हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

विवाहका लागि मन खाने केटा भेटेकी छैन : पूर्वमिस नेपाल मलिना जोशी

पूर्वमिस नेपाल मलिना जोशी अहिले चर्चामा छिन् । चलचित्र अभिनयका कारणले उनी चर्चामा छाहेकी हुन् । उनको अभिनय रहेको दुई चलचित्र ‘लिला’ र ‘रानी’ केही समयको अन्तरालपछि प्रदर्शनमा आउँदैछन् । एकसाथ प्रचार प्रसारमा उत्रिएका दुवै चलचित्रको प्रचार प्रसारमा समय मिलाउन उनलाई अहिले हम्मेहम्मे परेको । मिस नेपाल भएपछि केही म्युजिक भिडियो अभिनय गरेर कलाकारिताको करियर सुरु गरेकी उनले ‘कलिउड’ चलचित्रको आइटम डान्स मार्फत चलचित्र यात्रा सुरु गरेकी हुन् । त्यससपछि ‘ऋतु’, ‘झुम्की’ र ‘द विनर’ चलचित्र उनले अभिनय गरिन् । तर यी सबै चलचित्र बक्स अफिसमा असफल ठहरिए । हेर्दा सुन्दर र राम्रो अभिनय गर्न सक्ने क्षमताकी मलिना प्रदर्शनको तयारीमा रहेका दुई चलचित्रबाट निकै आसावादी छिन् । यी नै अभिनेत्री मलिना जोशीलाई  दश प्रश्न ।

तपाईंको चलचित्र ‘लिला’ र ‘रानी’को अहिले प्रचार प्रसारको चलिरहेको छ । समय व्यवस्थापन कसरी गर्नुभएको छ ?

– दुवै चलचित्रको प्रचार प्रसारमा साथ दिन निर्कै गाह्रो परिरहेको छ । केही समयको अन्तरालमा दुई चलचित्र आउँदैछन् । दुवैलाई समय दिनै पर्यो । अहिले मेरो एड क्याम्प पनि चलेको छ । यसमा पनि मेरो उपस्थिति अनिवार्य छ । सकेसम्म सबैतिर समय दिने कोसिस जारी छ ।

तपाईंको फेसनतिरको रुचि ?

– छैन, छैन । मलार्इं जे राम्रो लाग्छ । त्यही पहिरन लगाउँछु । आफूलाई मन पर्यो भने पुरानो पनि लगाउँछु । धेरै मनपर्ने क्यजुअल ड्रेस हो । आफूलाई सुहाउने, राम्रो देखिने भनेको वान पिस, गाउन र सारी नै हो ।

आफ्नो कुन अङ्ग मनपर्छ ?

–आँखा मनपर्छ । सबैले मेरो आँखाको प्रसंशा गर्छन् ।

 

पूरा नभएको सपना पनि होला नि ?

– त्यस्तो केही छैन । मेरो पहिलो सपना ‘मिस नेपाल’ बन्ने थियो । त्यो पूरा भयो । अहिले कलाकारितामा राम्रो कलाकार बन्ने रहेको छ । त्यो पूरा गर्दैछु । बुबाआमाको सपना भन्नुहुन्छ भने मलाई विवाह गरेर पठाउने रहेको छ । हेरौँ, त्यो कहिले पूरा हुन्छ ।

अभिनयको पहिलो कमाइ केमा खर्च भयो ?

–खै केमा खर्च गरे गरँे । अहिले यादा छैन । त्यस्तो उल्लेखनीय काम गरेकी छैन ।

फुर्सदको समय कसरी सदुपयोग गर्नुहुन्छ ?

– आफ्नो रुममा बसेर फेसबुकमा च्याट गर्छु । युट्युब हेर्छु ।

मनपर्ने हिरो ?

–बलिउड अभिनेता शाहरुख खान ।

कस्ता गीत सुन्ने गर्नुभएको छ ?

– म एकदमै रोमान्टिक मान्छे छु । गीत सङ्गीत पनि यस्तै खालका मनपर्छ र सुन्छु ।

प्रेम परेको छ कि छैन । विवाह कहिले गर्ने ?

–अहिलेसम्म प्रेम परेको छैन । विवाहको कुरो गर्ने हो भने अहिलेसम्म मनले खाने भेटेकी छैन । त्यस्तो आए, विवाह गर्छु ।

रोजेको व्याक्तिसँग डेटको अफर दियो भने ?

– आफूसँगै ‘रानी’ चलचित्रमा अभिनय गर्ने कलाकार सरुक र मनिषसँग जान चाहान्छु ।

@ रातोपाटी |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution