हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

एनआरएनए जापानको निर्वाचनमा इ–भोटिङ प्रणालीको दुरुपयोग भएको उजुरी,सपथ ग्रहण रोकियो

टोकियो। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण रोकिने भएको छ। यही सेप्टेम्बर ३ तारिखका दिन भएको निर्वाचनका क्रममा इ–भोटिङ प्रणालीको चरम दुरुपयोग गरिएको र उम्मेदवार स्वयंको मतदान समेत अर्कैले गरिदिएको भन्दै उजुरी परेको थियो।

पराजित उम्मेदवारहरुले आफूहरु लोकतान्त्रिक विधि र प्रक्रियालाई मान्ने तर मतदानको विश्वसनीयतामाथि उठेको प्रश्नको सम्बोधन हुनुपर्ने भन्दै संयुक्त विज्ञप्ति निकालेर विरोध गरेका थिए। उनीहरुले निर्वाचनमा भएको धाँधलीको सत्य तथ्य र निश्पक्ष छानबिनको माग समेत गरेका थिए।

एसिया प्यासिफिक क्षेत्रीय संयोजक किरण बिक्रम थापाको पहलमा निर्वाचन समितिले आइतबार हुने भनिएको सपथ ग्रहणमा सर्बसम्मत भएका उम्मेदवारलाई मात्र सहभागी गराउने निर्णय गरेको हो।

निर्वाचन प्रक्रियाबाट विजयी भएकाहरुमाथि छानबिन सुरु गर्ने र अन्तिम प्रक्रिया पुरा भएपछि मात्रै उनीहरुको सपथ गराउने निर्णय भएको हो।

बैठकमा एसिया प्यासिफिक क्षेत्रीय संयोजक किरण बिक्रम थापा, आईसीसी सदस्य भूषण घिमिरे, निर्वाचन समितिका संयोजक ओम गुरुङ, उम्मेदवारहरु बासुदेब लामिछाने, उत्तमकुमार श्रेष्ठ, राज सापकोटा र कुमार कार्कीको सहभागिता थियो।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution