हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

मन्त्रिपरिषद विस्तारप्रति आयोगको आपत्ती,अब के होला ?

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको मन्त्रिपरिषद विस्तारलाई निर्वाचन आचार संहिता र आफूहरुले सरकारलाई दिएको निर्देशन विपरित भएको जनाएको छ।

मन्त्रिपरिषद विस्तार गर्ने कार्यले स्वच्छ र निष्पक्ष निर्वाचनमा असर पर्ने भन्दै आयोगले त्यस किसिमको कार्य नगर्न/नगराउन सरकारलाई आग्रह गरेको छ।

प्रमुख विपक्षी दल नेकपा एमाले लगायतका केही दलहरुले मन्त्रिमण्डल विस्तार गरेर सरकारले निर्वाचन आचारसंहिता उल्लङघन गरेको भन्दै विरोध जनाएका छन्।

पाचौं पटक गरिएको विस्तारसँगै देउवा नेतृत्वको ५४ सदस्यीय मन्त्रिमण्डल संसदीय इतिहासकै सबैभन्दा ठूलो बन्न पुगेको छ।

केही दिन अघिसम्म ५० सदस्य रहेको मन्त्रिमण्डललाई पाचौं पटक विस्तार गरेर थपिएका ३ जना मन्त्री र १ राज्यमन्त्रीले सोमबार शपथ लिए।
ठूलो आकारको मन्त्रिमण्डल बनाइएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको विभिन्न क्षेत्रबाट आलोचना भैरहेकै बेला सोमबार निर्वाचन आयोगले सो विस्तार आचारसंहिता विपरित भएको भनेको छ।

आयोगका प्रवक्ता नवराज ढकालले भने, “यसमा निर्वाचन आयोगको ध्यान आकर्षित भएको छ। आचारसंहिता लागू भैसकेको अवस्थामा यस्ता खालका नियुक्ति गर्नु भनेको आचारसंहिताको विपरित नै हो भन्ने आयोगको ठहर छ।”
निर्वाचन आचार संहिता लागू भए लगत्तै सरकारलाई आयोगले पठाएको ७ बुँदे निर्देशनमा पनि सो विषय उल्लेख गरिएको आयोगले जनाएको छ।

आयोगद्वारा जारी विज्ञप्तिमा नेपाल सरकारबाट कुनै सुविधा हुने पद वा निकायमा राजनीतिक नियुक्ति नगर्न दिइएको निर्देशन विपरित भएको उल्लेख गरिएको छ।

तर थपिएका मन्त्रीहरु फर्काउन भने ठोस रुपमा केही भनिएको छैन।प्रवक्ता ढकालले भने, “निर्वाचन आचारसंहिता प्रतिकूल हुने कामहरु नगर्न आग्रह गरेका छौं। अब मन्त्री थप्ने निर्णयलाई के गर्ने भन्ने आयोगको विज्ञप्तीका आधारमा सरकारले निर्णय गर्ने विषय भयो।”
निर्वाचन आयोगले आचारसंहिता लागू गरे लगत्तै आयोगले सरकारलाई अप्ठ्यारोमा पारेको आरोप मन्त्रीहरुले लगाउँदै आएका थिए।

केही दिन अघि आयोगका पदाधिकारीहरुसँगको छलफलमा सरकारका काम कारवाहीमा लचिलो बनिदिन प्रधानमन्त्री र मन्त्रीहरुले मौखिक आग्रह गरेका थिए।

प्रमुख विपक्षी दल नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरुले मन्त्रिमण्डल विस्तार गरेर सरकारले आचारसंहिता उल्लंघन गरेको आरोप लगाएका छन्।

पछिल्लो विस्तारसँगै प्रधानमन्त्री देउवा नेतृत्वको मन्त्रिमण्डल हालसम्मकै सबैभन्दा ठूलो हुन पुगेको छ।उनको मन्त्रिपरिषदमा ३ जना उपप्रधानमन्त्री, २६ जना मन्त्री २४ जना राजयमन्त्री रहेका छन्।अझै शान्ति तथा पुनर्निर्माण मन्त्रालय प्रधानमन्त्री देउवासँगै छ। @ बीबीसीनेपाली |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution