इजरायलमा सम्पन्न तिज कार्यक्रम २०७४ को आयव्यय सार्वजनिक,मुनाफा बाढी पिडितहरुलाई सहयोग गर्ने

तेलअविव – गैरआवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको संयोजन र इजरायलमा रहेको विभिन्न संघसंस्था हरुको सामुहिक आयोजनामा २५ अगस्ट २०१७ मा सम्पन्न भएको कार्यक्रमको आयव्यय सार्वजनिक गरेको छ |
तीज कार्यक्रमको संयोजक एवंम् एनआरएनए इजरायल आईसीसी सदस्य दीपक प्रसाद ओलीले दिनु भएको जानकारी अनुसार उक्त कार्यक्रमबाट सम्पूर्ण खर्च कटाएर १०,७०३ सेकेल र २३५ डलर गरी ११५०० सेकेल बराबर मुनाफा भएको छ |
कार्यक्रमबाट मुनाफा भएको रकम आयोजकहरु (२८ वटा संघसंस्था)को पूर्व निर्णय अनुसार तराईका बाढी पिडितहरुलाई NEWS 24 टेलिभिजनको कार्यक्रम सीधा कुरा जनतासंगका कार्यक्रम संचालक पत्रकार रवि लामीछाने मार्फत बाढीपिडितहरुलाई हस्तान्तरण गर्ने भएको छ |
आय-व्यय विवरण