हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

उत्तर कोरियाली नेताको मिसाइल बैज्ञानिकहरुसँग रात्रिभोज, क्षेप्यास्त्र थप विकास गर्न निर्देशन

सोल, भदौ २५ गते । उत्तर कोरियाली नेता किम जोङ उनले उक्त देशले हालै गरेको क्षेप्यास्त्र परीक्षणको काममा निकै ठूलो सफलता हात पारेको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले यसलाई आफ्नो देशको ठूलो सफलता हो भन्दै यसप्रति सिंगो देशले नै गर्व गर्नुपर्नेमा जोड दिनुभएको हो । उत्तर कोरियाली सञ्चारमाध्यमहरुले आइतबार सो जानकारी दिएका छन् ।

उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहको बेवास्तागर्दै आणविक परीक्षणहरु गर्दै आएको छ । उसले गतहप्ता मात्र एक शक्तिशाली आणविक परीक्षण गरेको थियो र त्यो परीक्षण हाइड्रोजन बम विश्रित रहेको पुष्टी पनि भएको छ ।

उत्तर कोरियाली नेताले उक्त हाइड्रोजन बमको परीक्षणका अन्वेषक र यसमा संलग्न मिसाइल बैज्ञानिकहरुसँग शनिबार राति रात्रिभोज गर्नुभएको समाचारमा जनाइएको छ ।

उहाँले ती बैज्ञानिकहरुलाई विशेष धन्यवाद पनि ज्ञापन गर्नुभएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमहरुले जानकारी दिएका पछिल्लो समाचारमा जनाइएको छ ।

उक्त रात्रिभोजसँगै उहाँले मिसाइल बैज्ञानिकहरुलाई आगामी दिनमा थप हतियारको विकासका लागि पनि निर्देशन दिनुभएको थियो । उहाँले अझै शक्तिशाली हतियार र क्षेप्यास्त्र निर्माणका लागि निर्देशन दिनुभएको समाचारमा उल्लेख गरिएको छ ।

उता उत्तरले गरेको हाइड्रोजन बम परीक्षणको समाचारलाई संसारका समाचार समितिहरुले आजसम्म पनि एक विश्व समाचारकै रुपमा सम्प्रेषण गरिरहेका छन् । ती समाचारहरुमा यो घटनाबाट संसारमा खतरा पैदा भएको मात्र नभई आणविक शस्त्रको होड बढाउने त्रासका रुपमा पनि टिप्पणी गरेका थिए ।

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरुले उत्तर कोरियाले गरेको हाइड्रोजन बम शक्तिशाली र सफल भएको जनाएका थिए । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ ।

पहिलेको भन्दा यस परीक्षण धेरै शक्तिशाली रहेकोले पनि विश्वमा उत्तर कोरियाको हिजोको परीक्षणले तनाव उत्पन्न गरेको बताइन्छ । उत्तर कोरियाले यसअघि गरेको पाँचौ पटकको परीक्षणभन्दा यो कम्तीमा पनि दश गुणा बढी शक्तिशाली रहेको टिप्पणीहरु गरिएको छ ।

महासचिव गुटरेशको चिन्ता

यसैबीच संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेशले उक्त आणविक परीक्षणको घटनाले आफूलाई स्तब्ध बनाएको प्रतिक्रिया दिनुएको छ ।

उहाँले एक अन्तरवार्तामा भन्नुभएको छ– यसरी आणविक परीक्षण र त्यसमा पनि हाइड्रोजन बम नै हान्नु अत्यन्तै चिन्तापूर्ण अवस्था हो, विश्व शान्तिका क्षेत्रमा यो पछिल्ला बर्षहरुको एक सबैभन्दा नराम्रो घटना हो ।

एक फ्रान्सेली पत्रिकालाई दिनुभएको अन्तरवार्तामा उहाँले यस्तो अवस्थामा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा एकता हुनपर्नेमा जोड दिनुभएको छ ।

उहाँले भन्नुभएको छ– यो हतियारको प्रदर्शन हो र यसले संसारमा कहीँ पनि र कसैलाई पनि फाइदा गर्दैन, अबका दिनमा उत्तर कोरियालाई नाकाबन्दी लगाउने वा कारबाही गर्ने विषयमा सबै मिलेर सर्वसम्मत निर्णय नै गर्नुपर्छ ।

उत्तर कोरियामाथि नाकाबन्दी र कारबाही गर्न संयुक्त राष्ट्रसंघमा अमेरिकाले नयाँ प्रस्ताव ल्याएको छ । तर त्यस प्रस्तावमा सहमति हुन सकिरहेको छैन । यसै पृष्ठभूमिमा उहाँको यो टिप्पणी आएको हो । रासस÷एएफपी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution