हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

डिआइजी नवराज सिलवाल प्रकरणको फैसला : प्रकाश अर्याललाई आइजीपी बनाउनु कानूनसम्मत

भदौ २७, काठमाडौं । आईजीपी नियुक्ति बदरको माग गर्दै डिआईजी नवराज सिलवालले दायर गरेको रिट उपर फैसला गर्दै सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गर्नु संवैधानिक र कानूनसम्मत रहेको निर्णय गरेको छ । महानिरीक्षक नियुक्तिका क्रममा आफूलाई अन्याय भएको भन्दै डिआईजी सिलवालले २०७३ साल चैत १ गते सर्वोच्चमा दायर गरेको रिट मङ्गलवार खारेज गर्दै सर्वोच्चको बृहत् पूर्ण इजलाशले सरकारको निर्णयलाई सदर गरेको हो । यो सँगै लामो समय सर्वोच्चमा अड्किएको सिलवालको मुद्दा किनारा लागेको छ ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, न्यायाधीशहरु ओम प्रकाश मिश्र, केदार प्रसाद चालिसे, सारदाप्रसाद घिमिरे, मिरा खड्का, प्रकाशमान सिंह राउत, पुरुषोत्तम भण्डारीको बृहत् पूर्ण इजलाशले डिआइजी सिलवालको मुद्दाको फैसला गरेको हो । सर्वोच्चले अर्यालकै कार्यसम्पादन मूल्याङ्कन फाइल ठिक रहेको बताएको छ । सर्वोच्चले कार्यसम्पादनको सक्कल मूल्याङ्कनका आधारमा सिलवालको भन्दा अर्यालको नम्बरलाई नै मान्यता दिएको छ । कार्यसम्पादन मूल्याङ्कनमा अर्यालको १५४ दशमलव २०० र सिलवालको १५२ दशमलव ४६७ नम्बर रहेको सर्वोच्चले बताएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution