हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

काठमाडौं-हेटौंडा सुरुङमार्ग खारेज गर्ने मन्त्रीको घोषणा,किन असफल भयो कम्पनी ?

२६ भदौ, काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले लामो समयदेखि ओगटेर राखेको काठमाडौं-हेटौंडा सुरुङमार्गलाई सरकारले खारेज गर्ने भएको छ ।यो कम्पनीले सुरुङमार्ग निर्माण गर्न राखेको प्रस्तावलाई ०६९ वैशाखमा मन्त्रिपरिषदले पारित गरेको थियो । त्यसअनुसार आयोजनाको काम २०७१ बाट सुरु हुनु पर्ने हो तर, अहिलेसम्म यसले सुरुङ निर्माणका लागि खोस्रने काम समेत गरेन ।पछिल्लो पटक गत फागुनमा म्याद सकिएपछि कम्पनीले थप साढे ३ वर्ष माग गरेको छ ।

तर, कुनै पनि हालतमा म्याद नथप्ने र यसलाई खारेज नै गर्ने तयारी थालिएको भौतिक पुर्वाधार तथा यातायातमन्त्री बिरबहादुर बलायरले जानकारी दिए । उनले भने, ‘निर्माण नगर्ने तर, जनतालाई आश मात्रै देखाउने काम गर्न पाइँदैन । त्यसैले हामीले यसलाई खारेजीको प्रक्रियामा लगेका हौं ।’

पूर्वाधार विकास कम्पनीले दुई वर्षभित्र लगानीको आधारसहित आर्थिक प्रतिवेदन पेस गर्नुपर्ने थियो । लगानी जुटाएपछि मात्र सरकारले सुरुङ मार्ग निर्माणको स्वीकृति दिने बताएको थियो । तर, निर्माण कार्य सक्नु पर्ने म्यादसम्म पनि आर्थिक प्रतिवेदन बुझाइएको छैन ।

मुख्य लगानी जुटाउने पाटोमै समस्या भएपछि कम्पनीका अन्य कामहरु पनि गौण देखिए । यसले डिपिआर भने बुझाइसकेको छ, जसका आधारमा नै निर्माणको स्वीकृति पाएको हो ।

यो आयोजना ३७ अर्बमा बन्ने आँकलन गरिएको थियो । म्याद थप गर्दै गत फागुनमा मन्त्रालयमा बुझाएको रिपोर्टमा भने ५० अर्ब हाराहारीमा लागत लाग्ने उल्लेख छ ।

के हुन्छ जनताको पैसा ?

पूर्वाधार विकास कम्पनीले सुरुङ मार्ग बनाउनका लागि गैरआवासीय नेपाली तथा स्वदेशी उद्योगपतिहरुबाट ३५ अर्ब रुपैयाँ उठाउने योजना बनाएको थियो । त्यस अनुसार जनताबाट ३१ करोड ७६ लाख रकम जुटाएको थियो ।

तर, जनताबाट उठाएको रकम पनि कर्मचारीले घुमघाममै सकाएका छन् । बैंक ग्यारेन्टीका लागि राखेको ३ करोड बाहेक अन्य रकम लगभग खर्च भइसकेको छ ।

जनताको पैसा के कसरी फिर्ता गराउने भन्ने बारेमा भने सरकारसँग कुनै योजना छैन । मन्त्री बलायरले रकम फिर्ता गराउने सन्दर्भमा छलफल हुन बाँकी रहेको बताए ।

काठमाडौं-हेटौंडा सडकखण्ड २२७ किलोमिटर छ । यो सुरुङमार्ग निर्माण भएमा एक घन्टामै काठमाडौंबाट हेटौंडा पुगिने पूर्वाधार विकास कम्पनीको दाबी छ ।

तर, अहिले सरकार आफैंले काठमाडौं-निजगढ फास्टट्रयाक निर्माण सुरु गरिसकेको छ । द्रुतमार्ग बनेमा काठमाडौं-हेटौंडा सुरुङमार्ग आवश्यक नपर्ने विज्ञहरु बताउँछन् ।

किन असफल भयो कम्पनी ?

सुरुङमार्ग निर्माणका लागि सहज हुने देखेर नै सुरुमा उद्योगपति कुशकुमार जोशीलाई कम्पनीको अध्यक्ष बनाइएको थियो । नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष जोशीलाई अध्यक्ष बनाउँदा सहजै लगानी जुट्ने अनुमान थियो ।

हेटौंडाका जनताले पनि लगानी गर्न तप्परता देखाए । गाई, बाख्रा, भैंसी बेचेर तथा ऋण काढेरसमेत हेटौंडाबासीले यो कम्पनीलाई रकम बुझाएका थिए ।

तर, जोशीको कार्यकालमा कुनै प्रगति भएन । सुरुङमार्ग निर्माणभन्दा घुमफिरमै व्यस्त भए । परिवारिक घुमघाममा जनताबाट उठाएको पैसा प्रयोग गरेको आरोप लाग्यो ।

यति मात्रै होइन, जोशीले पूर्वाधार विकास कम्पनीलाई आफ्ना नातेदार भर्ना गर्ने थलो समेत बनाए । आवश्यकभन्दा बढी कर्मचारी राखेका कारण नै जनताबाट उठाएको पैसा सकियो । अनावश्यक कर्मचारी राखेपछि कम्पनीका तत्कालिन सञ्चालक एवं ठेकेदार, जो सोमबार वनमन्त्री बनेका छन्, विक्रम पाण्डे आयोजनाबाट बाहिरिए । उनी निस्किएपछि पनि पूर्वाधार विकास कम्पनीको कलह अन्त्य भएन । पाण्डे बाहिरिएपछि लालकृष्ण केसी र जोशीबीच टकराव सुरु भयो । एकातिर काम नहुने र अर्कोतिर रकम सकिएपछि हेटौंडाका लगानीकर्ता आन्दोलनमा उत्रिए र जोशी कम्पनीको अध्यक्षबाट हटाइए ।

नयाँ अध्यक्षमा गैरआवासीय नेपाली भवन भट्ट आए । तर, उनले पनि राजीनामा दिइसकेका छन् । त्यसपछि अध्यक्ष बनेका लालकृष्ण केसीले पनि लगानी जुटाउन सकेका छैनन् । र, अब परियोजना नै खारेज गर्ने प्रक्रिया सुरु भएको छ ।@अनलाइनखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution