शेर्पा संघ दक्षिण कोरियाले सौलस्थित छुसकमा साधारण सभाको आयोजन गर्ने

सौल। शेर्पा संघ दक्षिण कोरियाले कोरियनहरुको महान चाड छुसकमा वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। वर्तमान कार्य समिति गठन भएको एक वर्ष पूरा भएको र संघ द्वारा गरिएको सामाजिक गतिविधि र आय व्ययबारे समिक्षा गरि भावी योजना तय गर्ने भएको छ |
सांस्कृतिक , खेलकुद, संचार विभाग तीन वटा छुट्टाछुट्टै गठन गर्नुको साथै वर्तमान कार्य समितिको सदस्यहरू कोरिया बसाई अवधि सकेर स्वदेश फर्कने क्रम जारी रहेकोले खाली रहेका पदहरुमा पदपूर्ति गरिने संघले जनाएको छ।
आगामी अक्टोबरमा हुन गैरहेको विश्व शेर्पा सम्मेलन सफल पार्नको लागि शेर्पा संघ दक्षिण कोरियाले आर्थिक संकलन गरिरहेको जानकारी समेत दिएको छ |
त्यस्तै नेपाल शेर्पा संघद्वारा आफ्नै कार्यलय भवन खरिद गर्न लागिरहेको हुँदा शेर्पा संघ दक्षिणले पनि आर्थिक सहयोग गर्ने निर्णय गरिएको बताए।
शेर्पा संघ दक्षिण कोरिया द्वारा आयोजन गर्न लागिरहेको साधारण सभाको मिति स्थान समयबारे केही दिनमा सार्वजनिक गरिने अध्यक्ष शेर साङबो शेर्पाले जानकारी दिएका छन्।