हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

सृजना गुरुङलाई मिस यूके नेपाल ताज

मिस यूके नेपाल ०१७ को छैटौं संस्करण सृजना गुरुङले जितेकी छन् । आइतबार अबेर बेलायतको अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न प्रतिष्पर्धामा अन्य ७ सुन्दरीलाई उछिनेर सृजनाले मिस यूके नेपाल ताजसहित आठसय पाउण्ड पाइन् ।

उनलाई गत वर्षकी विजेता टेनिसा रानाले ताज लगाइदिएकी थिइन् । सृजनाले मिस इन्टेलेक्चुअल टाइटिल समेत जितेकी छन् । हाल लन्डन बस्ने पोखरा स्थायी घर भएकी २४ वर्षीया सृजना बायो मेडिकल साइन्सकी विद्यार्थी हुन् ।

पिपल मोर्गेजेज मिस यूके नेपाल प्रतियोगितामा फष्ट रनर अप सुजना पुन र सेकेन्ड रनरअप लिसा सुनार भए । ६ अन्य सबटाइटल अन्तर्गत एलिन गर्बुजाले मिस पब्लिक च्वाइस, मिस पर्सनालिटी र ब्युटी वीथ दि परपोज गरि तीन उपाधि जितिन् भने लिसा सुनार मिस टयालेन्ट भइन् ।

प्रतियोगिताको निर्णायकमा कृष्ण भट्ट, विमला सेने, गायक आनन्द कार्की, दुर्गा गुरुङ र डा. रेणुका गुरुङ थिए ।

कार्यक्रमका प्रमुख अतिथि दूतावासका उपनियोग प्रमुख शरदराज आरणले प्रवासमा नयाँ प्रतिभाको खोजी गरिनु सरहानीय भएको बताउँदै यसले नेपाली कला संस्कृति र भाषाको जगेर्ना समेत गर्ने धारणा राखे ।

प्रतिष्पर्धीलाई प्रशिक्षण दिन महिना दिन यता बेलायत रहेकी पूर्व मिस नेपाल माल्भिका सुब्बाले सबै ८ प्रतियोगीले नै उपाधि जितेको बताइन् |

‘शुरुमा उनीहरु बोल्न समेत लजाउने स्वभावका थिए’, माल्भिकाले भनिन्, ‘तर प्रतियोगिताको अन्तिम दिनसम्म आइपुग्दा प्रतियोगीमा जसरी आत्मबल बढ्यो त्यो नै जित हो ।’ माल्भिकाले विजयी सुन्दरीहरुलाई सामुदायिक सेवामा लाग्न पनि सुझाइन् ।

इभेन्टस एण्ड आइडियाज प्रोडक्सनले सन् २०१० देखि मिस यूके नेपाल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रोडक्सनकी निर्देशक शान्ति गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै नयां प्रतिभाहरुलाई अवसर दिने आफूहरुको प्रयास रहेको बताइन् । निलम गुरुङले संयोजन गरेको उक्त कार्यक्रममा विभिन्न नाच र गायन समेत प्रस्तुत गरिएको थियो ।

@ekantipur

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution