हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

यो कारण आदिवासी जनजातीहरुले दशैँ नमनाऊ- आङकाजी शेर्पा

काठमाडौँ, २६ भदौ । हिन्दुहरुको महान चाड बडादशैँ नजिकिदै छ । विदेशमा रहेका युवाहरु बिदा मिलाएर नेपाल जाने तरखरमा छन । यहि दशै आउनै लाग्दा जनजाति नेता अथवा भनौ जुझारु जनजाती नेता आङकाजी शेर्पाले दशैँ बारे एक टिप्पणी लेखेका छन ।
दशैँ नेपालीहरुको महान चाड नभएर हिन्दुहरुको चाहि महान चाड हो । आदिवासी जनजातीहरुको चाड होइन | यो जवर्जस्ती हामिमाथी लादिएको हो | यो चाड नमनाउन अथवा बुझेर मात्र मनाउन आह्वान गरेका छन । परापुर्व कालमा हाम्रा पुर्खाहरुलाई धोकाको साथ बलजबर्जस्ति दशैँ मनाउन बाध्य पारिएको त्यसैले अहिलेका पुस्ताहरुले पनि मनाइरहेको स्पष्ट पारेका छन ।
उनले राई, लिम्बु, नेवा, गुरुङ, मगर, तामाङ लाई कसरी दशैँ मान्न लगाइयो भनेर पनि बुदागत लेखेका छन ।
उनले दशैँ नमान्ने मात्र हैन दशैँ बारे मागहरु पनि राखेका छन । दशैँ नेपालीहरुको नभनेर हिन्दुहरुको भनेर भनियोस लगायतका ७ ओटा माग उनले राखेका छन । उनले लेखेका कुराहरु तल जस्ताको त्यस्तै हेर्नुहोस :

‘दशै ……….
तपाईको चाड हो वा होईन
बुझेर मात्र मनाउनु होला !

(1) दशै भारतबाट आयत गरेको चाड हो । नेपालको भूभागसंग र नेपालका आदिवासी जनजातिसंग दशैको कथाको सम्बन्ध भएको ईतिहांस काहि कतै कसैले पढनु भएको छ ?

(2) गोरखा राज्य विस्तार भए पछि अतिहिन्दुवादी निरंकुश गोरखाका शाह राजाले आदिवासी जनजातिलाई हिन्दुधर्म संस्कृति र खस भाषालाई स्वीकार्न बाध्य परेको ईतिहांस १२ बजेको घाम जतिकै छर्लङ छ ।

(3) राई : दशैको टिका थाप्न राणा शासकको आदेश पालन नगर्दा आदिवासी जनजाति राम्लिहाङ राई र रिदमा राईलाई झुण्डाएर हत्या गरेको थियो । त्यसपछि राईहरूलाई दशै मान्न बाध्य बनाएका थिए ।

(4) लिम्बु : सन १८३१ मा गोरखाका शाह राजाले दशै नमाने लिम्बुहरुको सुव्वाङ्गी र किपट खोस्ने धम्की दिएकोले बाध्य भएर लिम्बुहरुले दशै मानेका हुन । जोगीको वेशमा लिम्बु गाउँमा जासुस पठाएर दशै नमान्ने लिम्बुहरुलाई चरम यातना दिएर दशै मान्न बाध्य बनाएका थिए ।

(5) नेवा :षडयन्त्रपूर्वक गोरखाका राजाले काठमाडौ उपत्यका क़ब्ज़ा गरेता पनि नेवाहरुले गोरखा राजाको शासन स्वीकारेका थिएन्न । नेवाहरुलाई गोरखा राजाको शासन स्वीकार्न बाध्य बनाउन गोरखा दरबारबाट फुलपाती ल्याएर काठमाडौको टुडिखेलमा फुलपाती बढाई गरेर नेवाहरुलाई दशै मान्न बाध्य बनाएका थिए ।

(5) गुरुङ : पृथ्वी नारायण शाहको आदेश अनुसार सेनमा काम गर्ने गुरुङहरु, उनीहरुका परिवारहरुलाई र गोरखाका नजिक गाउँका गुरुङहरुलाई दशैमा अनिवार्य पशु बलि दिनु पर्ने र बलि दिए पछि हत्केलामा रगत लगाएर ढोकाको दायाँ र बाँया लगाउन बाध्य बनाएका थिए । बिक्रम सम्बत १८२६ देखि राजेन्द्र बिक्रम शाहले गुरुङहरुलाई लामा पुजारी राख्न बन्देज लगाएरु बाहुन पुजारी चलाउन बाध्य बनाएका दशै मान्ने बाध्य बनाएकाे थिए ।

(6) मगर : बिक्रम सम्बत १६१६ मा द्रब्या शाहले खडका मगर राजालाई निर्मम हत्या गरेको मगरहरुमाथी शासन गरेको दिनदेखि मगरहरुलाई दशै मान्न बाध्य बनाएको इतिहास छ ।

(7) तामाङ : सुनकोशीको बगरमा हातियार लुकाएर राखेर पृथ्वीनारायण शाहले तामाङका राजा रिन्जेन दोर्जेलाई मित लगाउन विना हतियार आउनु भनेर तिमाल बेशी भन्ने ठाउँमा बोलाए निर्ममतापूर्वक हत्या गरेर तामाङहरुलाई दशै मान्न बाध्य बनाएका थिए ।

दशैबारे हाम्रा मागहरु …….

(१) सबै नेपालीले दशै नमान्ने भएको र भारत लगायत अन्य देशका हिन्दुहरुले पनि दशै मान्ने भएकोले दशैलाई नेपालीहरुको चाड होईन हिन्दुहरुको चाड भनियोस ।

(२) राज्यको ढुकुटीबाट करोडौ रुपैया खर्चेर, सेना प्रहरी लगाएर वर्षको ३५ दिन सार्वजनिक विदा दिएर हिन्दुको चाड पर्व दशै, तिहार, जनै पूर्णिमा, तिज, बसन्त पञ्चमी मनाउने कार्यहरु बन्द गरियोस वा आदिवासी जनजातिका चाडहरु सकेला, भुमे पूजा, चोेनाम पर्व, उधौली उभौली, लोसार, छठ जितिय, सिरुवा पर्व, महपूजा, माघीमा पनि सैनिक मञ्चमा सेना प्रहरीले हर्ष बढाईका साथ मानइयोस ।

(३) हिन्दुधर्मका समाचारलाई मात्र प्राथमिक्ताका दिएर सरकारी तथा अतिहिन्दुवादी सञ्चार माध्यमाहरुले पक्षपातीपूर्ण व्यवहार बन्द गरियोस र सबै धर्मका चाडपर्वबारे समावेशी समाचार सम्प्रेषण गरियोस ।

(४) नेपालको राष्ट्रियता र राष्ट्रिय एकता आधार हिन्दुको चाड दशै, तीज, जनै पूर्णीमा, खस भाषा र दौरा सुरुवाल टोपी मात्र हुन सक्दैन । नेपालको राष्ट्रियता र राष्ट्रिय एकताको आधार सकेला, उधौली उभौली, लोसार, छठ जितिय, सिरुवा पर्व, भूमे पूजा, महपूजा, माघी, ईद पनि हुनुपर्छ, शेर्पा, राई, गुरुङ, मगर, तामाङ, लिम्बु, थारु, नेवार, मुश्लीम लगायत अन्य जातजातीको भाषामा हुनुपर्छ र हिमाल, पहाडमा र तराईमा लगाईने पोशाकहरुलाई बनाइयोस ।

(५) हाम्राे मागहरू सस्तो राजनीतिक लोकप्रियता हासिल गर्न, साम्प्रदायिक सदभाव विथोल्न वा देश खण्डीत गर्ने हाम्रो आवजको उद्वेश्य किमार्थ होईन । हाम्रो आवज न्यायको लागि हो, समनताको लागि हो, भाषा, धर्म, संस्कृति, आर्थिक, राजनीतिक र समाजिक विभेदहरु समाप्त गर्दै समतामूलक समाज र समृद्धिशाली नया“ नेपाल निमार्ण गर्ने नै हो ।

(६) प्रधानमन्त्रीको कुर्सीको पाउनका लागि नशलावादी शासकहरूले आदिवासी, मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गाका उत्पीडनबारे कुरा उठाउदा देश टुक्र्याउने र सामाजिक सदभाव विथोल्ने आरोप नलाग्ने ।
तर आदिवासी, मधेशी, दलित, मुश्लीम, महिलाले आफ्ना उत्पीडनका कथा र व्याथहरुबारे आफैले आवज उठायो भने देश टुक्रिने, सामाजिक सदभाव विथोलिने आरोप लाग्ने, यो कस्तो बिडम्बना हो ?

(७) अब जस्काे सवाल उस्को अगुवाई भन्ने भनाईबाट हामी प्रेरित भएको छौ । अब हाम्रा लागि कसैले बोल्नु पर्दैन, हामी आफै बोल्छौ, हामी आफै संठीत हुन्छौ । अब मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गाको उत्पीडनका कथा व्यथा विक्री गर्ने अधिकार कसैलाई हुनै छैन । सर्वाधिकार हामी आफैमा सुरक्षित हुनेछ । हेक्का रहोस !

जय आदिवासी
जय जनजाति
जय धर्मनिरपेक्ष नेपाल
जय गणतन्त्र नेपाल’

– आङकाजी शेर्पा 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution