हनीप्रीतको सुहागरातका बेला बलात्कारी बाबा आएपछि…

चण्डीगढ। बाबा राम रहीमले हनीप्रीतलाई उनको सुहागरातका बेला आफ्ना पतिबाट छुटाएर लिएर गएको खुलासा भएको छ । बाबाका छोरा जसमितका साला भूपेन्द्र गोराले यस्तो खुलासा गरेका हुन् । भूपेन्द्रले बाबाले नै हनीप्रीतको बिहे विश्वास गुप्तासँग गराइदिएको तर सुहागरात मनाउन नदिएको खुलासा गरेका हुन् । उनले विश्वासको घर बाबा आफैं गएर सुहागरातकै बेला हनीप्रीतलाई लिएर आएको बताएका छन् ।
भूपेन्द्रले बाबा विदेश जाँदा पनि आफ्नी पत्नीको ठाउँमा हनीप्रीतलाई नै लिएर जाने गरेको बताएका छन् । उनले बाबा अफीम र मादकपदार्थको पनि सौखिन रहेको बताएका छन् । भूपेन्द्रका अनुसार हनीप्रीत मुम्बइमा हुने सम्भावना छ । मुम्बइमा बाबाले हनीप्रीतको नाममा केही फ्ल्याट किनेका छन् ।