एनआरएन साइप्रसको अध्यक्षमा पुन: सुभाष मल्ल चयन
संघको सातौ अधिवेसनले उनलाई पुन अध्यक्षमा चयन गरेको हो । अधिवेशनले उपाध्यक्ष उत्सब घले, महासचिव अन्तेश रावत, सचिव तुलसा पाण्डे, सहसचिव कविता भन्डारी र कोषाध्यक्ष सरिता चौधरीलाई चयन गरेको छ ।
यस्तै, युवा प्रतिनिधि विकाश दुवाडी, महिला प्रतिनिधि जसमाया पुन घर्ती, सहमहिला प्रतिनिधि शान्ती राई र महिला प्रबक्ता नानू गोम्जा चयन भएको छ । सदस्य लक्ष्मी रेग्मी अधिकारी र चन्द्रा राई चयन भए । आइसिसी प्रतिनिधिमा रन्जित कुमार महतो चयन भए ।
अधिवेशनलाई सम्वोधन गर्न पुगेका नेपाली दूतावासका प्रथम सचिव हरिहरकान्त पौडेलले साइप्रसमा भएका नेपालीको हितको पक्षमा काम भइरहेको वताए ।