हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

आइफोन ८ र ८ प्लस सार्वजनिक, यस्ता छन् विशेषता

पाँच महिने लामो हल्लालाई सत्य सावित गर्दै एप्पलले यसै मंगलबार राति आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको छ ।  एप्पलले आइफोन ८ र ८ प्लस सार्वजनिक गरेको छ । पहिलो आइफोन सार्वजनिक भएको १० वर्ष पुगेको उपलक्ष्यमा यसले प्रयोगकर्तालाई सप्राइज पनि दिएको छ । त्यो हो- आइफोन X अर्थात् टेन । यो सप्राइजसँगै अब एप्पलले आइफोन ९ नल्याउने भएको छ ।

एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले  नयाँ फोन सार्वजनिक गर्दै आइफोन ८ र ८ प्लसलाई अहिलेको उत्कृष्ट फोनको संज्ञा दिएका छन् । उनले आइफोन टेनलाई भविष्यको प्रविधि बताएका छन् । यहीसँगै  एप्पलले आइवाच थ्री र नयाँ एप्पल टिभी पनि सार्वजनिक गरेको छ । आइवाचले सिरीसहित फोरजी पनि सपोर्ट गर्छ ।

आइफोन ८ र ८ प्लस
यी दुवै फोनमा फोनमा आइफोन सेभेन र सेभेन प्लसकै विशेषतालाई सुधारिएको छ । यी फोनको नयाँ विशेषता भनेको यसमा वायरलेस चार्जिङ छ । जुन यसअघिका आइफोनमा थिएनन् । आइफोन ८ को स्क्रिन ४ दशमलव ७ इन्च छ भने ८ प्लसमा ५ दशमलव ५ इन्च रहेको छ ।
दुवै फोनमा होम बटन र टस आइडी राखिएको छ । दुवै फोनमा ट्रु टोन फिचरले फोनको कलरलाई बाहिरी प्रकाशसँग एड्जस्ट गर्नेछ ।

दुवै फोनमा ए एलेभेन बायोनिक प्रोसेसर प्रयोग गरिएको छ जुन अघिल्लो ए टेन प्रोसेसर भन्दा छिटो काम गर्न सक्नेछन् । यसमा सिक्स कोर सिपीयू प्रयोग गरिएको छ । आइफोन ८मा अप्टिकल इमेज स्टेबलाइजेसनसहितको १२ मेगापिक्सेलको क्यामेरा छ भने ८ प्लसमा १२ मेगापिक्सेलको दुई क्यामेरा छन् ।
दुवै फोन ६४ जिबी र २५६ जिबी मोडलमा उपलब्ध हुनेछन् । सेप्टेम्बर १५ देखि बुकिङ सुरु हुने यी फोनहरु सेप्टेम्बर २२ देखि डेलिभर हुने कम्पनीले जनाएको छ ।
आइफोन टेन
आइफोन टेनलाई एप्पलका प्रमुख टिम कुकले भविष्यको स्मार्टफोनको संज्ञा दिएका छन् ।
एप्पलले आइफोन टेनमा केही नयाँपन दिएको छ । जस्तो : अघिल्ला आइफोनजस्ता यसमा अनलक गर्नको लागि फिंगरप्रिन्ट नभएर फेसआइडी प्रयोग गरिएको छ । यो प्रविधिले फोन लक भएको बेलामा समेत प्रयोगकर्ताको मुहारलाई चिनेर स्लाइड गर्नासाथ अनलक हुन्छ ।
फेस आइडी प्रविधि फिंगर प्रिन्टभन्दा कयौं गुणा सुरक्षित रहने कम्पनीको दाबी छ । यसले आइफोन लक गर्नबाहेक अन्य थर्ड पार्टी एपको लागि पनि काम गर्नेछ ।

५.८ इञ्चको ओएलइडी डिस्प्ले भएको यो फोनको डिस्प्लेलाई सुपर रेटिना डिस्प्ले भनिन्छ। यसले एचडीआरसमेत सपोर्ट गर्छ।
यसमा २१ मेगापिक्सेलको दुवईवटा रेअर क्यामेरा प्रयोग गरिएको छ । यसले प्रयोगकर्ताको हाउभाउ अनुसार तत्काल इमोजी बनाउन सक्नेछ । फ्रन्ट क्यामेरामा पनि पोट्रेट मोड राखिएको छ । आइफोन टेन ६४ जिबी र २५६ जिबी मोडलमा उपलब्ध हुनेछ ।

आइफोन टेन भने अक्टोबरमा मात्र किन्नेहरुको हातमा पर्नेछ।@ekantipur






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution