हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

नेपाल आइडलको फाइनल पुगेनन् सागर, यस्तो छ उनको नेपाल आइडलसम्मको संघर्ष

काठमाडौं, भदौ २३ – नेपाली टेलिभिजन रियालिटी शो नेपाल आइडलबाट शुक्रबार सागर आले बाहिरिएका छन् । सागर आलेले खुसी खुसी नेपाल आइडलबाट बिदा भए । उनले आफनो बुवाआमाले धेरै दुःख गरेको बताए । अरु बाहिरिँदा रुने सागर आफै बाहिरिँदा भने रोएनन । अतिथि निर्णायक बसन्त चौधरी भने सागर बाहिरिँदा भावुक भएका थिए । उनले सागरलाई कुनै दिन आफनो गीत रेकर्ड गराउने कुरा पनि बताए । साथै सागरले नेपाल आइडल फेयर भएको भन्दै गाली नगर्न सबैलाई आग्रह गरे ।

विभिन्न चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल आइडलको टप ४ सम्म पुग्न सफल भएका सागर फाइनलमा भने पुग्न सकेनन् । दर्शकबाट प्राप्त भोटका आधारमा उनी बाहिरिएका हुन् । अरु प्रतिष्प्रधीको भन्दा कम भोट आएपछि सागरको नेपाल आइडलको यात्रा टुंगिएको हो ।

चितवनको पटिहानी स्थायी घर भएका सागर आले सानैदेखि गीत संगीतमा रुचि राख्दथे । सागरले २०७१ सालमा भरतपुर महानगरपालिकाको पदमपोखरीमा रहेको अमर माविबाट प्रथम श्रेणीमा पास गरेका थिए ।

उनी विद्यालयमा आयोजित सांगीतिक कार्यक्रममा प्राय सहभागी हुन्थे । उनी एक जेहेन्दार र मेधावी विद्यार्थी भएको उनका शिक्षकहरु बताउँछन् । हाल भरतपुरकै सप्तगण्डकी क्याम्पसमा १२ कक्षामा अध्ययनरत सागर नेपाली ताराको टप ४० सम्म पुगेका थिए । नेपाल आइडलसम्म आइपुग्दा सागरले चितवन आइडल, नेपाली ताराको यात्रा गरे ।

गोरखाबाट बसाईँ सरेर चितवन गएको सागरको परिवारको आर्थिक अवस्था कमजोर नै रहेको छ । तर परिवारका सदस्यबाट भने उनले संगीतमा लाग्न हौसला पाएका छन् । उनका दाजु पनि अलिअलि गीत गाउने भएकाले सागरलाई सांगीतिक क्षेत्रमा आउन केही सजिलो भयो ।

विभिन्न चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सागरले दर्शकको मन जित्न सफल भएका छन् । नेपाल आइडलको उपाधि हात नलागे पनि उनको सांगीतिक यात्रा सकिएको छैन । उनी नेपाली गीत संगीत क्षेत्रलाई माथि उठाउन सक्ने क्षमता भएका व्यक्ति मानिन्छन् । गत हप्ता नो एलिमिनेसन डे भएकाले चारै जना सुरक्षित भएका थिए । शुक्रबार सागर बाहिरिएपछि अब प्रताप दास, बुद्ध लामा र निशान भट्टराई बिचमा फाइनलमा प्रतिष्पर्धा हुनेछ ।

सागर नेपाल आइडलको फाइनलमा पुग्न नसके पनि उनले धेरैको मन जितेका छन् । फाइनलमा प्रतिष्प्रर्धीका रुपमा सहभागी नभए पनि उनी सेप्टेम्बर २२ मा कतारमा हुने ग्रान्ड फिनालेमा सहभागी हुनेछन् ।

अडिसनबाटै दर्शक र निर्णायकको मन जित्न सफल सागर आलेले अडिसनमा विभिन्न तीन वटा गीत गाएका थिए । कहिल्यै पनि संगीतको प्रशिक्षण नलिएका उनी अडिसनमा अलिअलि नर्भस देखिन्थे । उनले अडिसनमा ‘आखिर मलाई झुक्याएर अर्कैसँग चली’, ‘सारा खुसी समेटी’ र निर्णायको आग्रहमा ‘सालैज्यु’ बोलको गीत गाएका थिए ।

त्यस्तै नेपाल आइडलको विभिन्न चरणमा आँसु झार्दिन म, हेराइका चालहरुमा, अल्झेछ क्यारे पछ्यौरी, हरपल त्यो तिम्रो मुस्कानलगायतका गीतमा उत्कृष्ट प्रस्तुति दिँदै दर्शकको मन जित्न सफल भएका छन् ।

शुक्रबार अतिथि पाहुनाका रुपमा आएका कवि तथा गीतकार बसन्त चौधरीले पनि सागरलगायत सबै प्रतियोगीको प्रंशसा गरे । त्यस्तै जोनी जेन्टलम्यान चलचित्रका नायक पल शाह र नायिका आँचल शर्माको उपस्थितिले पनि नेपाल आइडलको रौनक बढाएको थियो । सागर र निशानले शुक्रबार सानु म बोलको गीत गाएका थिए । जसलाई बसन्त चौधरीले पनि निकै प्रंशसा गरेका थिए ।

नेपाल आइडलको विजेताले २० लाख रुपैयाँ नगद, महिन्द्राको कार, १५ लाख बराबरको एल्बम, फस्र्ट रनर अपले १५ लाख र सेकेन्ड रनर अपले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । नेपाल आइडलको विजेता हुँदैमा र यसबाट बाहिरिँदैमा सांगीतिक यात्रा तय हुने होइन । उनीहरुको मुल्यांकन त नेपाल आइडलबाट बाहिर आएपछि हुने खुला प्रतिष्पर्धामा हुनेछ । नेपाल आइडलबाट बाहिरिए पनि सागर आलेले सांगीतिक क्षेत्रमा धेरै गर्न सक्नेछन् । उनलाई सफल सांगीतिक जीवनको शुभकामना [email protected]

 

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution