यो हो यमलोकको ढोका !

काठमाडौं, २८ भदौ — तिब्बतको दार्चेन क्षेत्रमा यमलोक जाने ढोका रहेको मान्यता छ । यहाँ बिर्सेर पनि कसैले रात बिताएमा ऊ बिहान नफर्कने भएकाले तिब्बतीहरूले यस्तो नाम दिएका हुन् ।
कैलाश मानसरोवर जाने बाटोमा छ चोर्तेन काङ नग्यी । यो स्तूपलाई नै यमलोकको द्वार भनिन्छ ।
यहाँ प्रायः डरलाग्दा घटनाहरू भइरहेका हुन्छन् । तिनीहरूसँग जोडिएका रहस्य अहिलेसम्म खुलेको छैन ।@एजेन्सी