हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

एनआरएनए अमेरिकाको सहकोषाध्यक्षमा २६ बर्षे युवा पवन योन्जन तामाङ

एनआरएन एनसिसि अफ अमेरिकाको हालै सम्पन्न निर्वाचनबाट २०१७ देखि २०१९ सम्मको कार्यकालको लागि डा.केशब पौडेलको अध्यक्षतामा चुनिएको कार्य समिती तथा सम्पुर्ण स्टेट च्याप्टरका निर्वाचित पदाधिकारीहरु मध्यबाट सबै भन्दा कान्छा उमेरका प्रतिनिधी हुनुहुन्छ पवन योन्जन कार्य समितिको सहकोषाध्यक्षमा ५०८५ मतले बिजयी भएका समाज सेवी तथा युबा ब्यवसायी पवन योन्जन २०११ सेप्टेम्बरमा बिद्यार्थी भिजामा अमेरिकामा आएका हुन् ।

सन् १९९१ मा रामेछापको दोरम्बामा मध्यम बर्गिय परिबारमा जन्मिएका उनी सानै उमेर देखि काठमाडौं बानेश्वरमा बसेका थिए । एसएलसी सम्मको पढाई ओसिडेण्ट पब्लिक स्कूल बाट सकिए पछि उनले प्लसटुको अध्यायन जेभियर्स कलेजबाट गर्नुभएको थियो । त्यस पछि भने उहाँलाई उच्च शिक्षाको अध्यायनले सन् २०११ अमेरिकामा डोरायो । हाल न्यूयोकको कुन्र्याईमा अण्डरग्रायाजुएड गर्ने प्रयास गर्दैगरेका योन्जन यूनिर्भरसिटीको डिग्रीमा खासै विश्वास गर्दैनन् पढाई भन्दा उद्यम शिलता लाई बढी प्राथमिकता दिनुहुने उहाँ शिक्षा त भोगाई हो र निरन्तर अभ्यासबाट सिकिने ज्ञानलाई शिक्षा हो भन्नेमा बिश्वास गर्नुहुन्छ । हाल टेक्नोलोजि ब्यबसायका साथै निरन्तर समाज सेबामा सक्रिय भएर लागेका उहाँ आफैलाई नयाँ उद्यमी र सामाजिक अभियान्ता भन्न रुचाउनुहुन्छ । उहाँले सन् २०१४ देखि २०१६ सम्मको तामाङ्ग सोसाईटी अफ अमेरिकाको महासचिव भएर काम गरिसक्नुभएको छ ।

ब्यबसाय

उहाँले गर्नुभएको ब्यवसायको माध्यमले नेपालमा सजिलै बार्षिक अरबौको रेमिटान्स भित्रीरहेको छ । उहाँको विजनेस बिशेष गरेर मोबाईल एप्समा आधारित छ जसको माध्यामबाट नेपाल सजिलै पैसा पठाउन सकिने छ । त्यस्तै अर्को मोबाईल एप्सबाट लक्जरीएस गाडीहरु ट्याक्सी झै सजिलै चड्न सकिने छ जुन निमार्ण प्रकियामा रहेको छ । विभिन्न किसिमका संस्कृतिक कार्यक्रमहरुको आयोजना, नेपाली भाषा, कला, साहित्य, खेलकुद र संस्कृतिको जर्गेर्ना तथा प्रचार प्रसार गर्ने जस्ता सामाजिक गतिविधीहरु र विभिन्न किसिमका कार्यक्रमहरुको न्यूर्याेकमा आयोजना उहाँले सफलतापूर्वक सुसम्पन्न गर्नुभएको छ । जसको माध्यम बाट नेपाली र अमेरिकी जनता÷समुदायहरुबिच संस्कृति आदान प्रदानमा उहाँले ठूलो योगदान पुर्याउनुभएको छ । हालैका दिन देखि नै उहाँले न्यूयोकमा हरेक हप्ता शनिवार र आईतवार नेपाली चलचित्रहरुको ब्यबसायिक प्रर्दशनीको पनि सुरुवात गर्नुभएको छ जसको माध्यमबाट नेपाली चलचित्र र गित संगितको अन्र्तराष्ट्रिय ब्यापार विस्तारमा ठुलो योगदान मिल्ने छ ।

बिचार

उहाँ अगाडी भन्नुहुन्छ मलाई समाज सेवागर्न पाउनु र मानिसको माझ रहन मन पर्छ । नयाँ कामका योजनाहरु गरेर सबैको माया पाउने ईच्छा सधै हुन्छ । सानै उमेरमा बुबाआमा परिवार समाज र देशको लागि जनप्रमुख भएर काम गरेको देखेर मलाई यस क्षेत्रमा ईच्छा लागेको हो ।
एनआरएन साझा संस्था हो सधै साझा बनाउनेमा म अहोरात्र खट्ने छु बिशेष गरेर युवाको खासै झुकाब नरहेको यस संस्थामा युवा सहभागितालाई बढाउन जोड दिनेछु । अमेरिकामा रहेका नेपालीहरु तथा मातृभुमी नेपालको लागि सदैव रचनात्मक कार्य गर्दै आफुलाई सबैका सामु उदाहरणीय रुपमा प्रस्तुत गर्नेछु ।

यति मत ल्याएर जित्छु भन्ने सोचेको थिईन तर जित्छु भन्ने बिश्वास थियो । पक्कै पनि यति ठुलो चुनाव पहिलो पटक लडेको हो तर चुनावमा लड्दाको तनाब र तरिका पहिले नै भोगि सकेको थिए । सम्मानजनक मत पाउँदा खुसि लागेको छ । झन्डै चार पुस्ताले समाज र देशको लागि योगदान गरिसकेको छ । समुदायको लागि मर्दा र पर्दा सदा मेरो सहयोग र सद्धभाव रहनेछ । मेरा कमि कमजोरीमा म सधैंभरि आलोचनात्मक टिप्पणीको अपेक्षा गर्दछु । धन्यावाद |

– बाल कृष्ण भट्ट, ज्याक्शनहाईट । 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution