सङ्गीतमा आफ्नै माटोको सुगन्ध र जातीयको पहिचान हुन्छ-भाषाविद् अमृत योन्जन तामाङ

प्रत्येक सङ्गीतमा आफ्नै माटोको सुगन्ध हुन्छ, जातीयको पहिचान हुन्छ
हालैको एक अन्तर्वार्तामा संगीत-अध्येता झुमा लिम्बूले भनेका थिए- “विश्व संगीतको एक भेलामा कुनै भारतीय संगीतज्ञले ‘नेपाली संगीतमा मौलिकता छैन’ भनेपछि म मौलिकता खोज्न लिम्बू संगीतको अध्ययनमा लागे।” केही दसक अगाडि वैरागी काइँलाले एउटा अन्तर्राष्टिय संगीत भेलामा सहभागी भएपछि भनेका थिए- “सङ्गीतको आफ्नै माटो र जरा हुन्छ भनेर वहस भयो।”
गायक दीपक बज्राचार्यले पनि विदेसमा एकजना दर्शकले “गीतार, ड्रमसेट हामीलाई थाहा छ, तपाईहरुको आफ्नो मौलिक सङ्गीत सुनाउनोस्” भनेपछि म जिल्लराम परे अनि नेपाल फर्केर नेपालका बाजाहरु प्रयोग गरेर संगीत भर्ने गरेको छु भनेर एउटा प्रस्तुतिमा भनेका थिए। यी उदाहरणहरुबाट सङ्गीतमा आफ्नै माटोको सुगन्ध हुन्छ र जातीय पहिचान हुन्छ भन्ने प्रष्ट हुन्छ ।
‘डम्फु’ वा ‘च्याब्रुङ’ वा ‘ढोल-झ्याम्टा’ वा ‘खैचडी’ वा ‘ढोलक’ वा ‘सनाइ’ बजेको सुनेपछि यो कुन जाति विषेशको सङ्गीत हो भनेर हामी सहजै भन्न सक्छौं। यसको लागि सङ्गीतशास्त्र पढनै पर्दैन। तर नेपाल आइडलका जजहरु सङ्गीत कुनै जाति विशेिष वा भूगोलको हुँदैन भनेर फलाकिरहेका हुन्छन्। के उनीहरुको नाकले सङ्गीतको माटो सुँध्न नसकेको हो ? वा उनीहरु मौलिकता गुमाइसकेका मनुवाहरु हुन् वा दर्शकलाई लाटो ठानेर जे भने पनि हुन्छ भनेर आफ्नो शक्ति-नस्लवाद लाद्न खोजेको हो ?
कृपया यो कुुरा ती जजहरुलाई पोललगाइ दिनु होला।
-भाषाविद् अमृत योन्जन तामाङको फेसबुकबाट