यक्रम बेलुका ६ बजे देखि गर्नुपर्ने भएको छ त्यसैले सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरु अाफ्नाे माैलिक पहिचान झल्किने अाफ्नै पाेसाकमा उपस्थित भइ दिनु हुन् पनि हार्दिक अनुरोध गरेको छ |
शेर्पा संघ इजरायलकाे पहलमा सल्लाहकार श्री दावाछिरिङ शेर्पा ज्युकाे संयाेजकत्वमा शेर्पा संघकाे भवन खरिदकाे लागि रु २२ लाख ५० हजार ३ सय १ रुपैयाँ सहयोग संकलन भएको जानकारी दिएको छ | दिल खाेलेर सहयोग गर्नुहुने काेमल मनका धनी सहयोगीलाई शेर्पा संघ इजरायल द्वारा धन्यवाद ब्यक्त गरेको छ । उक्त रकम कार्यक्रममा सल्लाहकार छिरिङ शेर्पालाई हस्तान्तरण गरि नेपालमा प्रत्यक्ष रुपमा बिश्व शेर्पा सम्मेलनकाे अबसरमा हस्तान्तरण गर्ने भएको छ । शेर्पा संघ इजरायलले सम्पूर्ण काेमल मनका धनी सहयोगीलाई खाता लगाई सम्मान गर्ने भएको छ |
इजरायलमा कार्यरत शेर्पा दाजुभाइ तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थित भइ दिनु हुन् शेर्पा संघ इजरायल द्वारा सबैलाई हार्दिक निमन्त्रणा गरेको छ |