हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

‘सुविधाका लागि मरिहत्ते गरेको देखेर लज्जाबोध भयो’- धनराज गुरुङ

काठमाडौँ । पूर्व पदाधिकारीलाई दिइने सुविधासम्बन्धी विधेयकमा पूर्व सांसदलाई पनि सुविधा उपलब्ध गराउने व्यवस्था हुनुपर्ने भन्दै परेको संशोधन प्रस्तावको कतिपय सांसदले विरोध गरेका छन्। उक्त विधेयक संसदको राज्यव्यवस्था समितिमा छलफलमा छ।

विधयेकले पूर्व पदाधिकारी भनी राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषद्का अध्यक्ष, प्रधान न्यायाधीश, प्रतिनिधि सभा वा व्यस्थापिका संसदको सभामुख, राष्ट्रिय सभा वा संविधानसभाको अध्यक्ष भइ निवृत्त भएको व्यक्ति भनी प्रष्ट पारेको छ।

विधेयकमा पूर्व राष्ट्रपतिलाई प्रति महिना ५० हजार र पूर्व उपराष्ट्रपतिलाई ४० हजार रुपैयाँ उपलब्ध गराउने उल्लेख गरिएको छ। विधेयकको दफा ९ मा सरकारले राजपत्रमा सूचना प्रकाशन गरी पूर्व पदाधिकारीको सुविधा थप गर्न सक्नेछ भनी उल्लेख गरिएको छ।

यही दफामा संशोधनको माग गर्दै कतिपय सांसदले पूर्व पदाधिकारीको सूचीमा कम्तीमा एकपटक प्रतिनिधिसभा सदस्य वा राष्ट्रियसभा सदस्य भएका व्यक्तिलाई यातायात खर्च, औषधि खर्च र अन्य व्यवस्था गर्न भनेका हुन्।

‘राजनीति जनताका लागि हो’

गरिब मुलुकका सांसदले यस्तो माग राख्नु लज्जास्पद भएको सांसद धनराज गुरुङले बताए। उनले भने, ” राजनीति देश र जनताको लागि समर्पण हो, आफ्नो लागि हुँदै होइन। गरिब जनतामाथि यत्रो भार परिराखेको अवस्थामा आफ्नै सुविधाका लागि सधैं मरिहत्ते गर्ने, कराउने अनि संशोधन हालेको देखेर मलाई एक प्रकारले लज्जाबोध भइरहेको छ।”

यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मुलुकको अर्थतन्त्रलाई ध्यानमा राख्दै पूर्व पदाधिकारी सबैलाई सुविधा दिनु जरुरी नभएको भन्दै विधेयकमा संशोधन प्रस्ताव दर्ता गराए ।

‘पूर्व राष्ट्रपति र उपराष्ट्रपतिले बाहेक अरु पदाधिकारीले सक्रिय राजनीतिमा आउछन्,’ उनले भने– ‘त्यसकारण आफ्नो देशको अर्थतन्त्रलाई मध्यनजर गर्दै पूर्व राष्ट्रपति र उपराष्ट्रपतिबाहेक पूर्वप्रधानमन्त्रीदेखि सांसदसम्म अरु सबै पूर्व पदाधिकारीलाई सुविधा दिनु हुन्न् ।’

राज्यव्यवस्था समितिभित्रैकै केही सांसदले पनि पूर्व सांसदलाई सुविधा दिने विषयको चर्को आलोचना गरेका थिए। तर अर्काथरी सांसद, सरकारी ढुकुटीको पैसा दुरुपयोग नहोस् भन्ने उद्देश्यका साथ सुविधा पाउने पूर्व पदाधिकारीको सूचीमा पूर्व सांसदलाई पनि राख्नुपर्ने तर्क गर्छन्।

सोही आशयको संशोधन राखेका संशोधनकर्ता मध्येका एक सासंद राजीव विक्रम शाह भन्छन्, “पहुँच भयो भने मन्त्रिपरिषद्बाट ५० लाख रुपैयाँ पनि पाउँछ। त्यसै मन्त्रिपरिषद्बाट पैसा बाँड्नुभन्दा पनि एउटा राम्रो बीमा गरेर त्यहींबाट एउटा व्यवस्था गर्‍यो भने जुनसुकै अस्पतालबाट सांसदले यतिसम्मको उपचार पाउँछ भन्यो भने सरकारको पैसा पनि बच्छ।”

त्यस्तै राजधानीमा घर नभएका पूर्व राष्ट्रपतिलाई घरभाडाका रुपमा दुई लाख दिने व्यवस्था पनि विधेयकमा छ। त्यस्तै अन्य पूर्व पदाधिकारीलाई ७५ हजार रुपैयाँ दिने प्रस्ताव छ। पूर्व पदाधिकारीहरुको सवारीसाधन मर्मतबापत मासिक २५ हजार रुपैयाँ प्रदान गर्ने पनि विधेयकमा उल्लेख छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution