हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

डा. बाबुराम भट्टराई ज्युलाई खुला प्रश्न !

बाबुराम दाइ हामी त पुराना भयौ भन्नू भयो आरोप लगाउनु भयो हाम्रो प्रश्न तपाईं कति नयाँ ? तपाइकै काल खण्डमा तपाईं कति वटा पार्टी मा बसेर काम गर्नु भयो त्यो अहिलका नामधारी नयाँ लाई बताइदिनुस न ! अनि तपाईं मोहन बिक्रम सिंह हुँदै कार्यगत एकता गर्दै ध्रुवीकरण हुँदै सयुक्त जनमोर्चा को नेतृत्वमा बहुदलीय ब्यबस्था आएसी निर्वाचनना जानू भयो । त्यसले सहि परिणाम न आएसी फेरि जनयुद्धको तयारी गर्दै माओवादी पार्टी को सत्ता प्रमुख बन्नु भयो र अहिले फेरि नयाँ शक्ति यी सब काल खण्डमा तपाइको मार्गमा लागेर १७ हजार सहिद भए । मेरो प्रश्न हामी हिजो जुन पहिचानमा थियौ त्यहि पहिचानमा बसेर गतिशील बन्न चाहन्छौ र समयले गतिशील बनाएको छ ।

राजनिती पनि आफैमा एक कोर्स हो त्यसैले हामिले त्यो कोर्स को अध्यन मात्रै होइन प्रयोगशाला मा प्रयोग गरेर आएका हस्ती पनि हौ ।त्यसैले हाम्रो प्रश्न ! के माओवादी बिरुद्ध हजुर ले पार्टी निर्माण गर्न लाग्नु भएको हो ? आखिर के कारण हो तपाइ माओवादी बिरुद्ध लाग्नु भयो सार्बजनिक गरिदिए आभारी हुने थियौ । हिजो सिंगापुर सुजरल्याण्ड को नागरिक बनाउनु भयो अब कुन देशको बनाउने हो बताइदिए आभारी हुने थिए । साथै हजुर का नाम धारी पन्च देखि कांग्रेस एमाले बाट आएका ,तपाइले शुरु गर्दा जनयुद्ध का दुश्मन हिजोको सेना प्रहरी र भगौडा सेना कसरी नयाँ भए र हामि कसरी पुरानो भयौ ? तपाईं र कम्रेड प्रचण्ड बिच नेतृत्व बारे एक अर्कालाइ सिध्याउन सम्म पछि पर्नु भएन । आज त्यही नेतृत्व कै कारण तपाईं माओवादी विरुद्ध लाग्नु भाको होर ? कि बाह्य शक्तिका कारण हुन । बिगत १९ महिना हजुर को नयाँ बिचातलाइ पनि हिर्दय देखि साथ दिएर लागियो तर केही भएन नामको मात्रै नयाँ र समृद्धि को कुरा गरियो तर उल्टो कार्यक्रताको गोजिको भएको पैसा रकम सिध्याउने काम गरियो । हजुर को आर्थिक क्रान्ती मा कति कार्यक्रताहरु समृद्धि भए ??? कति बेरोजगार ले रोजगारी पाए ? जनताको प्रती ब्याक्ती आय कति प्रतिशत ले वृद्धि भयो ??? तपाइको एक बौद्धिकता छ र देशलाइ चाहिने नेतामा तपाईं पनि एक हो तर नेता भनेको जनता र कार्यक्रता बिचको अन्तर घुलन तत्त्व हो । र संगठन निर्माण बिना शक्ति निर्माण हुदैन यी सबै गराउने क्षेमता तपाइमा पाइएन त्यसैले तपाईं अहिलेको २१ औसताब्दिमा नेपाली राजनीति भित्रको लाटो नेताको गाणाे तन्देरी नेता हौ ।

आजको युगमा नेपाली युवाहरु को चेतना ,उनिहरुको सोच बिचार लाई तपाइको बिचार ले माग पुर्ती गर्न सक्दैन सक्छ त मात्रै तपाइ बाट युवाले चाहेको देशमै भए पनि रोजगार पाउ देशमै गरि खान पाउ भन्ने धेरै सपना मध्य यो एक हो तर नेपाली युवाहरु कति बिकसित र चेतन शिल भएका छन कि देश छोडेर बिदेशमा संघर्स गरेर भए पनि देशको अर्थ तन्त्र र नेता पाल्दिएका छन त्यसैले उनिहरुको देशको अर्थ तन्त्र र नेता पालिदिने उनिहरुको नयाँ कि तपाईं ६३ बर्ष को नेपाली मिर्त्यु दरको हिसाबले रिटार्य नयाँ युवा ??? यसको उत्तर पाउन सकिन्छ ????

गरिबी र बेरोजगारी हाम्रो समस्या हुन । तर बिचार बाट नेपाली युवाको अगाडि तपाईं कसरी नयाँ बन्न सक्नु हुन्छ त्यसको आधारित उत्तर दिन सक्नु हन्छ ??? हाम्रा समस्या अहिले रोजगारी मात्रै होइन हामी युवाहरु २१ सताब्दिमा बिकसित राष्ट्रहरुका बैज्ञानिक ,खेलाडी ,कलाकरिता,आफ्नो नयाँ सोचको प्रतिभा र नयाँ बस्तुको प्रस्तुती सहित हाम्रा युवाहरुले पनि खोज तलास र भु उपग्रहहरु को निर्माण गर्दै अन्तरीक्षमा पनि आफ्नो उपस्तिथि देखाउनु पनि हो । बिश्व बजारमा medium nepal का नयाँ नयाँ brand उतपादन गरेर बिश्व अर्थ तन्त्रमा आफ्नो पहुच पुराउनु पनि हाम्रा सपना छन । साथै हाम्रा बिश्व शक्तिशाली मान चित्रका उदयमान छिमेकी राष्ट्र भारत र चीन संग कसरी आफ्नो उपस्तिथि गर्ने र आफ्नो राष्ट्रियता र सुरक्षा नीति बारे कस्तो प्रकारको defence force बनाउने र दुबै देश बिच पनि भोलि हुन सक्ने द्वोन्द लाइ कसरी हामिले मितब्यइता गराउने र शक्ति सहित कसरी मिलाउने भन्ने बारे पनि हाम्रा सपना छन । १९५० पछि बनेको सानो देश इजरायल ले बिश्व परिवार भित्र आफ्नो सानो राष्ट्र लाई शक्तिशाली रुपमा स्थापित गरेको छ भने हामी त दोस्रो बिश्व युद्ध बाट पाएको brand name बहादुर को इतिहास छदैछ भने त्यो इतिहास को रक्षा र सम्मान गराउने पनि हाम्रो सपना छ बाबुराम दाइ । त्यसैले ” never complete the theories without practical .” त्यसैले तपाइको ५ स र समृद्धि हाम्रै पालामा भन्ने जुन theory छ त्यसलाइ आफ्नो संघसंगठनका भित्र practical life मा प्रयोग गर्न सक्नु भएको छैन । त्यसैले हजुर को नयाँ शक्तिमा एक त राजनीति गतिशील ,बेबिकशिल ,राजनीति अयोग्य ब्याक्तिहरुको जमात लिएर कुनै पनि हालतमा समृद्धि को नारा लिएर नयाँ शक्ति बन्ने वाला छैन । यसरी मेरो १९ महिना मा हजुर को पार्टी भित्र बसेर निभाएको भुमिका लाई मेरो दृस्ठि आँखा ले हेर्दा केवल माओवादी आन्दोलन लाई बिसर्जन गर्ने र माओवादी आन्दोलन लाई कमजोर पारी माओवादी नेतृत्व गणहरुलाइ सिध्याउने ठुलो युरोपेली योजना जस्तो लाग्छ र नेपाल मा फेरि कांग्रेस एमालेलाइ सत्तामा पुर्याएर यथा स्तिथिबादि शक्तिलाइ सत्तामा पुर्याउने अनि फेरि दोस्रो जनयुद्ध गराएर देशलाइ अफ़्रिकि,म्यानमार र सिरिया बनाउन खोज्ने योजना जस्तो बुझिन्छ ।
त्यसैले कलियुगमा डाक्टर बाबुराम भट्टराई को सिधाान्त ले पुर्ण रुपमा २१ नेपाली औं सताब्दिको युवाहरुको सोचलाइ पुर्णता दिन सक्दैन र नयाँ शक्ति यो पार्टी नभएर बिचार र बिचल्लीतहरुको जमात मात्रै बन्नेछ भन्ने मैले आङ्कलन गरे । मेरा माथिका प्रश्न को उत्तर आउने आशामा छु बाबुराम दाइ !

– B B Kharal,Qatar






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution